अपराध-दुर्घटना
-
२०७६ भाद्र ५, बिहिबार
सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दो
गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी मोरङमा १०५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवराज पोखरेलका अनुसार सो अवधिमा जिल्लाभरिमा ४८४ दुर्घटना भएको थियो । सो दुर्घटनामा परी ८५४ घाइते भएका थिए । आर्थिक वर्ष २०७३÷७४ मा ४३४ दुर्घटनाबाट १०४ जनाको मृत्यु भएको थियो भने ८२५ घाइते भएका थिए । आव २०७४÷७५ मा ५०३ सवारी दुर्घटनामा १०९ को मृत्यु र ८२८ घाइते भएका थिए । सडकको दुरावस्था...
-
२०७६ भाद्र ५, बिहिबार
एक महीनामा १०६ मा डेङ्गु
साउन महीनामा जिल्लामा १०६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४५३ जनामा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका डेङ्गुका सङ्क्रमितमध्ये ७८ जना चितवनका हुन् । तीमध्ये ६९ जना भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका वडा नं १, २ र ३ मा बढी सङ्ख्यामा डेङ्गुको जोखिम...
-
२०७६ भाद्र ५, बिहिबार
बरिष्ट निर्देशक किशोर राना मगरको निदान
नेपालि चलचित्र जगतका मूर्धन्य व्यक्तित्व, चारसय वर्ष अघि तत्कालिन ३लिगलिगकोट राज्यको विषय वस्तुमा आधारित ऐतिहासिक नेपाली चलचित्र सीमारेखा, माईलि, राको९पहिलो नेपाली सिनेमा स्कोप, बन्धकी, करोडपति लगायतका सफल नेपालि तथा हिन्दी चलचित्रहरु निर्देशन गरिसक्नु भएका बरिष्ट निर्देशक किशोर राना मगरको भौतिक शरिरको हिजो निदान हस्पिटलमा अवसान भएको थियो । उहाको प्राथिव शरिरलाई अन्तिम श्रदाञ्जली अर्पणका लागि...
-
२०७६ भाद्र ४, बुधबार
स्कारपियोको ठक्करबाट एकको मृत्यु
चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बा१८च ९८९६ नंको स्कारपियोले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका साइकलयात्रीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको...
-
२०७६ भाद्र ४, बुधबार
गोँगबुको होटलमा दुई व्यक्ति मृत फेला
टोखा नगरपालिका–९ गोँगबुस्थित मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् । उक्त होटलको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीय सविना तामाङ बजगाईं आज दिउँसो मृत अवस्थामा फेला परेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसार्इंले...
-
२०७६ भाद्र ३, मंगलबार
एनसेलको टावरमा आगजनी
दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ । टावरमा नेत्रबिक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने उहाँको भनाइ छ । यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली...
-
२०७६ भाद्र ३, मंगलबार
भारतमा मृत्यु भएका नेपालीको शव ल्याइँदै
भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव आज रातिसम्ममा नेपाल ल्याइने भएको छ । रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका बाँकेका दुई जनाको पहिरामा परी गत साउन ३२ गते मृत्यु भएको थियो । राप्तीसोनारी गाउँपालिका–५ चिलहरियाका १९ वर्षीय अर्जुन बुढामगर र ४७ वर्षीय सनबहादुर बुढामगरको पहिरामा परी मृत्यु भएको स्थानीय चिमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार गत साउन...
-
२०७६ भाद्र २, सोमबार
वाणिज्य बैंकमा आगलागी
राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । दुई तले सो भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ । आगलागीबाट भएको क्षतिको यकिन...
-
२०७६ भाद्र २, सोमबार
दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती घाइते
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा सोही ठाउँ निवासी ३४ वर्षीय प्रेमा न्यौपाने पौडेल घाइते भएकी छन् । सुदीपको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको...
-
२०७६ भाद्र २, सोमबार
भेलले बगाएर बालिकाको मृत्यु
बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भेलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बडिगाडस्थित डाँफेपातल आधारभूत विद्यालयबाट अध्ययन गरी फर्कने क्रममा शर्मिलालाई भेलले बगाएको स्थानीयले बताएका छन् । विद्यालयबाट फर्कने क्रममा मोटरबाटोमा...
-
२०७६ भाद्र २, सोमबार
श्रीमान्को हत्याराबाट पैसा असुल्ने पक्राउ
श्रीमान्को हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् । घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । विसं २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भिरबाट धकेलेर हत्या गरेको आरोप छ । घटनापछि...
-
२०७६ भाद्र २, सोमबार
सुनगोहोरो बरामद
जङ्गली जनावर सुन गोहोरो बरामद गर्नाका साथै त्यसमा संलग्न एक व्यक्तिलाई प्रहरीले कारवाही अघि बढाएको छ । मोरङको सुनवर्षी नगरपालिका–८ हर्चगढीस्थित सिक्टी डायनियाको भित्री सडकखण्डस्थित पथरी शनिश्चरे नगरपालिका–६ निवासी ५९ वर्षीय जसबहादुर धिमाललाई १२ थान जीवित सुनगोहोरेसहित पक्राउ गरिएको प्रहरीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बरामद सुनगोहोरोलाई जिल्ला डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब...


