STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ जेठ २२, बुधबार

    लागुऔषधको अड्डा नै सिमाना

    पश्चिम नवलपरासीको नेपाल–भारत खुला सिमाना नजिकको भारतीय बजार पछिल्लो पटक लागुऔषध सेवन र ओसारपसारका लागि प्रमुख नाकाका रुपमा प्रयोग हँुदै आएको पाइएको छ । लागुऔषध प्रयोग गर्न र ओसारपोसारकै लागि भनेर काठमाडौँदेखि पोखरा, चितवन र बुटवललगायतका विभिन्न मुख्य बजारबाट युवा जमात पश्चिम नवलपरासीको नाका हुँदै भारतीय बजारसम्म पुग्ने गर्दछन् । खुला सिमानाका कारण किनमेल र घुम्नका लागि भनेर युवायुवती भारत जाने...

  • २०७६ जेठ २२, बुधबार

    बालविवाह गर्नेलाई सेवा दिन्नाँैं

    बालविवाह गर्न नदिने र गरेको भेटाए कारवाही गर्नेमा कैलालीका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । नेपालको कानूनअनुसार २० वर्ष नपुग्दै गरिने विवाहलाई बालविवाह भनिएको छ ।  स्थानीय तहले बालविवाहलाई न्यूनीकरण गर्ने खालको अभियान चलाउने तयारी गरेका छन् । “महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न बालविवाह तथा दाइजो प्रथा रोक्न समाज जागरुक बन्नुपर्छ । हामी बालविवाह गर्नेलाई नगरपालिकाबाट सेवासुविधा दिने छैनौँ...

  • २०७६ जेठ २१, मंगलबार

    यार्सागुम्बाको चोरी निकासी रोक्न पाटनमै गस्ती

    यार्सागुम्बाको चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र गेमस्काउटको सामूहिक गस्ती शुरु गरिएको छ । जेठ दोस्रो साताबाट बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलनको समय शुरु भएकाले त्यसको चोरी निकासी रोक्नका लागि दार्चुलाका यार्सागुम्बा पाइने पाटनमा सुरक्षाकर्मी र गेमस्काउटको गस्ती शुरु गरिएको हो ।यहाँस्थित अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा पाइने पाटनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी कार्यालयका...

  • २०७६ जेठ २१, मंगलबार

    प्रेसर हर्नको प्रयोग गर्नेलाई कारवाही हुने

    यातायातका सवारी साधनमा प्रेसर हर्नको प्रयोग बढ्दै गएपछि केही दिनदेखि जिल्ला ट्राफिक कार्यालय लहान सिरहाले त्यसको नियन्त्रण गरेको छ ।  ट्राफिक कार्यालयले पछिल्लो पटक जाँचका क्रममा ट्रक, बस तथा टिपरमा प्रेसर हर्न भेटाएपछि जफत गरेको कार्यालयका ट्राफिक प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । प्रेसर हर्नबाट निस्कने ध्वनि मानिसले श्रवण गर्न सक्ने मापदण्डभन्दा बढीको हुने भएकाले स्वास्थमा...

  • २०७६ जेठ २१, मंगलबार

    पत्रकार शर्माको अन्त्येष्टि

    सवारी दुर्घटनामा परी निधन हुनुभएका पत्रकार गोविन्दप्रसाद शर्माको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार ललितपुरको धोवीघाटमा स्कार्पियो गाडीले उहाँ सवार मोटरसाइकललाई ठक्कर दिँदा शर्मा र मोटरसाइकल चालक नुवाकोटका चन्द्रमणि मुडबरीको मृत्यु भएको थियो । तत्कालीन प्रेस सेन्टर नेपाल, काठमाडौँ शाखाका अध्यक्ष शर्मा कृषि टेलिभिजनका संस्थापक र नेपाल कृषि पत्रकार प्रतिष्ठान जोना का अध्यक्षसमेत...

  • २०७६ जेठ २१, मंगलबार

    पोर्चुगलमा सडक दुर्घटनामा निधन

    युरोपेली देश पोर्चुगल आउनुभएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी निधन भएको छ । पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गत शुक्रबार स्थानीय समयानुसार राति ९ः३० बजेतिर साइकलमा सवार शर्मा रिजाललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते हुँदा उपचारका...

  • २०७६ जेठ २१, मंगलबार

    दुर्घटनामा नर्सको मृत्यु

    कोशी राजमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डको विश्वकर्मा मन्दिर नजिक गए राति ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटी चालकको मृत्यु भएको छ । धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भए भई हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स कविता तुम्बाको मृत्यु भएको हो । उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेकी राईले...

  • २०७६ जेठ २१, मंगलबार

    मोटरसाइकल दुर्घटनामा बढी मृत्यु

    जिल्लामा दुर्घटनाका कारण मृत्यु हुने आधाभन्दा बढी मोटरसाइकलसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ ।  साँघुरा सडक र बढ्दो सवारीका कारण दिनहुँ दुर्घटना हुने गरेका छन् । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सवारी दुर्घटनामा मृत्यु भएका १२९ मध्ये ६५ जनाको मोटरसाइकल दुर्घटनाका कारण ज्यान गएको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार, चालू आवमा भएका दुर्घटनामा परी निधन भएकामध्ये ५३ जना...

  • २०७६ जेठ २०, सोमबार

    हावाहुरीले बालिकाको मृत्यु

    आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी  बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिनुभयो । जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको उहाँले...

  • २०७६ जेठ २०, सोमबार

    ठमेलभित्र बढ्दो विकृति

    नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा सुरक्षाकर्मीले जोड दिएका छन् ।  महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार साँझ आयोजना गरेको ‘व्यवसायीसँगको अन्तक्र्रिया’ कार्यक्रममा उनीहरुले देशको समृद्ध ठमेल निर्माणका लागि ठमेल क्षेत्रभित्र देखिएको विकृति अन्त्य गर्नुपर्ने धारणा राखेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी...

  • २०७६ जेठ २०, सोमबार

    डुबेर ज्यान गुमाएका दुई विद्यार्थीका परिवारलाई छ÷छ लाख दिने सहमति

    खोलामा डुबेर ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षीय एलिस बस्नेत र सोही ठाउँका विक्रम भट्टराईका परिवारलाई दिक्तेल प्राविधिक शिक्षालयले रु छ÷छ लाख दिने सहमति भएको छ ।  शैक्षिक भ्रमणका लागि शनिबार प्राविधिक शिक्षालयले साप्सु खोलामा लगेको बेला दहमा डुबेर ज्यान गुमाएका ती विद्यार्थीका परिवारलाई शिक्षालयले मृतक परिवारलाई रु पाँच÷पाँच लाख राहत तथा रु एक÷एक लाख किरिया खर्च...

  • २०७६ जेठ २०, सोमबार

    अन्नपूर्ण म्याराथनको उपाधि भाटलाई

    दोस्रो अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवअन्तर्गतको अन्नपूर्ण म्याराथनको उपाधि खगेन्द्र भाटले प्राप्त गर्नुभएको छ । अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्मको ४२।१९५ किलोमिटर दूरी चार घण्टा छ मिनेट ५३ सेकेण्डमा पार गर्दै उहाँले उपाधि जित्नुभएको हो ।   त्यस्तै हरिकुमार रिमालले उक्त दूरी चार घण्टा १४ मिनेट ४० सेकेन्डमा पार गर्दै द्वितीय स्थान हासिल गर्नुभएको छ ।...

Pages