STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ भाद्र २१, शनिबार

    हराएकी बालिका मृत फेला

    भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन् । कैलाशनगर बस्ने छ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन् । उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । अस्पतालले मृत घोषणा गरेको हो । उनको शव परीक्षणका लागि अस्पतालमा...

  • २०७६ भाद्र २०, शुक्रबार

    दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

    सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । रकम अपचलन गरेको आरोपमा बाँके प्रहरीले वडा नं १७ का अध्यक्ष अजयकुमार पाठक र वडा नं १८ का अध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सहकारी वित्तीय विकास संस्था लिमिटेडको तत्कालीन सञ्चालक समितिमा रहेका दुबै जनाले रु ५२ करोड रकम अपचलन गरेको आरोपमा उहाँहरुविरुद्ध पक्राउ...

  • २०७६ भाद्र २०, शुक्रबार

    तस्करीमा संलग्न छ मोटरसाइकल नियन्त्रणमा

    सिरहाको विभिन्न स्थानबाट प्रहरीले हिजो एकै दिन तस्करीमा संलग्न छ मोटरसाइकल तथा करीब रु तीन लाख मूल्य बराबरको मरिचलगायतको सामान बरामद गरेको छ । प्रहरी चौकी झाझपट्टीबाट खटिएको गस्ती टोलीले अवैध रुपमा रु डेढ लाख मूल्य बराबरको मरिच लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा स६प २०१३, स१प ५४०१, स१प ६५०७ र स५प ४५२९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब...

  • २०७६ भाद्र २०, शुक्रबार

    रुपन्देहीमा ६२ जनामा डेङ्गुको सङ्क्रमण

    रुपन्देहीमा ६२ जनामा डेङ्गुुको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६२ जनामा डेङ्गुु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिनुभयो । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हस्पिटल प्रालि, आम्दा अस्पताल, भीम अस्पताललगायतका अस्पतालमा आएका बिरामीको परिक्षणका क्रममा डेङ्गुुको सङ्क्रमण देखिएको हो । पछिल्लो दुईदिनमा...

  • २०७६ भाद्र २०, शुक्रबार

    ग्यास सिलिण्डर पड्कँदा चार घर नष्ट

    विस्थापित बस्ती रहेको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा आज बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको छ । लापाबाट विस्थापित भएका र भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हो । ग्यास सिलिण्डर विस्फोटबाट च्याङ्बा तामाङ र दमाइ तामाङको घर जलेर पूर्णरुपमा नष्ट भएको उद्धारमा संलग्न राजकुमार भण्डारीले बताउनुभयो...

  • २०७६ भाद्र २०, शुक्रबार

    तेजाब प्रकरणः थप उपचारका लागि काठमाडौँ सिफारिस

    तेजाब प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारको लागि आज अपराह्न काठमाडौँ पठाइएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज–३ छपकैया निवासी मुस्कान खातुनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँको कीर्तिपुर अस्पतालमा पठाइएको हो । खातुनमाथि तेजाब प्रहार गरेको अभियोगमा पक्राउ परेका छपकैया–२ निवासी संसाद मियाँले प्रेम प्रसङ्गको कारण आफूले तेजाब प्रहार गरेको...

  • २०७६ भाद्र २०, शुक्रबार

    वीरगञ्जमा युवतीमाथि तेजाब प्रहार

    वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया एक युवतीलाई एसिड तेजाब खन्याइ घाइते बनाइएको छ । विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि दुई जनाको सङ्ख्यामा रहेका युवकले तेजाब प्रहार गरेका हुन् । तेजाब प्रहारबाट घाइते भएकी खातुनलाई वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । तेजाबबाट खातुनको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले...

  • २०७६ भाद्र २०, शुक्रबार

    हत्याको आरोपमा एक पक्राउ

    हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखाको चुमनुव्री गाउँपालिका–१ का ६८ वर्षीय तेन्जेङ दोर्जे लामाको हत्या गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय दोर्जे लामालाई बिहीबार पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका लामाले कुटपिट गरी तेन्जेङको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको उहाँले बताउनुभयो । “लामाले मृतकलाई गुम्बा...

  • २०७६ भाद्र २०, शुक्रबार

    शैक्षिक संस्थामा बम बिष्फोट

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा...

  • २०७६ भाद्र २०, शुक्रबार

    सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु

    सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको सङ्क्रमण देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । डेङ्गु रोगबाट डोटीमा एक जनाको मृत्यु भइसकेको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी...

  • २०७६ भाद्र २०, शुक्रबार

    ठगी गर्ने समूहदेखि होशियार हुन पञ्चाङ्ग निर्णायक समितिको आह्वान

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले शास्त्रानुसार अशुद्ध समयमा ठूला यज्ञ गर्ने नाममा सर्वसाधारण जनताबाट पैसा उठाएर धर्मका नाममा ठगी गर्ने व्यक्ति वा समूहदेखि होशियार हुन सार्वजनिक आह्वान गरेको छ । भदौ २८ गतेदेखि असोज ११ गतेसम्म पितृपक्षमा काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर, गुल्मीको रिडी, लमजुङलगायतका स्थानमा गर्न लागिएको भागवत महायज्ञ शास्त्रविरुद्ध रहेकाले त्यसका नाममा यजमान बन भन्दै पैसा...

  • २०७६ भाद्र २०, शुक्रबार

    श्रीमान्ले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गयो

    श्रीमान्ले प्रहार गरेको खुकुरीबाट खोटाङमा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती देविका राईलाई गए राति टाउकोमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो । श्रीमतीको हत्या गरेलगत्तै स्थानीयवासीले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलीले सीतारामलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी...

Pages