अपराध-दुर्घटना
-
२०८० पौष १०, मंगलबार
महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट, श्रीमानसहित ७ जना पक्राउ
सिन्धुली- सिन्धुलीमा एक महिलालाई कुटपिट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महिलाका श्रीमान् सन्तोष थापालगायत छन् । पक्राउ पर्नेमा राजनीतिमा सक्रिय व्यक्तिसमेत हुन् । प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन । कमलामाई नगरपालिका– ४ की शारदा थापालाई पोलमा बाँधेर निर्घात कुटपिट गरेको अभियोगमा उनका श्रीमानसहित ७ जना पक्राउ परेका सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले...
-
२०८० पौष ९, सोमबार
सासु–बुहारीको बाघको आक्रमणबाट मृत्यु
काडमाडौं- बाघको आक्रमणबाट पूर्वी नवलपरासीमा दुई महिलाको मृत्यु भएको छ । विनयीत्रिवेणी गाउँपालिका–१ मा सासु–बुहारीको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका गएका ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु पौडेल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी बेदबहादुर पौडेलका अनुसार आइतबार दिउँसो दुई जना महिला जंगलमा घाँस...
-
२०८० पौष ८, आइतबार
झापाको शरणार्थी शिविरमा आगलागी
काठमाडौं- झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी हुँदा तीन वटा छाप्राहरू जलेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ३ बजे दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर सी ४, छाप्रा नं. ५३५ बस्ने भीमबहादुर घिमिरेको बाँसको घरमा अचानक विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो । घिमिरेसहित अन्य ३ वटा घर तथा भित्र रहेको लत्ताकपडा, भाडा, अन्नपातसमेत पूर्ण...
-
२०८० पौष ८, आइतबार
भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला
काठमाडौँ - भक्तपुरमा नेपाल प्रहरीका एक जना सई मृत फेला परेका छन् । भक्तपुरको सिपाडोलस्थित घरमा प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण उपाध्याय मृत फेला परेका हुन् । भक्तपुरका एसपी वेद विष्टले प्रहरी प्रधान कार्यालयमा कार्यरत ४४ वर्षीय सई उपाध्याय आफ्नै घरको तेस्रो तलामा कोठा भित्र मृत अवस्थामा भेटिएको जानकारी दिए । घटनाको जानकारी लगत्तै तत्काल प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी...
-
२०८० मङ्सिर २८, बिहिबार
थमन विक हत्याकाण्डः लोसपा नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैद
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सांसद अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका छन्। यो सजाय पाउनेमा सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय छन्। अभिराम शर्मा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता हुन् । यसअघि उनी साधारण तारेखमा रिहा भएका थिए । जन्मकैदको सजाय पाउने रामशंकर...
-
२०८० मङ्सिर २८, बिहिबार
१४ किलो सुन प्रकरणमा ५ जना पक्राउ
काठमाडौँ -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । सो दिन फ्लाई दुबईको उडान नं ‘एफजेड ५७३’ बाट आएका गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो । अनुसन्धानका क्रममा आज प्रहरीले विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डेलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको...
-
२०८० मङ्सिर २२, शुक्रबार
नागढुङ्गाबाट दुई किलो सुनसहित तीन पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आज काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरु तामाङ, २८ वर्षीय ग्याल्सेङ तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो ।उहाँका अनुसार पिकअप स्कार्पियोको गियर बक्समा...
-
२०८० मङ्सिर २०, बुधबार
कवाडी गोदाममा आगलागी, २ कामदारको मृत्यु
काठमाडौं- विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा ५ जना घाइते भएका थिए । जसमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो २:१५ बजेतिर कवाडी गोदाममा आगलागी सुरु भएको थियो । आगलागीमा परेर घाइते भएका एक जनाको उपचारका क्रममा विराटनगर न्युरो...
-
२०८० मङ्सिर २०, बुधबार
नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले गर्यो सार्वजनिक
काठमाडौं - नेपाली युवकलाई रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। उनीहरूमध्ये ११ जना मंसिर (१४ गते) र एक जना सोमबार (१८ गते) पक्राउ परेका थिए। उनीहरूलाई बुधबार काठमाडौँ प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो। मंसिर १३ गते दिपेन परियार, क्षितिज गिरी, शुभास लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता...
-
२०८० मङ्सिर २०, बुधबार
श्रीमान हत्याको आशङ्कामा श्रीमती पक्राउ
उदयपुर, त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमान्को हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको कसुरमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीमान्को हत्या कसुरमा पक्राउ पर्ने दमौटीकी ४० वर्षीया निरकुमारी राई रहेको प्रहरीले जनाएको छ । निरकुमारीले श्रीमान् ६० वर्षीय श्याम राईको हत्या गरी नजिकै जङ्गलको झाडीमा शवलाई स्याउलाले छोपेर राखेको अवस्थामा मङ्गलबार...
-
२०८० मङ्सिर २०, बुधबार
न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु
काठमाडौँ, २० मङ्सिर : राजधानीको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ । उक्त सुन अहिले जोख्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बरामद सुनमध्ये केही बिस्कुट आकारमा र केही...
-
२०८० मङ्सिर १९, मंगलबार
सोती घटनामा संलग्न २३ जनालाई जन्मकैदको सजाय
काठमाडौं - चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २३ जनालाई जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको छ । साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको हो । आइतबारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु...


