अपराध-दुर्घटना
-
२०७५ चैत्र ४, सोमबार
सम्बन्धविच्छेदका घटना बढ्दै
नयाँ मुलुकी संहिता जारी भएसँगै दैलेख जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेका ५२ मुद्दा र चालू आवको आठ महीनामा दर्ता भएका गरी २८५ मुद्दा छिन्न बाँकी भएको उक्त अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षका जिम्मेवारी सरेका ५२ र यस वर्ष १७३ गरी २२५ मुद्दा पुग्नसक्ने अपेक्षा थियो तर चालू आवको आठ महीनामा मात्रै २२९ मुद्दा...
-
२०७५ चैत्र ४, सोमबार
जीर्ण भवनमा कैदीबन्दी
बाँके जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भए पनि जिल्लामै निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र परेको छ । कारागार व्यवस्था विभागले बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा बनाउन लागेको कारागारको १५ प्रतिशत काम मात्रै सकिएको छ । दश बिघा क्षेत्रफलमा निर्माण शुरु गरिएको कारागार अलपत्र परेको छ । निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनले लिएको थियो । निर्माणाधीन कारागार तीन...
-
२०७५ चैत्र ३, आइतबार
आगलागी हुँदा छ घर जलेर नष्ट
पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ । मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा, धनप्रसाद पालुङवाको घर जलेका हुन् । आगलागी भएका घरमध्ये...
-
२०७५ चैत्र ३, आइतबार
उदयपुरको चुरे वनक्षेत्रमा व्यापक आगलागी
उदयपुर जिल्लाकोत्रियुगा नगरपालिकासहित पूर्वीक्षेत्रको चुरे जङगलको विभिन्न सामुदायिक वन क्षेत्रमा केही दिन यता आएर व्यापक आगलागी शुरु भएको छ । नगरपालिकाको त्रिवेणी सामुदायिक वन र मोथ्याई सामुदायिक वनक्षेत्रमा व्यापक आगलागी बढ्दै गएपछि अहिले जिल्ला वन कार्यालयको नेतृत्वमा स्थानीय सामुदायिक वनसहितका टोलीले आगलागी नियन्त्रण कार्य शुरु गरेको छ । सनुवा सामुदायिक वनको मोथ्याई चुरे क्षेत्रमा तीन दिनदेखि...
-
२०७५ फाल्गुण ३०, बिहिबार
मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
नेपालगञ्ज क्षेत्रमा मोटरसाइकल चोरीकार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ सेतुविक चोक बस्ने इरसाद हुसेन हलवाइले रोकिराखेको रोयल इनफिल्ड मोटरसाइकल चोरी गर्दैगर्दा महेन्द्रप्रसाद न्यौपाने पक्राउ परेपछि गिरोह सार्वजनिक भएको हो । दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का न्यौपानेमाथि सोधपुछ गर्दा दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का विमलप्रसाद न्यौपाने र...
-
२०७५ फाल्गुण ३०, बिहिबार
विद्यालयमा बालबालिकालाई शारीरिक तथा मानसिक सजाय
विद्यालय तथा उच्च माध्यमिक विद्यालयमा बालबालिकालाई विभिन्न खाले शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ । साथीसँग झगडा गरेको, गृहकार्य नगरेको, विद्यालय ढिलो आएको आदि घटनाको निहुँमा विद्यालय प्रधानाध्यापकबाट शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिका अनुसार पछिल्लो चार महीनामा विभिन्न सञ्चारमाध्यममा चार वटा शारीरिक सजायका घटना सार्वजनिक भएका छन् । यी सजायका...
-
२०७५ फाल्गुण ३०, बिहिबार
बलात्कारीलाई आजीवन कारावास
केही महीनायता प्रदेश नं २ मा बलात्कारको घटना बढ्न थालेकाले बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने माग हुन थालेको छ ।प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र भmाले रासससँगको कुराकानीमा फौजदारी संहितामा बलात्कारीलाई आजीवन कारावासको व्यवस्था भएकाले यसलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारले प्रयास गरिरहेको छ भन्नुभयो । उक्त कानूनलाई कार्यान्वयनमा ल्याउन प्रहरी र सरकारी वकिलको कार्यालयलाई निर्देशन...
-
२०७५ फाल्गुण २८, मंगलबार
साँढे काटेको अभियोगमा मुद्दा
महोत्तरी जिल्लामा पहिलो पटक साँढेलाई धारिलो हतियार प्रयोग गरी काटेको अभियोगमा प्रहरीले एक जनामाथि मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बस्ने इन्दल महरा चमारले धारिलो हतियार प्रयोग गरी साँढेको तीन खुट्टा काटेर घाइते बनाएको अभियोगमा उनलाई प्रहरीले प्रक्राउ गरी उनीमाथि अङ्गभङ्ग मुद्दा चलाइएको हो...
-
२०७५ फाल्गुण २८, मंगलबार
आठ लाखको धनमाल चोरी
राजधानीका दुई छुट्टाछुट्टै स्थानमा आज आठ लाखभन्दा बढीको धनमाल चोरी भएको छ । काठमाडौँ महानगरपालिका–२६ कपुरधारामा डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का अमृतकुमार श्रेष्ठको कोठाबाट नगद रु एक लाख ५० हजारसहित सुनका गरगहना गरी रु दुई लाख ४० हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । यसैगरी काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित मकवानपुर बज्रबराहीका २४ वर्षीय प्रयास बलामीको निकुञ्ज...
-
२०७५ फाल्गुण २७, सोमबार
युवाको हत्या
रुपन्देहीको देवदह नगरपालिकामा एक युवाको हत्या भएको छ । मोटरसाइकलमा सवार देवदह–५ का २० वर्षीय अनिश पुरीलाई अज्ञात समूहले गए राति आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । स्थानीय खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनीमाथि रड र ढुङ्गा प्रहार भएको तथा उपचारका लागि देवदह मेडिकल कलेज लगेपछि मृत घोषणा गरिएको थियो । सो घटनामा संलग्न भएको...
-
२०७५ फाल्गुण २७, सोमबार
मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र सुन चाँदीसहित भारतीय पक्राउ
मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाइ नेपालबाट भारततर्फ लगिरहेका अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउपर्नेमा भारत विहार मधुवनी जिल्ला बासोपट्टी–४ का सुरेन्द्र महतो सुडीका ३७ वर्षीय छोरा कृष्णकुमार महतो सुडी र सोही ठाउँका...
-
२०७५ फाल्गुण २७, सोमबार
३६० केजी चरेससहित तीन भारतीय पक्राउ
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट जाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । काठमाडाँैबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीस्थित प्रहरी जाँच गर्दा एसआर५५एम ९४८४ नंको भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताउनुभयो । भारतीय ट्रकलाई...


