STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७९ आषाढ २५, शनिबार

    श्रीलङ्कामा राष्ट्रपतिले निवास छाडे

    एजेन्सी - श्रीलङ्काको राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीहरू राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवास र त्यस आसपासका भवनहरूमा प्रवेश गरेका छन्। राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा माग गरेका थिए । शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि श्रीलङ्काका प्रधानमन्त्री रनिल...

  • २०७९ आषाढ २४, शुक्रबार

    बेलायती प्रधानमन्त्रीले दिए पदबाट राजिनामा

    एजेन्सी - संयुक्त अधिराज्य (बेलायत) का प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएका छन्। श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषद्मा रहेका सदस्यहरूद्वारा राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामाको घोषणा गरेका हुन् । जोनसनले कन्सर्भेटिभ पार्टी नेताबाट राजीनामा पेश गरेपछि बेलायती विदेश मन्त्री लिज ट्रसले बिहीबार सबैलाई...

  • २०७९ आषाढ २४, शुक्रबार

    जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार

    एजेन्सी - जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। उनको अवस्था निकै गम्भीर भएको बताइएको छ।नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयानुसार बिहान साढे ११ बजे उहाँमाथि गोली प्रहार भएको थियो। भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको ढाडमा लागेको थियो। गोली...

  • २०७९ आषाढ २०, सोमबार

    डेनमार्ककाे राजधानीकाे सपिङ मलमा गाेलाबारी

    एजेन्सी - डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ । गोली लागेर अन्य तीन जना गम्भीर घाइते भएका बीबीसीले जनाएको छ ।  कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले गोलाबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् । गोलाबारीपछि घटनास्थलमा भागदौड मच्चिएको थियो । प्रहरी प्रमुख थोमसेनले हमलाको कारण स्पष्ट नभएको बताए । तर यो...

  • २०७९ जेठ १९, बिहिबार

    टर्कीकाे अब नयाँ नाम - टर्किए

    एजेन्सी - संयुक्त राष्ट्रसंघले बुधबार टर्कीको नाम टर्कीबाट बदलेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकृत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकारहरूलाई टर्कीको नाम परिवर्तन गरिएको जानकारी दिएका छन् । टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबाट राष्ट्रसंघ प्रमुखलाई देशको नाम परिवर्तन गर्न अनुरोध गरेको पत्र प्राप्त भएपछि तुरुन्तै सो निर्णय...

  • २०७९ जेठ १९, बिहिबार

    लाइभ कन्सर्टमै भारतीय गायक केकेकाे निधन

    एजेन्सी - बलिउडका प्रख्यात गायक कृष्णकुमार कुन्नथ (केके)को निधन भएको छ। कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदयघातका कारण ५३ वर्षको उमेरमा उनको निधन भएको हो। सन् १९६८ अगष्ट २३ मा एक हिन्दु मलयाली माता­—पिता सीएस मेनन र कुनाथ कनकवल्लीको घर नयाँदिल्लीमा जन्मिएका उनले पाश्र्वगायनमा आउनुअघि झण्डै ३ हजार ५ सय जिंगल गाएका थिए। उनले सन् १९९९ को विश्वकप क्रिकेटको समयमा भारतीय क्रिकेट टिमको समर्थनका लागि ‘...

  • २०७९ जेठ ११, बुधबार

    अमेरिकाकाे स्कुलमा गाेली चल्दा १८ बालबालिका मारिए

    एजेन्सी - टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा  सहित कम्तिमा २१ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको छ । घटना भएको रोब इलिमेन्टरी स्कूल एक प्राथमिक विद्यालय हो यसका विद्यार्थीहरू पाँचदेखि ११...

  • २०७९ बैशाख २८, बुधबार

    श्रीलङ्कामा राजापाक्षेको घरमा आगजनी

    एजेन्सी - चरम आर्थिक सङ्कटमा फसेको मुलुक श्रीलङ्काको अवस्था पछिल्लो समय निक्कै तनावग्रस्त बनेको छ । त्यहाँ सत्तापक्ष र सर्वसाधारणबीच झडप एवम् हिंसात्मक प्रदर्शन भइरहेका छन् । प्रदर्शनमा उत्रिएका सर्वसाधारणले निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको घर जलाइदिएका छन् । निवर्तमान प्रधानमन्त्रीकै घरमा आगजनी गरिएपछि मुलुकभर कफ्र्यू आदेश जारी गरिएको छ । कफ्र्यू उल्लङ्घन गर्नेलाई तत्काल गोली...

  • २०७९ बैशाख २६, सोमबार

    श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

    एजेन्सी - राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । राष्ट्रपति गोटबाया राजापाक्षेले शुक्रबार विशेष बैठकमा प्रधानमन्त्रीलाई देशमा जारी राजनीतिक सङ्कटको समाधानका लागि राजीनामा दिन आग्रह गरेको केही दिनपछि यस्तो निर्णय भएको हो । श्रीलङ्काको डेली मिररले जनाएअनुसार प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले संसदमा रहेका...

  • २०७८ चैत्र २२, मंगलबार

    श्रीलङ्कामा सबै मन्त्रीहरुकाे सामूहिक राजीनामा

    एजेन्सी - चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।  मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि छन् । प्रधानमन्त्री महिन्दा राजापाक्ष र उहाँका दाइ राष्ट्रपति गोटाबय राजापाक्षले भने राजीनामा गरेका छैनन् ।दैनिक उपभोग्य वस्तुको समेत अभाव भएपछि चर्किएको प्रदर्शन रोक्न कर्फ्यु आदेश जारी भएकै समयमा सबै मन्त्रीहरुले...

  • २०७८ चैत्र १९, शनिबार

    अस्कर समारोहकाे थप्पड काण्डपछि विल स्मिथले दिए अस्कर एकेडेमीबाट राजीनामा

    एजेन्सी - अस्कर अवार्ड समारोहमा उद्घोषक क्रिस रकलाई थप्पड हानेका अमेरिकी अभिनेता विल स्मिथले अस्कर एकेडेमीबाट राजीनामा दिएका छन् । क्रिसलाई थप्पड हानेर आफूले गल्ती गरेको भन्दै यसअघि नै माफी मागिसकेका स्मिथले एकेडेमीबाटै राजीनामा दिएका हुन् ।  उनको राजीनामा एकेडेमीले स्वीकृत गरिसकेको छ । एकेडेमीका अध्यक्ष डेभिड रुबिनले स्मिथको राजीनामा स्वीकृत गरेको र थप प्रतिबन्ध लगाउन सक्ने गरी अनुशासनको कारबाही...

  • २०७८ चैत्र १९, शनिबार

    श्रीलंकामा संकटकाल, हिंसात्मक आन्दोलन चर्किए

    एजेन्सी - श्रीलंकामा यतिखेर विदेशी मुद्राको चरम अभावले अर्थतन्त्र चौपट परेको छ । सोही संकटका कारण त्यहाँ अहिले देशव्यापी ‘संकटकाल’ घोषणा गरिएको छ । विदेशी मुद्राको चरम अभावका कारण त्यहाँको महंगी असाध्यै बढेको छ । साथै इन्धन र बिजुलीबत्तीको समेत अभाव भएपछि नागरिकहरु समेत आन्दोलित भएका छन् । सरकारले शनिबारदेखि लागू हुने गरी देशैभरि संकटकाल घोषणा गरेको छ । महंगी, अभाव र अस्तव्यस्तता बढेपछि...

Pages