अपराध-दुर्घटना
-
२०८० कार्तिक २४, शुक्रबार
मुगु सामूहिक हत्या घटना : दुई जना आरोपी सार्वजनिक
काठमाडौं - मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दु गाउँको सामूहिक हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका– ७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायाँनाथ रारा– ६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । उनीहरूलाई आज (शुक्रबार) दिउँसो जिल्ला...
-
२०८० कार्तिक १७, शुक्रबार
सप्तकोशीमा पानी जहाज दुर्घटना, १३ को उद्धार
धरान - सप्तकोशी नदीमा सशस्त्र प्रहरीको पानी जहाज दुर्घटना भएको छ। एक दर्जनभन्दा बढी चढेको पानी जहाज शुक्रबार सुनसरीको चतराघाटस्थित सप्तकोसी नदीमा दुर्घटना भएको हो। उदयपुरतर्फ जाने क्रममा पानी जहाज दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर विराटनगरका पत्रकार कुमोद अधिकारी घाइते भएका छन्। १३ जनाको उद्धार गरिएको छ। सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उद्धार गरिरहेको छ। घाइतेलाई बीपी कोइराला...
-
२०८० कार्तिक १७, शुक्रबार
तारा एयरका दुई क्याप्टेनबीच कुटाकुट
रामेछाप - रामेछाप विमानस्थलमा दुई पाइलटबीच हात हालाहाल भएको छ । आज बिहान काठमाडौँ कोटेश्वर निवासी तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाहलाई सोही एयरका क्याप्टेन सञ्जीव श्रेष्ठले थप्पड हानी धकेलेका थिए । क्याप्टेन शाहले आफू बिहान ८ः३० बजे लुक्लाबाट रामेछापको मन्थली विमानस्थलमा आएको विमानबाट ओर्लिएको र क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै हात मिलाउने क्रममा...
-
२०८० कार्तिक १४, मंगलबार
ठगी पुष्टिपछि सशस्त्र प्रहरीको पेट्रोल पम्पलाई एक लाख जरिवाना
काठमाडौं- कम परिमाणमा डिजेल बिक्री गरेर नापतौलमा ठगी गरेको भन्दै काठमाडौंको स्वयम्भूमा सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पलाई जरीवाना तिराइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौं कार्यालयले स्वयम्भुस्थित हलचोक फ्यूल सेन्टरलाई एक लाख रुपैयाँ जरिवानाको निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालयको विशेष सक्रियतामा कात्तिक १ मा भएको छड्के अनुगमन क्रममा उक्त पम्पको एउटा नोजलबाट बिक्री...
-
२०८० कार्तिक १४, मंगलबार
प्रिन्सिपल हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुग्यो
काठमाडौं— बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकार (गुड्डु) को हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ । बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए । पक्राउ पर्नेमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिका समेत रहेको प्रहरीले...
-
२०८० कार्तिक १३, सोमबार
लालुपाते बहुउद्देश्यीय सहकारीका उपाध्यक्षसहित पाँचजना पक्राउ
खोटाङ, बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित आठ जनामध्ये तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई,...
-
२०८० कार्तिक १३, सोमबार
प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार
दाङ, चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति आज फरार भएका छन् । फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार भएको प्रहरी उपरीक्षक केसीले जानकारी...
-
२०८० कार्तिक १३, सोमबार
मसानघाट पनि अतिक्रमणमा
ढोरपाटन , एकदशक अगाडिसम्म निसीखोलाका किनार सुनसान थिए । ढुङ्गा र बालुवाका थुप्रोमा बकुल्ला डुल्थे । मान्छेको मृत्युपछि दाहसंस्कार गर्ने विभिन्न जातजातिको आआफ्नै घाट हुन्थ्यो । अचेल ती घाटमाथि संरचना बन्न थालेका छन् । कतिले त घाटलाई अतिक्रमण गरी खेतमा परिणत गरेका छन् । पातीहाल्ने, तिलाचन, घुमदेखि बग्दै आएको निसीखोला भुजीखोला र तमानखोलासँग मिसिएर बडिगाड बनेको छ । बुर्तिबाङ बजारदेखि केही तल...
-
२०८० आश्विन २९, सोमबार
अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा
काठमाडौँ - जिल्ला प्रहरी परिसर काठमाडौँले पठाओ र इनड्रइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ । काठमाडौँका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा विगतका केही आपाराधिक...
-
२०८० आश्विन २३, मंगलबार
अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु
जाजरकोट, २३ असोज स् कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् । टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिनुभएको जानकारी अनुसार घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार मृत्यु भएको थियो भने...
-
२०८० आश्विन १९, शुक्रबार
सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश
काठमाडौं- जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुमध्ये १ जना बाहेक सबैलाई थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रूक्मिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दिपक दाहालले जानकारी दिए । सुन तस्करीमा संलग्न रहेको अरोमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को रायका आधारमा जिल्ला सरकारी...
-
२०८० आश्विन १९, शुक्रबार
अनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने पक्राउ
काठमाडौँ, अनलाइन बेटिङबाट रु २४ करोड बराबरको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निजलाई पक्राउ गरेको हो ।पक्राउपर्नेमा झापा दमक नगरपालिका–१२ घर भएका ३० वर्षीय पिन्टुकुमार साह रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँ मीनभवनका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।उहाँका अनुसार...


