STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७८ पौष ८, बिहिबार

    पुनः राष्ट्रपतिमा उठ्ने बाइडेनको चाहना

    ८ पुस, एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दियो भने अब हुने अर्को राष्ट्रपतिको निर्वाचनमा पनि आफू निर्वाचनमा लड्ने बताएका छन् । अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुन्छ । सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उनले बताए । बुधबार एबीसी वल्ड न्युजसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।...

  • २०७८ पौष ७, बुधबार

    भारतको १४ राज्यमा फैलियो ओमिक्रोन

    ७ पुस, एजेन्सी - भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन केरलादेखि जम्मू कश्मीरसम्म १४ राज्यमा पुगेको छ । पछिल्लो पटक मंगलबार कश्मीरमा ३ संंक्रमित फेला परेका छन् । मुम्बईमा सबैभन्दा धेरै ओमिक्रोनका संक्रमित फेला परेका छन् । हालसम्म मुम्बईमा मात्र ६५ जनामा कोरोनाको नयाँ संस्करणको संक्रमण देखिएको छ । त्यसैगरी दिल्लीमा संक्रमित हुनेको संख्या ५४ पुगेको छ भने त्यसमध्ये ३४ जनाकोे उपचार भइरहेको छ ।...

  • २०७८ पौष ६, मंगलबार

    बेलायतमा ओमिक्रोनबाट १२ जनाको मृत्यु

    पुस ६, एजेन्सी  - बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । तीव्र रूपमा फैलिएको ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको उपप्रधानमन्त्री डोमिनिक राबले पुष्टि गरेका छन् ।  ओमिक्रोनबाट संक्रमित १०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहको पनि उनले जानकारी दिएका छन् । पछिल्लो समयमा बेलायतमा ठूलो संख्यामा दैनिक संक्रमित भेटिएका छन् । बेलायतमा यो साता दैनिक ९०...

  • २०७८ मङ्सिर २३, बिहिबार

    भारतद्वारा ३१ जनवरीसम्म अन्तर्राष्ट्रिय उडानमाथि प्रतिबन्ध

    २३ मंसिर, एजेन्सी - कोरोनाको नयाँ भेरियन्टका कारण अब भारतका सर्वसाधारण जनताले असुविधाको सामना गर्नुपर्ने भएको छ । भारत सरकारले कोरोनाको ओमिक्रोन भेरियन्टलाई ध्यानमा राख्दै नियमित अन्तर्राष्ट्रिय व्यावसायिक यात्रुवाहक विमानको उडान ३१ जनवरीसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । यसअघि भारत सरकारले १५ डिसेम्बरदेखि सबै अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको...

  • २०७८ मङ्सिर २२, बुधबार

    बीबीसीको सय प्रभावशाली महिलाको सूची सार्वजनिक, अफगानिस्तानका मात्रै ५० जना

    २२ मंसिर, एजेन्सी - बीबीसीले सन् २०२१ मा विश्वभरका सय प्रभावशाली महिलाहरूको सूची सार्वजनिक गरेको छ । यसवर्ष समाज, संस्कृति र संसार बदल्न लागि परेका महिलाहरूलाई बीबीसीले समेटेको जनाएको छ । सार्वजनिक सूचीमा ५० जना अफगानिस्तानका महिलाहरू छन् । यसवर्ष अफगानिस्तानका महिलाहरूले बढी प्राथमिकता पाएका छन्, जबकी अफगानिस्तानमा बालिकाहरूलाई स्कुल जान प्रतिबन्ध लगाएको छ । साथै, तालिबानले सत्ता कब्जा गरेपछि...

  • २०७८ मङ्सिर २२, बुधबार

    भारतीय सेना प्रमुख रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु

    २२ मंसिर, काठमाडौँ - भारतीय सेना प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । बुधबार तमिलनाडूको कुन्नुर नजिकै भएको भारतीय वायु सेनाकाे हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले जानकारी दिएका छन् । रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकोप्टर दुर्घटनामा  रावतसहित उनको पत्नि मधुलिका र थप...

  • २०७८ मङ्सिर १५, बुधबार

    विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : तीन विद्यार्थीको मृत्यु

    अमेरिकाको मिशिगन राज्यस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु हुनुका साथै एक शिक्षकसहित आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षका छात्र तथा १४ र १७ वर्षकी दुई छात्रा छन् । प्रहरीका अनुसार १५ वर्षीय किशोरले अटोमेटिक ह्याण्डगनको प्रयोग गरेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । उनले १५ देखि २० राउण्ड गोली प्रहार गरेको जनाइएको छ ।  डेट्रोइटबाट करिब ६५ किलोमिटर...

  • २०७८ मङ्सिर १३, सोमबार

    पेरुमा ७.५ म्याग्निच्युडको भूकम्प

    १३ मंसिर, एजेन्सी - पेरुमा शक्तिशाली भूकम्प गएको छ। उत्तरी पेरुमा ७.५ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पबाट एउटा चर्चसहित दर्जनौं भवन भत्किएका छन्। त्यस्तै भूकम्पमा कम्तिमा १० जना मानिस घाइते भएका छन्। भूकम्पपछि निरन्तर पराकम्पन गइरहेका छन्। भूकम्पको गहिराई १३१ किलोमिटर रहेको पेरुको भू–सर्वेक्षण केन्द्रले जनाएको छ। भूकम्पबाट ७५ घर भत्किएको नागरिक रक्षा अधिकारीहरुले बताएका छन्। भूकम्पले छिमेकी...

  • २०७८ मङ्सिर १२, आइतबार

    भारतमा पनि देखियो कोभिडको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’

    १२ मंसिर, एजेन्सी - दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन् । विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी...

  • २०७८ कार्तिक २४, बुधबार

    न्युयोर्कमा नेपालसम्बत र म्ह पूजा मनाइयो

    न्युयोर्क नेवा गुठीले विगत झैं यस पटक पनि विशेष कार्यक्रमको साथ नेपालसम्बत ११४२ र म्ह पूजा एकै साथ भव्य रुपमा मनाइयो । नेवार समुदायको महान पर्व नेपालसम्बत र म्ह पुजाको यो बिशेष दिनमा न्युयोर्कको ज्याक्सन हाइटमा नेवार समुदाय विहानै भेला भई रातो टीका लगाई उसिनेको अण्डा र माछाको सगुन दिई पाहुनाहरुको स्वागत गरिएको थियो । उक्त अवसरमा उपस्थित सबै जना भिन्तुनाको शुभकामना आदानप्रदान गरिएको थियो । गुठीका...

  • २०७८ आश्विन ३१, आइतबार

    भारतको केरलामा बाढी, जनजीवन प्रभावित

    भारतको केरलामा ठूलो पानीका कारण आएको बाढीले जनजीवन प्रभावित बनेको छ । बाढीका कारण केरलामा अहिलेसम्म ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले पनि पानी निरन्तर परिरहेकाले नागरिकको राहत र उद्धारका लागि सेना तैनाथ गरिएको केरलाका रक्षा जनसम्पर्क कार्यालयले जनाएको छ । केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन् । भारतको मौसम विज्ञान...

  • २०७८ आश्विन १८, सोमबार

    भारतीय कांग्रेस नेतृ प्रियंका गान्धी पक्राउ

    भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरीमा किसानविरूद्ध भएको हिंसाविरुद्ध ऐक्ववद्धता जनाउन त्यहाँ गएकी उनलाई स्थानीय प्रहरीले हरगाँव सीमामैं रोकेर हिरासतमा लिएको छ । गान्धीलाई सितापुर हिरासतमा राखिएको बीबीसीले जनाएको छ । गान्धीलाई पक्राउ गरेपछि उनका समर्थकले तत्काल उनको रिहाइ गर्न माग गरेका छन् ।

Pages