STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७५ फाल्गुण ५, आइतबार

    चट्याङ लागेर एकको मृत्यु १० घाइते

    शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा सिफारिश गरिएको छ । पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा...

  • २०७५ फाल्गुण ५, आइतबार

    सात सय वर्ष पुराना शालिग्राम चोरी

    पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलको रूपमा चिनिएको मोदीवेणीधामबाट शनिबार राति शालिग्राम चोरी भएका छन् । मोदीवेणीधामस्थित नृसिंह मन्दिरमा रहेका झण्डै ५० शालिग्राममध्ये ४७ वटा चोरी भएको नृसिंह मन्दिर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीले जानकारी दिनुभयो । मन्दिरमा रहेको मुख्य शालिग्रामसहित अरु साना शालिग्राम पनि चोरी भएका हुन् । अज्ञात समूहले मन्दिरको ढोका फुटाएर...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    चट्याङ लागेर आमाछोरा घाइते

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन् । घाइते दुबै जनाको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको छ । दुबै जनाको अवस्था सामान्य रहेको छ । घरमै रहेका बेला दुबै जनालाई चट्याङ लागेको हो । सोही ठाउँका...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    प्रहरीविरुद्ध बलात्कारको जाहेरी

    रातिका समयमा आफू प्रहरी भएको भन्दै घरको ढोका खोल्न लगाएर मुख थुनेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् । दाङका एक प्रहरीले महिलालाई बलात्कार गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय फूलबारी दाङमा कार्यरत प्रहरी हबल्दारले गए राति स्थानीय महिलालाई बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । बलात्कार गरेको अभियोग लागेका हबल्दारलाई इलाका प्रहरी कार्यालय...

  • २०७५ फाल्गुण २, बिहिबार

    जन्ती बस दुर्घटनामा ५ घाइते

    नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ थापागाउँमा बिहेको जन्ती बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जन्ती बोकेर काठमाडौँबाट समुद्रटारतर्फ जाँदै गरेको बा२ख २३८६ नंको बस दुर्घटना भएको नुवाकोट प्रहरी प्रमुख कृष्ण पल्ली मगरले बताउनुभयो । घाइतेलाई उपचारका लागि काठमाडौँ पठाउँदै गरिएको बताइएको छ । चालक फरार रहेको र घटनाको विवरण आउन बाँकी रहेको मगरले बताउनुभयो ।

  • २०७५ फाल्गुण १, बुधबार

    सुनका गरगहना चोरी गर्ने पक्राउ

    महानगरीय प्रहरी बूढानीलकण्ठले सुनका गरगहना चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले बूढानीलकण्ठ नगरपालिका–६ स्थित रेखा तिवारीको घरबाट गरगहना चोरी गर्ने बाराका रुपेश यादवलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले तिवारीको घरमा रङरोहन गर्न आएको बेला चोरी गरेको अनुसन्धानमा खुलेको बताउनुभयो । तिवारीसँग प्रहरीले एक तोला सुनको...

  • २०७५ कार्तिक १५, बिहिबार

    युवतीको शव फेला

    सिराहा नगरपालिका–६ बसबिटास्थित कमला खोलाको किनारमा हिजो साँझ एक युवतीको शव फेला परेको छ ।सनाखत हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव उक्त खोलाको किनारसँगैको खेतमा फेला परेको हो । युवतीको शव परीक्षणका लागि सिराहा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।रातो कुर्ता, कालो सुरुवाल, कालो स्वेटर र आकाशे रङ्गको सल लगाएकी ती युवतीको शव...

  • २०७५ कार्तिक १४, बुधबार

    पटाका तथा बिजुलीका सामान बरामद

    लहान, प्रहरी टोलीले गए राति जिल्लाका विभिन्न स्थानबाट करीब रु एक लाख ५० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटका, फूलझरी, बुलेट बम, चक्कर हाइड्रो फोइल्स, रविन्स बुलेटलगायतका विष्फोटक पदार्थ बरामद गरेको हो । बरामद गरिएका पटाका आज नष्ट पारिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता...

  • २०७५ कार्तिक १३, मंगलबार

    बलात्कार अभियोगमा तीन पक्राउ

    भक्तपुरमा १३ वर्षीयालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले आज दुई वृद्धलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिषर भक्तपुरले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको छ । पीडित बालिकालार्ई यही कात्तिक ३ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले यही कात्तिक ११ गते उजूरी दिएपछि प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको प्रहरी उपरीक्षक...

  • २०७४ फाल्गुण २४, बिहिबार

    क्रियापुत्री बसेको घर आगलागीले सखाप

    ताप्लेजुङ, ताप्लेजुङको फुङलिङ नगरपालिका–७, ऐश्वर्यचोकमा आज बिहान आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय दिवाकर भट्टराईको घरमा आगलागी भएको हो । आगलागीका कारण झण्डै रु आठ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । बेलुकी करिब ११ बजे खाना खाएर सुतेको र बिहान ३ बजे अचानक आगलागी भएको आगलागी पीडित उदय भट्टराईले बताउनुभयो । आगलागीले मानवीय...

  • २०७४ फाल्गुण १५, मंगलबार

    गुल्मीमा भेटियो नक्कली नोट

    गुल्मी, गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ । सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा उक्त एक थान रु ५०० को नक्कली नोट फेला परेको बैंकका प्रबन्धक योगेन्द्र रायमाझीले बताउनुभयो । फेला परेको ९४६७९६ नम्बरको उक्त नोटमा सुरक्षा तारमा उपभोक्तालाई झुक्याउन...

  • २०७४ फाल्गुण १५, मंगलबार

    आगलागीबाट करिब रु ५० लाखको क्षति

    काठमाडौँ, पुतलीसडकस्थित शेयर मार्केट भवनको नेपाल इन्टर्नेशनल एजुकेशन कन्सल्ट्यान्सी (एनआइइसी) ट्रेनिङ सेन्टरमा सोमबार भएको आगलागीबाट करिब रु ५० लाखको क्षति भएको छ । महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ग्यास लिक भई शेयर मार्केट भवनको चौथो र पाँचातलामा रहेको भान्साका सामग्री, फर्निचर, कम्प्युटरलगायत वस्तु नष्ट भएको जानकारी दिनुभयो । उक्त घटनामा मानवीय क्षति भने...

Pages