STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ भाद्र १७, मंगलबार

    सिञ्जा क्षेत्रमा भालु आतङ्क

    जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन् । बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन् । गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न थालेका वडा नं ६ भाडगाउँका जयलाल रावतले बताउनुभयो । सिञ्जाको जाला, घोडीलेख, तल्लो जालालगायतका क्षेत्रमा भालुले मकै खाने गरेको छ ।...

  • २०७६ भाद्र १७, मंगलबार

    खुर्पा प्रहार गरी श्रीमतीको हत्या

    खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । श्रीमतीको हत्या गरी फरार रहेका नवीनलाई...

  • २०७६ भाद्र १७, मंगलबार

    बसले ठक्करले एकको मृत्यु

    कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकाबाडामा भे १ ज ७९६ नं को बसले ठक्कर दिँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । उक्त बसको ठक्करबाट घाइते भएका सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ९शिक्षण अस्पताल०मा उपचारका क्रममा मृत्यु भएको हो । मुगुका धनबहादुर बुढाले सोमबार राति जिल्ला प्रशासन कार्यालयमा...

  • २०७६ भाद्र १७, मंगलबार

    दुईको आत्महत्या

    खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन् । खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ आज बिहानसँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी दिनुभयो ।...

  • २०७६ भाद्र १७, मंगलबार

    डेङ्गु र स्क्रबटाइफसबाट चारको मृत्यु

    डेङ्गु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । जसमध्ये गैँडाकोट स्थायी घर भई नारायणगढ बसोवास गर्ने ७१ वर्षीय वृद्धको डेङ्गुको...

  • २०७६ भाद्र १६, सोमबार

    दश दिनदेखि किशोरी सम्पर्कविहीन

    यहाँकी एक किशोरी १० दिनदेखि काठमाडौँबाट सम्पर्कविहीन भएकी छन् । स्याङ्जाको चापाकोट–९ घर भई काठमाडौँ बसुन्धारामा बस्दै आएकी १८ वर्षीया रेजिना डोटेल भदौ ७ गतेदेखि सम्पर्कविहीन भएकी आमा सरस्वती डोटेलले बताउनुभयो । भदौ ७ गते पुल्चोक इञ्जिनीयरिङ कलेजमा प्रवेश परीक्षाको तयारी कक्षा लिन बसुन्धारास्थित कोठाबाट निस्किएपछि अहिलेसम्म उनको केही अत्तोपत्तो नलागेपछि आफूहरु चिन्तामा डुबेको आमा सरस्वती डोटेलले...

  • २०७६ भाद्र १६, सोमबार

    गैरनेपालीलाई नागरिकता दिएको आरोपमा पाँच पक्राउ

    आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू रहेका छन् । पक्राउ परेका बराल विर्तामोड नगरपालिका–८ का वडासचिव हुन् । पक्राउ...

  • २०७६ भाद्र १५, आइतबार

    एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्ने पाँच चिनियाँ पक्राउ

    नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिनुभयो । “शुरुमा...

  • २०७६ भाद्र १५, आइतबार

    १२ जनामा डेङ्गु

    देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिनुभयो । भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको हो । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु...

  • २०७६ भाद्र १५, आइतबार

    बिदाको मौका छोपेर नेपाल छिरेका थिए चिनियाँ ह्याकर

    शनिबार अपराह्न पटक–पटक गरी शङ्कास्पदरूपमा ठूलो रकम दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट निकालियो । यसअघि एटिएम बुथबाट पटक–पटक व्यक्तिको पैसा निकालिएको घटनाका कारण नबिल बैंक उच्च सतर्कतामै थियो । प्रभु बैंकको रकम अस्वभाविक रुपमा आफ्नो बुथबाट निकालिएपछि उसले प्रभु बैंक र प्रहरीलाई खबर ग¥यो । सूचना पाएलगत्तै महानगरीय प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा खटिएको प्रहरी...

  • २०७६ भाद्र १५, आइतबार

    मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँकी एक महिलाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । शनिबार साँझ ६ः३० बजेको समयमा स्थानीय ५० वर्षीया विष्णुदेवी दर्जीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मादक पदार्थ सेवन गरी तीन जना सवार ध१प ३६६६ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी दर्जीलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक दर्जीको शव परीक्षणका लागि जिल्ला अस्पताल...

  • २०७६ भाद्र १५, आइतबार

    लोकन्थलीमा पुनःपहिरो, सडक भासियो, छ घर उच्च जोखिममा

    मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेको छ । मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भएपनि त्यस स्थानमा पुनःपहिरो गएको हो । पानीट्याङ्की निर्माणका लागि खाडल खन्दा ३ गते राति पहिरो जाँदा १६ फिट चौडाइ रहेको करीब ४० मिटर...

Pages