STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०८० पौष २८, शनिबार

    दाङमा यात्रुबस दुर्घटना, ज्यान गुमाउनेको संख्या १२ पुग्यो

    दाङको भालुवाङमा एक यात्रुबस राप्ती नदीमा खस्दा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार शनिबार बिहान पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो। तर मृतकहरूको पहिचान खुल्न सकेको छैन। सबै शवलाई लमही अस्पताल पठाइएको छ । दुर्घटनामा घाइते २३ जनालाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको छ। नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रु बस शुक्रबार...

  • २०८० पौष २५, बुधबार

    पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैदको फैसला

    विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैदको फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बुधबार शाहसहित यो मुद्दामा दोषी ठहर भएकाहरुको सजाय निर्धारण गरेको हो। शाहबाट १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो भराउन र बिगो बराबर जरिवाना अशुलउपर गर्न पनि अदालतले आदेश दिएको छ। सिन्धुलीको...

  • २०८० पौष २४, मंगलबार

    पक्राउ परे ‘तपस्वी’ बम्जन

    काठमाडौं- लामो समयदेखि नेपाल प्रहरीको खोजीमा थिए लिटल बुद्ध उपनामले चिनिने रामबहादुर बम्जन । उनै बम्जन मंगलबार साँझ काठमाडौंबाट पक्राउ परे ।  काठमाडौं बुढानीलकण्ठ वडा नं.७ मा परिवारसँग बसिरहेको अवस्थामा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । बम्जनका श्रीमती र छोराछोरी बुढानिलकण्ठमा बस्दै आएका थिए । परिवारलाई भेट्न आउँदा उनको हातमा प्रहरीले हतकडी लगाएको हो । ...

  • २०८० पौष २२, आइतबार

    केकभित्र गाँजा राखेर अनलाइनमार्फत बेच्ने एकजना पक्राउ

    काठमाडौं- केकभित्र गाँजा राखेर बिक्री वितरण गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको घट्टेकुलोबाट बिसन मानन्धरलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार मानन्धरले गाजा राखेर केकहरू अनलाइनमार्फत प्रयोगकर्तासम्म पुर्‍याउने गरेका थिए ।  इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत उनले केक बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनको साथबाट...

  • २०८० पौष १९, बिहिबार

    हतकडीसहित फरार भएका थुनुवा पक्राउ

    काठमाडौं— जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले भक्तपुरको दुवाकोटबाट पक्राउ गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई बिहीबार बिहान दुवाकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो । सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को...

  • २०८० पौष १९, बिहिबार

    जिल्ला अदालतबाट हतकडीसहित फरार थुनुवा पक्राउ

      काठमाडौँ, १९ पुस : नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौँ परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित...

  • २०८० पौष १८, बुधबार

    अदालतबाट हतकडीसहित थुनुवा फरार

    काठमाडौं - जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित थुुनुवा फरार भएका छन्। बुधबार दिउँसो १ बजेतिर म्याद थपका लागि लगिएका सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएका हुन्। डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा उनीसहित पक्राउ परेका थिए। तर अदालतमा म्याद थपका लागि लैजाँदा उनी अदालतभित्रैबाट हतकडीसहित फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले बताए। उनलई महाराजगञ्ज बृत्तको टोलीले पक्राउ गरेर...

  • २०८० पौष १७, मंगलबार

    नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दम्पती पक्राउ

    काठमाडौं - प्रहरीले दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ परेको छ ।पक्राउ पर्नेमा स्याङ्जाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी छिन् । प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले भारत पु¥याएका ९ युवतीलाई ७ चैत २०७९ मा उद्दार गरेर नेपाल ल्याएको थियो । प्रहरीका अनुसार, भण्डारी दम्पतीले आकर्षक तलब सुविधाको प्रलोभन देखाएर नेपाली युवतीलाई...

  • २०८० पौष १३, शुक्रबार

    गोठाटारमा सोफा फ्याक्ट्रीमा आगलागी

    काठमाडौं- काठमाडौंको कागेश्वरी मनहरास्थित गोठाटारमा रहेको एउटा सोफा फ्याक्ट्रीमा आगलागी भएको छ । करिब दुई घण्टा अगाडिदेखि आगलागी सुरु भएको हो । अहिले आगो निभाउने प्रयास भइरहेको छ । क्षतिको विवरण आइसकेको छैन । 

  • २०८० पौष १३, शुक्रबार

    सन्दीप लामिछानेले बलात्कार गरेको ठहर, ७ देखि १० वर्ष सजाय हुनसक्ने

    बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। सन्दीपलाई कति वर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ। इजलासले उनलाई गौशाला २६ पीडितको आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर करणी गरेको ठहर गरेको छ।  त्यस्तै पीडित नाबालिग भनिएको दाबी...

  • २०८० पौष १२, बिहिबार

    ८ महिनापछि प्रतिवेदन : मानवीय त्रुटिका कारण यति एयरको विमान दुर्घटना

    काठमाडौँ - गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई...

  • २०८० पौष ११, बुधबार

    नेपाल बैंकका शाखा प्रबन्धकलाई ६ वर्ष जेल सजाय

    काठमाडौं - भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाको सजाय निर्धारण गरिएको छ । आज विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो र उति नै जरिवाना तोकेको हो । साथै उनलाई ६ वर्ष १ महिना कैद सजाय तोकिएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले...

Pages