अपराध-दुर्घटना
-
२०७६ आश्विन ३, शुक्रबार
षडानन्द नगरपालिकामा बम विस्फोट
भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले आज बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो । कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामीमगरले बताउनुभयो । विस्फोटन भएको ठाउँमा ‘दलाल पूँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको नेत्रविक्रम चन्द समूहकोे पर्चा भेटिएको र घटनाबारे थप...
-
२०७६ आश्विन ३, शुक्रबार
कमलबजार नगरपालिका कार्यालयमा बम विस्फोट
नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताउनुभयो । तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ । प्रहरीले विस्फोट गराउने समूहको खोजी गरिरहेको छ । नगरपालिका कार्यालयको ढोका...
-
२०७६ आश्विन २, बिहिबार
फरार अभियुक्त सत्र वर्षपछि पक्राउ
एक वृद्धाको हत्या गरी फरार रहेका अभियुक्तलाई नुवाकोट प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । ककनी गाउँपालिका–७ सिम्लेकी ७० वर्षीया पदककुमारी गुरुङको विसं २०५९ माघ २१ गते हत्या गरी फरार भएका सोही वडाका ३६ वर्षीय भरत सुनारलाई प्रहरीले हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । आरोपित सुनारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा...
-
२०७६ आश्विन २, बिहिबार
बलात्कार गरेको कसुरमा १० वर्ष कैद
एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले भिरकोट नगरपालिका–२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलिमियाँलाई बुधबार १० वर्ष कैद सजायका साथै पीडित किशोरीलाई रु ३० हजार क्षतिपूर्तिसमेत भराउने फैसला गरेको छ । न्यायाधीश रमानाथ पौड्यालको इजलासले कैद सजायको फैसला गरेको स्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिनुभयो । आरोपित अलिमियाँले विसं २०७४ पुस ८ गते बलात्कार गरेको भनी...
-
२०७६ आश्विन २, बिहिबार
वर्षाले खजुराका सयौँ घर डुबानमा
बुधबार दिनभरको अविरल वर्षाले बाँकेको खजुरा गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन् । अविरल वर्षाले स्थानीय जेठी नालामा पानीको सतह बढेपछि खजुरा गाउँपालिका वडा नं ६ र ७ का सयौँ घर डुबानमा परेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार, बाढीले खजुरा क्षेत्रका मात्र १७२ घर डुबाएको अहिलेसम्म रिपोर्ट प्राप्त भएको छ । यो सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ । खजुरा गाउँपालिकाको...
-
२०७६ आश्विन २, बिहिबार
जङ्गली च्याउ खाएर परिवारै अस्पताल भर्ना
झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उहाँका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी हुनुभएको थियो । सोही च्याउको तरकारी खाएका छिमेकीहरु ७१ वर्षीय दुर्गा जिमी राई र निजकी श्रीमती ५८ वर्षीया...
-
२०७६ आश्विन २, बिहिबार
बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास
एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ । सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको सजायको फैसला सुनाएको हो । बुधबार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई बालिका बालात्कार गरी...
-
२०७६ आश्विन १, बुधबार
सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता
जिल्लाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०ः३० बजे दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता भएका छन् । दुर्घटनामा एकै परिवारका तीन रहेका छन् । धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट को१ज ३७४९ नंको जिप अरुण नदीमा खसेको हो । जिप राति १०ः३० बजे सिधैँ अरुण नदीमा खसेर बेपत्ता भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाका अनुसार जिप खस्दा...
-
२०७६ आश्विन १, बुधबार
पहिरोले पुरिएर बालकको मृत्यु
अविरल वर्षाका कारण आज बिहान पहिरो गई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा एक बालकको मृत्यु भएको छ । बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो । बालकको बुबा बाहिर निस्केको र आमा शौचालय गएको बेला पहिरो खसेर पसल पुरिएको हो । घटनालगत्तै स्काभेटरको सहायताले स्थानीय तथा...
-
२०७६ आश्विन १, बुधबार
चालू आवको डेढ महीनामा १७ सहित तीन वर्षमा १५१ ले गरे आत्महत्या
ओखलढुुङ्गामा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनि बढेको छ । विगतको तुलनामा पछिल्लो समय जिल्लाभर आत्महत्या गर्ने सङ्ख्या बढेको हो । चालू आर्थिक वर्ष २०७६÷०७७ को दुई महीनाको अवधिमा १७ जनाले आत्महत्या गरेका छन् । साउन र भदौ अन्तिम सातासम्ममा आत्महत्या गर्ने १३ वर्षीय बालकदेखि ६२ वर्षसम्मका वृद्ध छन् । १७ जनामध्ये आठ पुरुष, एक बालक र अन्य महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी...
-
२०७६ आश्विन १, बुधबार
बस दुर्घटना हुँदा २३ जना घाइते
सिन्धुलीमा आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । यहाँको मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् । काठमाडौँतर्फ यात्रु लिएर जाँदै गरेको बा ३ ख ९६८४ नम्बरको बस बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिका–६ कानढुङ्ग्रीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । दुर्घटना हुँदा बसमा सवार २३ जनाको हाल खुर्कोटस्थित...
-
२०७६ आश्विन १, बुधबार
अविरल वर्षाले नेपालगञ्ज डुबानमा
आज बिहानैदेखि परेको अविरल वर्षाले नेपालगञ्ज डुबानमा परेको छ । यहाँको न्यूरोड र घरबारी टोल क्षेत्रका अधिकांश पसलमा पानी छिरेको छ । नेपालगञ्जको सेतु विक चोक र न्यूरोड क्षेत्रका अधिकांश पसलमा पानी पसेको न्यूरोडका स्थानीय व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सेतु विक चोक नजिक रहेको कस्तुरी होटलसहित करीब आधा दर्जन बढी पसल...


