relans
ni new 83
nib 2082 5

अन्तर्राष्ट्रिय

  • २०७६ जेठ २६, आइतबार

    पश्चिम बंगालमा चुनावी असर बाँकी, चार कार्यकर्ताको हत्या

    भारतमा दुई राजनीतिक पार्टीका चार कार्यकर्ताको गोली हानी हत्या भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा समर्थक तीन जना र अर्को एउटा क्षेत्रीय पार्टी त्रिणमुल कङ्ग्रेस पार्टीका एक जना गरी चार जना मारिएका हुन् । पश्चिम बङ्गालमा भएको सो घटनामा परी अरु १८ जना घाइते पनि भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । भाजपाका स्थानीय नेता मुकुल रोयले ट्वीट गर्दै सन्देशखालीमा आफ्ना तीन...

  • २०७६ जेठ २६, आइतबार

    अफगानिस्तानको फराहमा भिडन्त

    अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकूहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् । प्रवक्ता मोहिबुल्लाह मोहिबका अनुसार शनिबार राति अनार डारा जिल्लाको जियारात अबगर्म गाउँमा गरिएको सेनाको कारबाहीमा ती लडाकू मारिएका हुन् । सैनिक कारबाहीमा अरु पाँच जना लडाकू घाइते भएका छन् । सुरक्षाकर्मीतर्फको क्षतिका बारेमा सोधिएको एक प्रश्नमा प्रवक्ता मोहिबले...

  • २०७६ जेठ २६, आइतबार

    चिनियाँ राष्ट्रपतिले किर्गिजस्तान, ताजिकिस्तान भ्रमण गर्ने

    चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी जुन १२ देखि १६ सम्म किर्गिजस्तान र ताजिकिस्तानको भ्रमण गर्नुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङका अनुसार राष्ट्रपति सीले किर्गिजस्तानको राजधानी विश्केकमा आयोजना हुने १९औं शाङ्घाई सहयोग संगठन एससीओ को बैठकमा सहभागी हुनुहुनेछ । उक्त बैठकमा संगठनमा आबद्ध मुलुकका सरकार एवं राष्ट्र प्रमुखहरुको सहभागिता रहनेछ । साथै राष्ट्रपति सीले दुबै मुलुकको...

  • २०७६ जेठ २६, आइतबार

    नाइजेरियामा भिषण सडक दुर्घटना

    नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा शनिबार भएको भिषण सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको बस दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो । विपरीत दिशाबाट आइरहेको सामान बोक्ने लरीसँग यात्रुबाहक बस जुधेको थियो । उक्त दुर्घटनापछि बसमा आगलागी समेत भएको थियो । आगोकै कारण बसमा सवार सबैको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।...

  • २०७६ जेठ २४, शुक्रबार

    चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

    चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ । उहाँहरुबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति चिनफिङ हाल रुस भ्रमणमा रहनुभएको छ । त्यस भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले उक्त शहरको सुन्दरताको बयान गर्नुभएको बताइएको छ । उहाँले रुसको सेन्ट पिटस्बर्ग शहरले रुसका धेरै महत्वपूर्ण व्यक्तिहरु जन्माएको...

  • २०७६ जेठ २४, शुक्रबार

    पूर्वी अफगानिस्तानमा १८ जना लडाकू मारिए

    अफगानिस्तानको पूर्वी लोगाड प्रान्तमा शुक्रबार सरकारी सुरक्षाफौजले गरेको प्रतिआतङ्कवादी कारबाहीका क्रममा १८ जना तालिबानी लडाकू मारिएका छन् । प्रान्तीय सरकारले जारी गरेको वक्तव्यमा मुहम्मद आघा जिल्लास्थित विशेष प्रहरी बलले शुक्रबार बिहानै कारबाही गरेको र त्यसक्रममा विगतमा आतङ्कवादी अपराधमा संलग्न व्यक्तिहरु मारिएको उल्लेख छ । सुरक्षाफौजले तीन थान एके–४७ बन्दुक, १७ थान म्याग्जीन तथ ४५० थान बन्दुकका...

  • २०७६ जेठ २४, शुक्रबार

    परीक्षामा एक करोड सहभागी

    चीनमा उच्च शिक्षा आर्जन गर्न चाहने करिब एक करोड विद्यार्थी शुक्रबार प्रवेश परीक्षामा सामेल भएका छन् । चीनमा एकैसाथ हुने यो परीक्षा दुई दिन चल्नेछ । चीनको शिक्षा मन्त्रालयका अनुसार केही प्रान्तीय इलाकामा भने यो परीक्षा आइतबारसम्म पनि हुनेछ । प्रवेश परीक्षामा सामेल हुन चाहने विद्यार्थीको यो संख्या सन् २०१० यताकै उच्च हो । चिनियाँ शिक्षासम्बन्धी जानकारी दिने एक वेबसाइटले प्रकाशन गरेको वार्षिक...

  • २०७६ जेठ २४, शुक्रबार

    मलावीमा सडक दुर्घटना बढ्यो

    मलावीमा सन् २०१९ को पहिलो चौमासिक अवधिमा सडक दुर्घटनामा कम्तीमा दुई सय ८१ जनाको ज्यान गएको छ । गत वर्ष यही अवधिमा दुई सय ३४ जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको थियो । मलावीका प्रहरी प्रवक्ता थोमेक न्याउडेले सन् २०१९ को पहिलो तीन महिनामा मुलुकभर दुई हजार ३५० वटा सडक दुर्घटना दर्ता भएको जानकारी दिनुभयो । उहाँले गत वर्ष यही अवधिमा केबल ९६५ वटा सडक दुर्घटना भएका थिए । दुर्घटनाको प्रवृत्ति अध्ययन...

  • २०७६ जेठ २४, शुक्रबार

    आँधीबाट उत्तर प्रदेशमा १९ जनाको मृत्यु

    भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् । उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण १९ जनाको ज्यान गएको खबर प्राप्त भएको बताउनुभयो । उहाँले आँधी प्रभावित जिल्लाहरुमा राहत र उद्धारको कार्य जारी रहेको पनि जानकारी...

  • २०७६ जेठ २४, शुक्रबार

    बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा

    बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गर्नु भएको छ । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताउनुभएको थियो । मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा ११ जना रहेका छन् । युरोपेली युनियनबाट बेलायत बाहिरिने ९ब्रेक्जीट० का बारेमा संसदमा...

  • २०७६ जेठ २३, बिहिबार

    कोपा अमेरिकाबाट नेमार बाहिरिए

    ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन् । कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा चोट लागेको थियो । ब्राजिली फुटबल महासँघले जारी गरेको वक्तव्यमा नेमारको चोट निकै गम्भीर किसिमको भएकाले कोपा अमेरिका कपमा सहभागी हुने सम्भावना नरहेको उल्लेख छ । एक साताभित्रै शुरु हुन लागेको दक्षिण अमेरिकाको यस प्रतिष्ठित प्रतियोगितामा नेमारको...

  • २०७६ जेठ २३, बिहिबार

    सुडानमा १०८ सर्वसाधारणको मृत्युपछि प्रदर्शनकारीद्वारा वार्ता अस्वीकार

    सुडानमा प्रदर्शनकारीका नेताहरुरुले सत्तारुढ सैनिक परिषदसँगको वार्तालाई अस्वीकार गरेको छ । सुडानको राजधानी खार्तुमस्थित जारी प्रदर्शनको क्रममा सरकारी सेनाको दमनमा १ सय ८ जनाको मृत्यु भएपछि नेताहरुले वार्तालाई अस्वीकार गरेका हुन् । बुधबारसम्मा सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको चिकित्सकहरुले बताएका थिए । परिषद्ले सत्ता हस्तान्तरण सम्बन्धी नागरिक...

Pages