उपत्यका
-
२०७६ श्रावण १४, मंगलबार
उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित
उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासीपूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् । चौधरी गु्रपको चौधरी गु्रप अफ इण्डष्ट्रियल उद्यान दुम्कौलीभित्र सञ्चालनमा रहेको भुसे बोइलरबाट अध्यधिक मात्रामा खरानी निस्कने गरेको र यसले जनजीवन नै प्रभावित भएको...
-
२०७६ श्रावण १२, आइतबार
महानगर प्रमुख शाक्य चीन प्रस्थान
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य चीन प्रस्थान गर्नुभएको छ । ल्हासा नगरसँग भगिनी सम्बन्ध विस्तार गर्नका लागि उहाँ त्यसतर्फ जानुभएको र यही साउन २१ गते स्वदेश फर्कनुहुनेछ । प्रमुख शाक्यसँग वडा न १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा नं २८ का अध्यक्ष भाइराम खड्गी, कार्यपालिका सदस्य हीरादेवी पोख्रेल, रश्मी खड्का, प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद थपलिया, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका...
-
२०७६ श्रावण १२, आइतबार
२६३ घरधुरी लालपुर्जाविहीन
तनहुँको व्यास नगरपालिका–३ स्थित देउरालीनगरका २६३ घरधुरी लालपुर्जाविहीन अवस्थामा छन् । वर्षौदेखि जग्गा भोगचलन गरी बसोबास गर्दै आएका उक्त घरधुरी लालपुर्जाविहीन अवस्थामा रहेका हुन् । विसं २०४० देखि अव्यवस्थितरूपमा बसोबास गर्दै आइरहेका स्थानीयवासीको माग सुनुवाइ नहुँदा लालपुर्जाविहीन अवस्थामा रहनुपरेको देउरालीनगर अव्यवस्थित बसोबास व्यवस्थापन सङ्घर्ष समितिका संयोजक नेत्र रानाभाटले बताउनुभयो ।...
-
२०७६ श्रावण १२, आइतबार
महीनावारी नबारे पैसा पाइने
जिल्लामा छाउपडी प्रथाले वर्षौँदेखि विकराल रूप लिन थालेपछि यहाँका स्थानीय तहहरूले आफ्नो क्षेत्रमा हुने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् । छाउपडी प्रथा अन्त्य गर्नका लागि यहाँका स्थानीय निकाय पछिल्लो समय निकै सक्रिय बनेका छन् । यसै सिलसिलामा जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ अर्थात् महीनावारी नबार्ने महिलालाई पुरस्कारस्वरुप...
-
२०७६ श्रावण १०, शुक्रबार
कम्प्युटर शिक्षा सञ्चालनले विद्यार्थीमा उत्साह
दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । दुर्गम क्षेत्रमा बिजुलीको विस्तार भएसँगै विभिन्न विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा शुरु गरिएकाले शिक्षक तथा विद्यार्थी निकै उत्साही भएका हुन् । बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाको समन्वय तथा स्थानीय साझेदार निकाय पिसविन परियोजना र सामुदायिक विकास...
-
२०७६ श्रावण १०, शुक्रबार
सिँचाइबाट तीन हजार लाभान्वित
तनहुँको घिरिङ गाउँपालिका–१ स्थित जिल्लाकै ठूलो दाबी गरिएको अत्रौली पुट्टार सिँचाइ आयोजनाको पुनःनिर्माणपश्चात त्यस क्षेत्रका करीब तीन हजार मानिस प्रत्यक्ष लाभान्वित हुने भएका छन् । समुदाय व्यवस्थित सिँचित कृषि क्षेत्र आयोजनाअन्तर्गत करीब १८ किलोमिटर लामो नहरको ८० प्रतिशत पुनःनिर्माण काम सम्पन्न गरी नहरमा पानी सञ्चालनपश्चात त्यस क्षेत्रका ५०० घरधुरीका करीब तीन हजार मानिस प्रत्यक्ष लाभान्वित हुने...
-
२०७६ श्रावण १०, शुक्रबार
दमकमा १९ जनामा डेंगु
झापाको दमकमा १९ जनाम डेंगु सङ्क्रमण भएको पाइएको छ । यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिनुभयो । दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने गरी महामारीका रुपमा पैmलिएको डेंगु यो वर्ष भने फाट्टफुट्टरुपमा मात्रै देखिएको उहाँले बताउनुभयो । दमकमा गर्मी शुरुदेखि नै डेंगुको सङ्क्रमण हुन नदिन त्यससम्बन्धी विभिन्न जनचेतना...
-
२०७६ श्रावण १०, शुक्रबार
झापामा अङ्गीकृत नागरिकता लिने घटे
झापामा वैवाहिक सम्बन्धका कारण अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घटेको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७५र७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३७९ जना रहेको छ । २०७४र७५ मा यस्तो नागरिकता लिनेहरुको सङ्ख्या ७४१ जना थियो । अघिल्लो आवकोे तुलनामा २०७५र७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३६२ ले कमी भएको छ । विगत दुई आवको तुलना गर्दा...
-
२०७६ श्रावण ९, बिहिबार
उदयपुरका दुई गाँउपालिकामा खाद्यान्न पठाइने
प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले उदयपुर जिल्लाको दुई गाउँपालिकामा बाढीपहिरोका कारण उत्पन्न भएको खाद्यान्न सङ्कट समाधानका लागि तत्काल हेलिकप्टरमार्फत खाद्यान्न पठाउने निर्णय गरेको छ । प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । उदयपुरको लिम्चुङवुङ र ताप्ली...
-
२०७६ श्रावण ९, बिहिबार
सुर्खेतका ३४ घरपरिवारलाई पुनःस्थापना
कर्णाली प्रदेश सरकारले मङ्गलबार राति आएको बाढीबाट विस्थापित सुर्खेत उपत्यकाका ३३ घरपरिवारलाई पुनःस्थापना गरेको छ । बाढीले वीरेन्द्रनगर नगरपालिका–९ र १० सुर्खेतका बाढीपीडितलाई सरकारले उद्धार गरी बुधबार पुनःस्थापना गरेको हो । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, सांसद पद्मा खड्का, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी...
-
२०७६ श्रावण ९, बिहिबार
हरित खजुरा परियोजनाबाट जनप्रतिनिधि र स्थानीयवासी उत्साहित
बाँकेको खजुरा गाउँपालिकामा ‘हरित खजुरा’ ग्रीनसिटी परियोजना सञ्चालन हुने भएको छ । ‘कृषिमा दिगो विकासका लागि हरित खजुरा’ नारासहित परियोजना सञ्चालन हुन लागेको हो । सन् २०२० जनवरीदेखि १० वर्षसम्म परियोजनाका कार्यक्रम सञ्चालन हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । परियोजना संयुक्त राष्ट्रसङ्घसँग सम्झौता गरी सञ्चालनमा ल्याउन लागिएको हो । परियोजना कार्यक्रममा सातभन्दा बढी...
-
२०७६ श्रावण ८, बुधबार
मैनबत्ती बालेर विद्युत् उत्पादनगृह रुँग्दै कर्मचारी
ग्राहकका घरघरमा उज्यालो पु¥याउन विद्युत् उत्पादन गर्ने विद्युत्गृहमा नै बिजुली छैन भन्दा अनौठो मान्नु होला, तर यो वास्ताविकता हो । बिजुली उत्पादन गर्ने पर्वतको मोदी गाउँपालिकास्थित पातीखोला जलविद्युत् आयोजनाका कर्मचारी विद्युत्गृहमै मैनबत्ती बालेर बस्न बाध्य छन् । पातीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइन मर्मत गर्न स्थानीयवासीले अवरोध गरेपछि विद्युत् उत्पादन गर्न नसक्दा कर्मचारी चार दिनदेखि...


