अपराध-दुर्घटना
-
२०७५ फाल्गुण २२, बुधबार
छतबाट खसेर पुजारीको मृत्यु
बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको गाउँपालिका कार्यालयको छतबाट खसेर मृत्यु भएको छ । पुजारी तिमल्सिनाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा मङ्गलबार राति बाटोमै मृत्यु भएको प्रहरी चौकी ढुङ्खर्कका प्रहरी सहायक निरीक्षक कृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरसँगै रहेको गाउँपालिका कार्यालयको माथिल्लो तलामा पुजारी...
-
२०७५ फाल्गुण २२, बुधबार
हतियारसहित चार पक्राउ
पाँच थान हतियारसहित चार जना पक्राउमा परेका छन् । रुपा गाउँपालिका–७ तालबेशी र तिलखोरियाबाट ५५ वर्षीय नारायणबहादुर गुरुङ, ४८ वर्षीय दिलबहादुर गुरुङ, ४५ वर्षीय सुरेश गुरुङ र ५४ वर्षीय मनबहादुर थापा मगरलाई पाँच थान हतियारसहित सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । उनीहरुको साथबाट भरुवा बन्दुक तीन, बोर राइफल लेन्ससहित एक र बोर राइफल (सर्ट गन) एक गरी पाँच थान हतियार बरामद...
-
२०७५ फाल्गुण २१, मंगलबार
बाहिनी भगतपुर ब्यारेकभित्रै जवानद्वारा आत्महत्या
कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताउनुभयो । “आत्महत्या गर्न प्रयोग गरिएको...
-
२०७५ फाल्गुण २१, मंगलबार
आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते
तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो । कार्कीको बिहान ६.१५ बजे काठले बनेको दुईतले घरमा आगलागी हँुदा छोरी सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिनुभयो । आमा राममायालाई स्थानीय स्वास्थ्यचौकीमा उपचार...
-
२०७५ फाल्गुण २०, सोमबार
कौशल्टारमा भीषण आगलागी, रु छ करोडको क्षति
मध्यपुरथिमि नगरपालिका कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा रहेका स्वदेशी...
-
२०७५ फाल्गुण २०, सोमबार
एक सय २० महिला हिंसाका घटना
महिला पुनःस्थापना केन्द्र (ओरेक)ले गत माघ महीनामा १२० महिलामाथि हिंसा भएको घटना सार्वजनिक गरेको छ । ओरेकको कार्यालयमा अभिलेखीकरण भएका र सञ्चारमाध्यममा प्रकाशित तथ्याङ्कका आधारमा सो विवरण सार्वजनिक गरेको हो । महिला हिंसाका घटनामध्ये ३५ शारीरिक हिंसा, २८ बलात्कार, १७ मानसिक हिंसा, ११ स्रोत सुविधाबाट वञ्चितीकरण, नौ हत्या, छ यौन दुव्र्यवहार, छ हत्या र बलात्कारको प्रयास तथा अन्य आठ विभिन्न हिंसा...
-
२०७५ फाल्गुण १९, आइतबार
सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्यो
पोखरा सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खसेको छ । अहिले उद्दारका लागि अहिले प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी छ ।
-
२०७५ फाल्गुण १९, आइतबार
बलात्कार आरोपमा एक पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा गोलबजार नगरपालिका–९ डण्डाटोलका ३८ वर्षीय पोल्टु महरालाई पक्राउ गरेको छ । छिमेकी १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले महरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । गत शुक्रबार बेलुका...
-
२०७५ फाल्गुण १९, आइतबार
श्रीमतीलाई गोली प्रहार गर्ने पक्राउ
बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दर्लिङ–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो । तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा श्रीमती बालकुमारीलाई घर्तीले गोली हानी घाइते बनाएका थिए । घटनापछि लुकेका घर्तीलाई उनकै घरबाट पक्राउ गरिएको भीमगिठे प्रहरी...
-
२०७५ फाल्गुण १७, शुक्रबार
सात महीनामा १५जबर्जस्ती करणीको उजुरी
चालू आर्थिक वर्ष २०७५/७६ को माघ मसान्तसम्ममा स्याङ्जा जिल्लामा १५ जबर्जस्ती करणीका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न समयमा बालिका तथा किशोरीलाई जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगमा संलग्न रहेकाप्रति प्रहरीमा उजुरी परेपश्चात प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको छ । बलात्कृत हुने उमेर...
-
२०७५ फाल्गुण १६, बिहिबार
चार विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने प्रधानाध्यापकलाई पाँच वर्ष कै
–लक्ष्मीप्रसाद सापकोटा आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई सो सजाय तोकेको हो । विगत एक वर्षदेखि सात वर्षीया दुई बालिका, १० वर्षीया एक...
-
२०७५ फाल्गुण १५, बुधबार
एम्बुलेन्स दुर्घटना, एम्बुलेन्ससdf ;वार बिरामीको मृत्यु, दुई घाइते
चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मङ्गलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग२च ४६०० नंको एम्बुलेन्स शहीदचोकमा घुमाउँदै गरेको ना१ज ७७७३ नंको म्याजिकमा ठक्कर खाँदा दुर्घटना भएको हो । ठक्करबाट एम्बुलेन्समा सवार बिरामी गोरखा पालुङटार नगरपालिका–१ का ५५ वर्षीय सन्तमान श्रेष्ठको...


