STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७६ भाद्र ९, सोमबार

    रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ रिहा

    पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ रिहा भएका छन्। चितवन जिल्ला अदालतले रविलाई पाँच लाख, युवराजलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको रविको तर्फबाट वकालत गरेका अधिवक्ता सुनिल पोखरेलले जानकारी दिए। थुनछेक बहस सकिएसँगै सोमबारै साँझ जिल्ला अदालत चितवनले यस्तो आदेश सुनाएको हो। सरकारका तर्फबाट यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र...

  • २०७६ भाद्र ५, बिहिबार

    स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन

    काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा शिक्षा समितिको बुधबार बसेको बैठकले नेपाल भाषा र नेपाली तथा अङ्ग्रेजी भाषाका लागि दुई समिति गठन गरेको महानगर शिक्षा अधिकारी निर्मला केसीले जानकारी दिनुभयो । कक्षा १ देखि ८ सम्मको नेपाल भाषाको पाठ्यक्रमका लागि महानगरपालिकाका शिक्षा अधिकारी केसीको अध्यक्षतामा गठित...

  • २०७६ भाद्र ५, बिहिबार

    घरआँगनमै धारा आएपछि कुमाल बस्तीमा खुशीयाली

    गुल्मीको इस्मा गाउँपालिका–२ अन्तर्गत रातडाडाँको सीमान्तकृत कुमाल समुदायमा यतिबेला निकै खुशी छाएको छ । उनीहरुमा खुशी छाउनुको कारण गाउँमा कुनै ठूलो उत्सव, पर्व र भोजभतेरमा रमाएर होइन, आफ्नै घरआँगनमा छङ्छङ् गर्दै खानेपानीको धारा खस्न थालेपछि यतिबेला उनीहरुको जीवनमा थप खुशी थपिएको हो । “पहिले त बिहानै ५ बजे उठेर पँधेरामा जानुपथ्र्यो, त्यहाँ पनि पालो पर्खनुपर्ने, कहिलेकाहीँ त पँधेराको पानी पनि सकिएर...

  • २०७६ भाद्र ४, बुधबार

    मूर्तिकला पाठ्यक्रम बन्दै

    नेपालमै पहिलो पटक एक नम्बर प्रदेशस्तरीय मूर्तिकला कार्यशाला तथा पाठ्यक्रम निर्माण कार्यक्रम सम्पन्न हुने भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा इटहरीस्थित इटहरी मेट्रिक्सले आयोजना गरेको सो कार्यशालामा प्रदेश १ का १२ जिल्लाका चार महिलासहित २८ सहभागीले मूर्तिकला विषयमा प्रशिक्षण लिनुका साथै नेपालमै पहिलो मूर्तिकलाको पाठ्यक्रमसमेत निर्माण गरिएको मेट्रिक्स अध्यक्ष विक्रम श्रीले...

  • २०७६ भाद्र ४, बुधबार

    सम्पदा बनाउन संघको पदयात्रा

    ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा यही असोज ४ गते सम्पदा क्षेत्रको पत्रयात्रा हुने भएको छ । ‘हाम्रो सम्पदा, हामी आफैं बनाऔं’ भन्ने नाराका साथ सो पदयात्रा आयोजना गर्न लागिएको हो । संघको अगुवाईमा विश्वसम्पदा सूचीकृत भिमसेन मन्दिर पुनःनिर्माण भइरहेको सन्र्दभमा सो नारा तय गरिएको संघले जनाएको छ । पुनःनिर्माणमा यथोचित सहयोगका लागि सार्वजनिक आहवान गर्न सो कार्यक्रम तय गरिएको अध्यक्ष कृष्णलाल महर्जनले...

  • २०७६ भाद्र ४, बुधबार

    बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण शुरु

    रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनःनिर्माण शुरु भएको छ । गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए÷तुलसी कन्स्ट्रक्सन जेभीले मन्दिर बनाउन थालेको हो । १७ औँ शताब्दीमा राजा प्रताप मल्लले काठमाडौँको जमलस्थित निर्माण गरिएको रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका...

  • २०७६ भाद्र २, सोमबार

    गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा निःशुल्क ल्याब सेवा शुरु

    सबै स्वास्थ्य संस्थामा ल्याब सेवा शुरु गर्ने रम्भा गाउँपालिका पाल्पा जिल्लाको पहिलो गाउँपालिका बनेको छ । बिरामीलाई मध्यनगर गर्दै स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउन गाउँपालिकाभित्र रहेका सबै पाँच वडामा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब, प्रसूति तथा गर्भ परीक्षण सेवा सञ्चालनमा आएको छ । पहिलो वर्ष रम्भा गाउँपालिका–१ को हुँगी, ५ को...

  • २०७६ भाद्र २, सोमबार

    डोकोको भरमा खानेपानी

    सरकारले एक घर एक धाराको नीति ल्याएपनि कार्यान्वयन हुन नसक्दा डोको र नाम्लोको भरमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । तानसेन–१२ को मौवरडाडामा जिल्ला सदरमुकामको चहलपहल हुने क्षेत्रदेखि करीब तीन चार किलोमिटर नजिकैको दूरीमा खानेपानीको चर्को समस्या रहेको छ । बाहै्र महीना उकालोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता नहटेको स्थानीयवासी फूलमाया विकले गुनासो पोखिन । “न हिउँद भन्नु छ, न वर्षायाम...

  • २०७६ भाद्र २, सोमबार

    विपन्न परिवारलाई निःशुल्क मिटरबक्स

    नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले भेरी नगरपालिकाका विपन्न परिवारलाई निःशुल्क रूपमा विजुलीको मिटरबक्स वितरण गरेको छ । सो नगरपालिका को १, ३, ४, १०, ११, १२ र १३ वडाका विपन्न परिवारलाई ती वडा कार्यालयले गरेको सिफारिशका आधारमा ४९३ थान मिटर निःशुल्क रूपमा वितरण गरिएको हो । विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले उज्यालो नेपाल कार्यक्रमअन्तर्गत सबैको घरको...

  • २०७६ श्रावण ३२, शनिबार

    नेवाः खल कास्कीद्वारा तायाः मचा नृत्य प्रतियोगिता

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको विविधतायुक्त जातीय संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ । नेवा खल कास्कीद्वारा महेन्द्रपुलमा शुक्रबार आयोजित तायाः मचा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सदियौँदेखि बस्दै आएका जातजाति सम्वद्ध मौलिक संस्कृति मुलुकका अमूल्य सम्पत्ति भएको बताउनुभयो । संस्कृतिको जगेर्नाले इतिहास, संस्कार एवम संस्कृतिलाई जीवन्त राख्न...

  • २०७६ श्रावण ३२, शनिबार

    चन्द्रागिरिमा ‘मदन भण्डारी स्मृति पार्क’ बन्ने

    चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो । काठमाडौँ महानगरपालिकाको रु एक करोड तथा चन्द्रागिरि नगरपालिकाको रु एक करोड लागतमा उक्त उद्यान बन्न लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । “काठमाडौँ महानगरपालिकाले प्रत्येक नगरपालिकालाई पार्क...

  • २०७६ श्रावण ३०, बिहिबार

    नेवाः डेस्क स्थापना गर्न माग

    प्रहरी प्रशासनले स्थानीय जनताको भाषिक, सांस्कृतिक संवेदनशीलता बुझेर अघि बढ्नुपर्नेमा सम्बद्ध पक्षले जोड दिएका छन् । समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत प्रहरी प्रभाग मंगलबजार ललितपुरले बुधबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनीहरुले सो कुरामा जोड दिएका हुन् । प्रभागको प्रमुखको रुपमा सरुवा भएर आउनुभएका प्रहरी निरीक्षक चञ्चला श्रेष्ठको परिचयसंगै स्थानीयको चाहना र भावना बुझ्ने उद्देश्यले...

Pages