STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ जेठ १३, सोमबार

    दुईवटा ट्रकमा आगजनी

    नेत्र विक्रम चन्द समुहले आज आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ । मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ ।   मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय गरिसकेको छ । आज यहाँ बिहान करीब १ बजे मिनिट्रकमा आगजनी भएको छ ।   हेटौँडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख...

  • २०७६ जेठ १३, सोमबार

    कामको ज्याला नपाएपछि प्रशासनमा उजुरी

    काम गरेको ज्याला नपाएपछि न्यायका लागि जिल्लीका स्थानीयवासी जिल्ला प्रशासन कार्यालय पुगेका छन् । बस्ती संरक्षण कार्यक्रमअन्तर्गत पहिरो प्रभावित क्षेत्रमा जाली भर्ने काममा लगाएको पनि ज्याला नदिएर ठेकेदार फरार रहेको कामदारको गुनासो छ । जिल्लीको त्रिवेणी नगरपालिका छतारा बस्ने हर्कबहादुर शाह आधा काम गराएर सम्पर्क बाहिर रहेका छन् । काम गरेको दुई वर्ष बितिसक्दा पनि ज्याला नदिएको स्थानीय डबल विकले...

  • २०७६ जेठ १२, आइतबार

    आगलागीबाट २२ लाख बढीको क्षति

    पाँचथरको फिदिम–१ जामुनले खोल्सी छेउमा अवस्थित एक वर्कसपमा आगलागी हुँदा रु २२ लाख बढीको क्षति भएको छ । विद्युत् चुहिएर भएको आगलागीबाट वर्कसपमा भएको सामान तथा मर्मतका लागि ल्याइएको गाडीसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम–४ बस्ने दिपेन श्रेष्ठले सञ्चालन गरेको वर्कसपमा आगलागी भएको हो । राति साढे १२ बजेतिर लागेको आगो दमकल र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।...

  • २०७६ जेठ १२, आइतबार

    जिपको ठक्करबाट एक युवकको मृत्यु

    कपिलवस्तुको मायादेवी गाउँपालिका–८ वरकुलगाउँमा जिपको ठक्करबाट आज बिहान एक युवकको मृत्यु भएको छ । लु१ज ४१७५ नंको जिप अनियन्त्रित भई पल्टिँदा सो जिपका सहचालक मायादेवी गाउँपालिका–८ बरकुलका ३० वर्षीय विनोद चमारको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताउनुभयो । जिप चालक भने फरार भएको प्रहरीले जनाएको छ ।

  • २०७६ जेठ १२, आइतबार

    महिलाको हत्या

    सर्लाहीको धनकौल गाउँपालिकामा एक महिलाको हत्या गरी शव फालिएको अवस्थामा हिजो साँझ फेला परेको छ । धनकौल गाउँपालिका–४ स्थित मैनाथपुरमा पहिचान नखुलेको करीब २५ वर्षीया विवाहित महिलाको हत्या गरी फालिएको अवस्थामा बेवारिसे शव फेला परेको हो । मैनाथपुर बागमती बाँधदेखि पश्चिम सिसौघारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । क्रिम र रातो रङको साडी, खैरो रङको चोलो लगाएकी महिलाको पहिचान...

  • २०७६ जेठ १२, आइतबार

    आफैँले बोकेको भरुवा बन्दुक पड्किएर चेपाङ घाइते

    दुई दिनअघि भरतपुर महानगरपालिका–२९ इन्द्रेणी सामुदायिक वनको डल्लेआहाल भन्ने स्थानमा चलेको भनिएको गोली भरुवा बन्दुकको छर्रा रहेको पुष्टि भएको छ । छर्रा लागि घाइते स्थानीय ३९ वर्षीय सुकबहादुर चेपाङले बोकेको भरुवा बन्दुक पड्किएर उनी घाइते भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा निज चेपाङले बाहिरबाट गोलीको छर्रा आएर आफूलाई लागेको भनी दिएको बयान गलत भएको...

  • २०७६ जेठ १२, आइतबार

    अवैध औषधि पसल खुल्ने क्रम बढ्दो

    औषधिको व्यापारबाट राम्रो आम्दानी हुने भएपछि सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रमा धमाधम अवैधरुपमा औषधि पसल खुल्ने क्रम बढ्न थालेको छ । औषधि व्यवस्था विभागबाट नियमित अनुगमन नहुँदा त्यस्ता नयाँ औषधि पसल खुल्दै गएका हुन् । जिल्लाको दक्षिणी तथा पश्चिमी क्षेत्रमा दिनानुदिन च्याउ उम्रिए झैँ निजी क्लिनिक तथा औषधि पसल खोलिँदै आएपछि यहाँका ग्रामीण क्षेत्रका बासिन्दा ठगिएका छन् । जिल्लाका धेरैजसो क्षेत्रमा...

  • २०७६ जेठ १२, आइतबार

    बलात्कारको आरोपमा मात्र नौ वर्ष छ महीना कैद

    बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले नौ वर्ष छ महीना कैद गर्ने फैसला सुनाएको छ ।  जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले दोलखा घर भई हेटौँडा–२ मा डेरा गरी बस्ने प्रविण थापामगरलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । दोषीबाट पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने आदेश पनि गरेको अदालत स्रोतले जनाएको छ । प्रविणमाथि गत भदौ ११ गते बालिकालाई...

  • २०७६ जेठ १२, आइतबार

    अज्ञात व्यक्तिबाट दम्पतीको हत्या

    महाकाली नगरपालिका–३ काटैमा पसल सञ्चालन गरेर बसेकी वृद्ध दम्पतीको हत्या गरिएको छ । सडक छेउमा पसल सञ्चालन गरेर बसेकी ६५ वर्षीया द्रोपती महरा र उहाँका श्रीमान ७५ वर्षीय वीरभान महराको हत्या भएको हो ।  हिजो शनिबार राति घरेलु हतियार लठ्ठी प्रहार गरी महरा दम्पतीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आक्रमणबाट उहाँका नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते छन् । द्रोपतीको शव...

  • २०७६ जेठ १२, आइतबार

    अवैध केराउ बरामद

    नरैनापुरबाट प्रहरीले ३० क्विन्टल अवैध केराउ बरामद गरिएको छ । जिल्लाको नरैनापुरगाउँपालिका– ४ सोता भन्ने स्थानमा प्रहरीद्वारा सामान जाँच गर्ने क्रममा नेपालगञ्जबाट सुइया बगौडातर्फ जाँदै गरेको भे१ख १५५५ नंको बसमा भन्सार चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको केराउ प्रहरीले बरामद गरेको हो ।  जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार बरामद गरिएको केराउको मूल्य करीव रु तीन लाख रहेको...

  • २०७६ जेठ १२, आइतबार

    वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार, चार लाख लुटियो

    जीवन विकास संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारलाई आज  अज्ञात समूहले गोली प्रहार गरी लुटपाट गरेका छन् । स्कुटीमा आएका तीन जनाको समूहले गोली प्रहार गरी उहाँको साथमा भएको रु चार लाख लुटेको धरान इलाका प्रहरी कार्यालयले जनाएको छ । उहाँ पानबारीबाट दिउँसो को१८प ५२९४ नंं नम्बरको मोटरसाइकलबाट धरान फर्कंदै गर्दा   तीन जनाको समूहले रोकेर लिफ्ट मागेका थिए । रोकेपछि लुटपाट गरेको र प्रतीकार गर्दा गोली प्रहार...

  • २०७६ जेठ १०, शुक्रबार

    दुर्घटनामा एकको मृत्यु

    मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीमा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुुनेमा भारतको मोतीहारी जिल्ला बस्ने वर्ष ४५ का कनैया साह रहेका छन् । बिहान ३ः३० बजे भएको सो दुर्घटनामा परी भीमफेदी गाउँपालिका–५ बस्ने वर्ष २० का महेश भुलन ९चालक० र भारतको बेतीया बस्ने वर्ष २२ का कनैयाकुमार साह घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि...

Pages