उपत्यका
-
२०७६ कार्तिक २५, सोमबार
रामपुरलाई आलु पकेट क्षेत्रका रुपमा विकास गरिने
आलु खेतीमा आत्मनिर्भर बनाउन रामपुरमा आलु पकेट क्षेत्र विकास कार्यक्रम शुरु गरिएको छ । रामपुरलाई आलु पकेट क्षेत्रका रुपमा चिनाउन रामपुर नगरपालिका–६ को कार्यालयले वडाका कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरी पकेट क्षेत्र विस्तार कार्यक्रम अगाडि बढाएको छ । वडाले गत वर्षदेखि नै आलु पकेट कार्यक्रम शुरु गरेको हो । यस वर्ष सबैजसो घरमा आलु लगाउन अभियान नै वडाले थालनी गरेको छ । कम्तीमा पनि एक कृषकले दुई...
-
२०७६ कार्तिक १९, मंगलबार
एकसय पन्ध्र परिवारका लागि एउटै धारा
त्रिपुरासुन्दरी नगरपालिका–२ रसी डोल्पाका जुनराज रोकायले खानेपानीको समस्या भएको गुनासो सुनाउन लागेको १५ वर्ष बित्यो । स्थानीय सिमखोलाको पानी खाइ रहनुभएका रोकाय अहिले त्यहाँ पानी सुक्न थालेपछि चिन्तित हुनुभएको छ । स्थानीय सरकारदेखि सबै नेतासँग पानीको गुहार माग्दासम्म पानीको लागि सुनुवाइ नभएपछि रोकायलाई सबैदेखि दिक्क लागिसकेको छ । सुक्खाडाँडामा रहेको तीन गाउँका करीब ११५ घरधुरी दैनिक खानेपानीको...
-
२०७६ कार्तिक १९, मंगलबार
परियार प्रदेश प्रमुख हुँदा बाँकेवासीमा खुशीयाली
बाँकेको कोहलपुर निवासी पुराना कम्युनिष्ट नेता तिलक परियार प्रदेश प्रमुखमा नियुक्त भएपछि बाँकेवासी खुशी भएका छन् । दुई पटक सांसद हुनुभएका परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त सोमबार नियुक्त गर्नुभएको हो । परियारको स्थायी बसोबास अहिले कोहलपुर नगरपालिका–१२ निबुवामा छ । दलित गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य एवं बाँकेका सामाजिक अगुवा डिलबहादुर...
-
२०७६ कार्तिक ४, सोमबार
तीन दिनदेखि विद्युत् अवरुद्ध
उत्तरी म्याग्दी तीन दिनदेखि अन्धकारमय भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेगखोला नजिकै कालीगण्डकी आसपासको क्षेत्रमा विद्युत् लाइन मर्मत नहुँदा सो क्षेत्रका बासिन्दा अन्धकारमा बस्न बाध्य छन् । विद्युत्को खम्बामा देखिएको समस्या समाधान गर्न कालीगण्डकी नदीमा पौडी खेलेर जानुपर्ने भएकाले मर्मतमा ढिलाइ भएको विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्राविधिक तीर्थनाथ शर्माले बताउनुभयो । “चाँडै विद्युत्...
-
२०७६ आश्विन १७, शुक्रबार
सुत्केरीलाई ‘रातो भाले’
बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने भएको छ । गाउँपालिकाले पाँचाँै गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने नीति लिएको छ । गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्ने, जाँच गर्दा पोषण झोलासमेत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । घरमा हुने सुत्केरीलाई स्वास्थ्य संस्थामा सुरक्षितरूपमा सुत्केरी गराउनका लागि प्रोत्साहित गर्न पोषण...
-
२०७६ आश्विन ८, बुधबार
बिमितलाई औषधि पाउनै मुस्किल
आठबिसकोट नगरपालिका–९ रुकुमपश्चिमकी ममता पुनले छोरी बिरामी भएपछि आठविसकोट राडीस्थित नगर अस्पतालमा उपचारका लागि लैजानुभयो । उहाँले त्यहाँ लगे पनि छोरी रेनुका पुनको उपचारमा सहज भएन । स्वास्थ्य बीमा गरेकी ममताका परिवारले नगर अस्पतालमा उपचार गर्न पुगे पनि औषधि भने निजी औषधि पसलबाट खरीद गर्न बाध्य भएको बताउनुभयो । बिमित भएका स्थानीय उपचारमा आए पनि सहजरूपमा औषधि नपाउँदा व्यक्तिगत रकम खर्च गरेर पसलबाट...
-
२०७६ आश्विन ६, सोमबार
रातोमाटोले भाउपाएपछि स्थानीय उत्साहित
दशैँ तिहारमा घरपोत गर्न सिगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि पाँचथरको फिदिम नगरपालिका–४ चारखम्बेका स्थानीय उत्साहित बनेका छन् । चाडपर्वको मुखमा रातो माटोले राम्रो भाउ पाएपछि त्यस ठाउँका स्थानीय उत्साहित बनेका हुन् । रातो माटो प्रतिबोरा रु ६० देखि ८० सम्म बिक्री हुने गरेको छ । यहाँको रातो माटो छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापामा निर्यात हुने गरेको छ । फिदिमको चारखम्बे...
-
२०७६ भाद्र २५, बुधबार
फाराम भरेको दुई वर्ष बित्दासमेत धारा पाइएन
दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले लामो समयदेखि खानेपानीको धारा वितरण गर्न सकेको छैन । लामो समयपछि गत वर्ष फागुनमा संस्थाले नयाँ धारा जडानका लागि आवेदन आह्वान ग¥यो । तुलसीपुर उपमहानगरपालिकाको निर्देशनपछि मात्रै खानेपानीले धारा जडानका लागि आवेदन ग¥यो । संस्थाले दुई हजार ५०० जनालाई नयाँ धारा जडानका लागि आवेदन खुला गरेको थियो । तर, त्यो भन्दा दुई वर्षअघि नै नयाँ धाराका लागि फाराम...
-
२०७६ भाद्र २४, मंगलबार
टोल सुरक्षामा गाउँलेको गस्ती
चाडपर्व नजिकिँदै गर्दा चोरीको बिगबिगी बढेको भन्दै झापाको दमक नगरपालिका–८ विकास मार्गका स्थानीयले टोल सुरक्षाका लागि रात्रि गस्ती शुरु गरेका छन् । विकास मार्ग टोल आसपासका बासिन्दाको सक्रियतामा गाउँलेले महीनादिन यता दिनहुँ रात्रि गस्ती गर्न थालेका हुन् । चाडपर्व भित्रन लागेपछि टोलमा चोरको बिगबिगी बढेकाले त्यसलाई नियन्त्रण गर्न गाउँलेकै सक्रियतामा रातभरि गस्ती थालिएको स्थानीय खगेन्द्र बजगार्इंले...
-
२०७६ भाद्र १७, मंगलबार
वस्ती र पुलनजिकैको नदीमा गोही छाडेकामा विरोध
जिल्ला वन डिभिजन कार्यालय बाँकेले अन्यत्रबाट गोही ल्याएर राप्ती नदीमा छाडेपछि स्थानीयवासीले विरोध जनाएका छन् । राप्ती क्षेत्रमा बस्ती नजिकै नदीको पुलमुनि गोही छाडेपछि स्थानीय र पशु चौपायालाई जोखिम बढेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका हुन् । राप्ती पुल छेउमा मन्दिर पनि रहेकाले त्यहाँ दैनिक मानिस नुहाउने, पूजापाठ गर्ने, पशुचौपाया तर्ने भएकाले सो स्थानमा गोही छाडेपछि विरोध शुरु भएको...
-
२०७६ भाद्र १७, मंगलबार
‘जङ्कफुड’मा प्रतिबन्ध
बाह्य तरकारीलाई प्रतिबन्द गर्दै आन्तरिक उत्पादनमा जोड दिने महाकुलुङ गाउँपालिकाको योजनाप्रति स्थानीयवासी सकरात्मक देखिएका छन् । गाउँपालिकाले स्थानीय उत्पादनलाई जोड दिने योजना बनाएसँगै यहाँका स्थानीयवासीले समेत अनुशरण गरेका हुन् । सोही गाउँपालिका वडा नं ४ र ५ का स्थानीयवासीले विद्यालय क्षेत्रभित्र ‘जङ्कफुड’लाई प्रतिबन्ध गर्ने स्वःस्फूर्त निर्णय गरेको शिक्षक तारा कुलुङले जानकारी दिनुभयो । शिक्षक...
-
२०७६ भाद्र ९, सोमबार
असनको सम्पदा बचाउन गुथि संस्थानलाई बुझाएको ज्ञापन पत्रमा के छ ?
काठमाडौं महानगरपालिका २५ वडामा रहेको असनस्थित असं कोथुननी ऐतिहासिक सम्पदा मासेर गुथि संस्थानले एक नीजि कम्पनीलाई व्यापारिक कम्प्लेक्स बनाउनको लागि गरेको सम्झौता विरुद्ध हिजो आइतबार असं कोथुननी बचाऊ अभियानले गुथि संस्थानमा धर्ना कार्यक्रम गरी ज्ञापन पत्र साथै हस्ताक्षर बुझाएको छ । बचाऊ अभियानले गुथि संस्थानको प्रमुखलाई बुझाएको ज्ञापन पत्रमा के के माग गरिएको छ रु ज्ञापन पत्रको विस्तृत विवरण पढ्नु...


