STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ जेठ १५, बुधबार

    ढुङ्गा प्रहार गर्दा मृत्यु

    कास्कीमा मङ्गलबार ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु भएको छ । माछापुच्छे« गाउँपालिका–७ ओखरबोट बस्ने ५२ वर्षीय गोरे भनिने मानकाजी विकको मृत्यु भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ । सोही ठाउँ बस्ने ६५ वर्षीय सन्ते विकले घरायसी झगडाको क्रममा टाउकोमा ढुङ्गा प्रहार गर्दा उनको मृत्यु भएको हो । ढुङ्गा प्रहार गर्ने सन्तेलाई प्रहरीले पक्राउ गरेको छ । मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल...

  • २०७६ जेठ १५, बुधबार

    सात महीनाकी छोरीको हत्या आरोपमा आमा पक्राउ

    सल्यानमा सात महीनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मङ्गलबार बेलुका पक्राउ गरेको हो । सात महीनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । हत्या...

  • २०७६ जेठ १५, बुधबार

    आठ वर्षीय बालकको अपहरण गरी हत्या गर्ने तीन पक्राउ

    बालकलाई अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले आज तीन जना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगर निवासी शम्भु साह तुरहाका आठ वर्षीय छोरा करणको अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीयसहित तीन युवकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका भारत विहारको बेतिया घर भई हाल वीरगञ्जको प्रगतिनगरमा बस्दै आएका विकास शर्मा, बाराको कलैया उपमहानगरपालिका–११ निवासी सिकेन्द्र साह र...

  • २०७६ जेठ १४, मंगलबार

    चोरीमा संलग्न तीन पक्राउ

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ स्थित बरबोटेमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोलुखुम्बु दूधकौशिका गाउँपालिका–६ का ३३ वर्षीय सागर गहतराज, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का ४० वर्षीय रामबहादुर तामाङ र जीतबहादुर तामाङ रहेको सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन...

  • २०७६ जेठ १४, मंगलबार

    चट्याङ लागेर एकको मृत्यु

    गण्डकी प्रदेशअन्तर्गत लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका–३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनिल साँखीको सोमबार साँझ ५ बजेतिर परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक साँखी दिउँसो ४ बजेतिर धानको बीउ राख्नका लागि घरबाट करीब पाँच किलोमिटर टाढाको खेतमा गएको र राति अबेरसम्म पनि घर नर्फकिएपछि घरपरिवार, आफन्तजन र स्थानीयवासीले खोजतलास गर्दा...

  • २०७६ जेठ १४, मंगलबार

    पर्वतको शङ्करपोखरीकी महिला चार दिनदेखि सम्पर्कविहीन

    पर्वतको फलेवास नगरपालिका–२ शङ्करपोखरीकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छिन् । स्थानीय पोखराचौर गाउँमा घर भएकी २१ वर्षीया मनिषा रिजाल जेठ १० गते बिहान साढे ७ बजेदेखि बेपत्ता भएकी हुन् । उनी परिवार र आफन्तको सम्पर्कमा नरहेको उनका श्रीमान् दीपेन्द्र रिजालले बताउनुभयो । छ महीनादेखि शङ्करपोखरीको वडा कार्यालय नजिकै सिलाइकटाइ तालीम गरिरहेकी मनिषा तालीममा जान घरबाट निस्किएकी थिइन् । तर, घर नफर्किएको र...

  • २०७६ जेठ १४, मंगलबार

    आफ्नै आमाद्वारा खुकुरीले रेटेर तीन वर्षीय छोराको हत्या

    भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।   थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाइ छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन...

  • २०७६ जेठ १४, मंगलबार

    मानवअधिकार आयोगमा ७६१ उजुरी

    राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्ज कार्यालयमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म ७६१ उजुरी परेका छन् । मानवअधिकार हनन्सम्बन्धी उजुरी पर्नेमा बाँके पहिलो नम्बरमा रहेको छ बताइएको छ । आयोगका अनुसार दोस्रोमा रोल्पा र तेस्रोमा बर्दिया रहेका छन् । त्यस्तै चौथोमा पूर्वी रुकुम, पाँचौँमा दाङ र छैठौँमा प्यूठान रहेका छन् । प्रदेश नं ५ का छ जिल्लामा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयको तथ्याङ्कअनुसार...

  • २०७६ जेठ १४, मंगलबार

    दिउँसै हात्तीको बथान आएपछि गाउँ र विद्यालयमा त्रास

    झापाको अर्जुनधारा नगरपालिका–५ मा मानव वस्तीको बीचमा बच्चासहित जङ्गली हात्तीको बथान दिउँसै आएपछि त्रास फैलिएको छ । भारततिरबाट आएका छ वटा हात्ती आज बिहानदेखि सो वडास्थित ध्यानबहादुर भारतीको उखुबारीमा बसेका छन् । हात्ती बसेको उखुबारीको वरिपरि दुई दर्जन घर छन् भने डेढ सय विद्यार्थी अध्ययन गर्ने एउटा आधारभूत विद्यालय छेउमै छ । हात्ती दिउँसो बास बस्ने र राति आहारका लागि सक्रिय हुने गर्दछ । हात्तीबाट...

  • २०७६ जेठ १४, मंगलबार

    महिला बेचबिखनमा तीन जना पक्राउ

    जिल्ला प्रहरी कार्यालय मकवानपुरले मानव बेचबिखन तथा ओसार–पसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलबाट प्रहरी टोली, माइती नेपाल र साना हातहरु नेपालको सहयोगमा एक युवतीसहित दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा नुवाकोट कल्याणपुर गाउँपालिका–९ घर भई हाल भारतको कलकत्ता बस्ने २४ वर्षीया कविता भन्ने मनिका तामाङ,...

  • २०७६ जेठ १३, सोमबार

    विप्लवका कार्यकर्ताद्वारा बसमा आगजनी

    नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् ।  गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् ।   जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको...

  • २०७६ जेठ १३, सोमबार

    दुईवटा ट्रकमा आगजनी

    नेत्र विक्रम चन्द समुहले आज आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ । मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ ।   मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय गरिसकेको छ । आज यहाँ बिहान करीब १ बजे मिनिट्रकमा आगजनी भएको छ ।   हेटौँडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख...

Pages