STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ आषाढ ६, शनिबार

    राष्ट्रिय अभिलेखालय स्थानान्तरण नहुने

    पूर्णप्रसाद मिश्र प्राचीन अभिलेख, महत्वपूर्ण ग्रन्थ तथा दस्तावेज संरक्षण गरी राखिएको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयलाई सरकारले अन्यत्र स्थानान्तरण गर्न यसअघि गरेको निर्णय फिर्ता लिएको छ । मन्त्रिपरिषद्को गत असार २ गतेको बैठकले अभिलेखालय भवन सार्ने निर्णय पुनर्विचार गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । ऐतिहासिक र राजनीतिक...

  • २०७७ आषाढ ५, शुक्रबार

    अब वडामा शुल्क तिरी दर्ता गरेपछि मात्र कुकुर पाल्न पाउने

    काठमाडाै‌ैं महानगरपालिकाले ल्याउन लागेकाे नयाँ नियम अनुसार अब घरपालुवा कुकुरलाई वडा कार्यालयम अनिवार्य दर्ता गराउनुपर्नेछ । वडामा शुल्क तिरेर कुकुर दर्ता गरेपछि मात्र कुकुर पाल्न अनुमति पाउनुहुनेछ । महानगरबासीले मनपरी रुपमा कुकुर पाल्ने, जथाभावी दिसापिसाब गराउने र रोगी र बूढो भएपछि बाटोमा छाडिदिने बानीको अन्त्य गर्न अनिवार्य रुपमा कुकुर दर्ता गराउने नीति अघि सारेको हो कामपाले हिजो बिहीबार...

  • २०७७ आषाढ ४, बिहिबार

    भक्तपुरमा ६५ प्रतिशत रोपाइँ सकियो

    कोरोना जोखिमका बीच यहाँ किसानलाई रोपाइँको चटारो परेको छ । हरेक वर्ष असारको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको अन्तिम चरणमा पुग्ने भएको छ । यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच गत जेठ १५ देखि नै शुरु भएको रोपाइँ अन्तिम चरणमा पुगेको छ । विगतका वर्षझैँ रोपाइँ ढिलो हुने सोचले ढिलो बीउ राखेका किसानले खेतमा पानी भरिएपछि...

  • २०७७ आषाढ ४, बिहिबार

    महानगरपालिकाले नीति तथा कार्यक्रममा कोरोना विरुद्ध लड्ने संकल्प

    विजयरत्न असंबरे - काठमाडौँ महानगरपालिकाले आज सातौं नगर सभामा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आर्थिक वर्ष ७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । २ सय ५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी...

  • २०७७ आषाढ ४, बिहिबार

    ललितपु्र टीकाथलीका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

    ललितपुर, ४ असार - चितवन जिल्ला रत्ननगर घर भई हाल महालक्ष्मी नगरपालिका –५ टीकाथली बस्ने ५० वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । केही दिनअघि उनको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले ती व्यक्तिको पाँच महिनाअघि भक्तपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको र कोखा दुख्ने समस्या रहेको...

  • २०७७ आषाढ ४, बिहिबार

    कामपा १५ वडास्थित बिष्णुमति क्रसिङ्ग ब्रिजको शिलान्यास सम्पन्न

    काठमाडाै‌ं - काठमाडाै‌ं क्षेत्र न‌ं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौ महानगरपालिका वडा नं-१५ स्थित झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रिजको प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठबाट शिलान्यास भएकाे छ । बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रिज स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम आ.व २०७६/७७ बाट बिनियोजित रकम रु.५१,५२,३९४.२७/- र उपभोक्ता मार्फत रु.२,५७,६१९...

  • २०७७ आषाढ ४, बिहिबार

    टोखाका ११ वटै वडामा चीनबाट ल्याएको स्वास्थ्य सामग्री वितरण

    काठमाडाैं - टोखा नगरपालिकाले चीनको नाग्छु नगरपालिकाबाट ल्याएको स्वास्थ्य सामग्री सबै वडामा वितरण गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनको नाग्छु नगरपालिकाले जेठ १५ गते टोखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । टोखाका नगरप्रमुख प्रकाश अधिकारीले चीनबाट सहयोगस्वरुप ल्याएको स्वास्थ्य सामग्री टोखाका ११ वटै वडामा वितरण गरिसकिएको जानकारी दिनुभयो । चीनको...

  • २०७७ आषाढ ४, बिहिबार

    भक्तपुरमा प्रहरीसहित तीनजनामा कोरोना पुष्टि

    काठमाडाैं - भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सञ्चार कक्ष सिल गरी यहाँ रहेका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन...

  • २०७७ आषाढ ३, बुधबार

    ‘मेलम्चीको पानी परीक्षणको काम असारमै हुने’

     काठमाडौँ, ३ असार - खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताउनुभएको छ ।  राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उहाँले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताउनुभयो । उहाँले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जानकारी गराउनुभयो । पानीको वितरण काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (...

  • २०७७ आषाढ २, मंगलबार

    गुथि विधयेकको उपलब्धि विषयक संवाद र भर्चुअल गोष्ठी हुँदै

    काठमाडौं – सरकारले ल्याएको गुथि विधयेक विरुद्ध आन्दोलन भएको असार ४ गते एक वर्ष पूरा हुँदैछ । आन्दोलनको सम्झना र एक वर्ष अवधिमा यसबाट प्राप्त उपलब्धि विषयक संवाद र भर्चुअल विचार गोष्ठी हुनेभएको छ । गुथि विधयेकविरुद्ध संयुक्त संघर्ष समितिले असार ४ गते दिउँसो ४ बजे भर्चुअल विचार गोष्ठीको आयोजना गर्ने भएको छ । सो विचार गोष्ठीमा नेवार अगुवा मल्ल के. सुन्दर तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गुथि...

  • २०७७ आषाढ २, मंगलबार

    नेवाः जागरण मञ्चले गरे नेवार क्षेत्रका विभिन्न व्यक्तिलाई सहयोग

    काठमाडौं – नेवाः जागरण मञ्चले लकडाउनको समय नेवार क्षेत्रमा विभिन्न व्यक्तिहरुलाई सहयोग गरेको छ । साथै, ज्येष्ठ नागरिकहरुको सेवा गर्दै आएको ‘आमा घर’लाई पनि सहयोग गरेको छ । मञ्चले दिएको जानकारीअनुसार लकडाउनको समय समस्यामा रहेका नेवार क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सहयोग गर्ने क्रममा दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने तथा नेवार आन्दोलनमा सक्रिय सहभागिता जनाउने बुंगमतीका पाँचजनालाई सहयोग गरेको छ...

  • २०७७ आषाढ २, मंगलबार

    भक्तपुरमा विद्यार्थीलाई निःशुल्क पुस्तक

    भक्तपुर, २ असार - भक्तपुरको मध्यपुर थिमि–४ स्थित बाल प्रेमी माध्यमिक विद्यालय, विष्णुवीरले विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण गरिएकाे छ । विद्यालयमा पठनपाठन सुरु नभए पनि अनलाइनबाट कक्षा सञ्चालन भएसँगै पुस्तक वितरण गरिएकाे हाे । तस्बिर : रत्न श्रेष्ठ/रासस

Pages