STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८० बैशाख २४, आइतबार

    टुकुचा खाेलामा महानगरको कदम सही : बालेन्द्र शाह

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले टुकुचा खोलामा महानगरले चालेको कुनै पनि कदम खेर नगएको बताएका छन् । उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको भन्दै उनले महानगरको कदम सही थियो भन्ने पुष्टि भएको दाबी गरे । मेयर शाहले लेखेका छन् -‘केहीदिन अघि सार्वजनिक भएको उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठले...

  • २०८० बैशाख १८, सोमबार

    भाषा निभा प्रेमबहादुर कंसाकारको जन्मजयन्ती सम्पन्न

    भाषा निभा प्रेमबहादुर कंसाकारको १०६ अ‍ौं जन्मोत्सवको अवसरमा विविध सांस्कृतिक र साहित्यिक कार्यक्रम गरीएको छ । प्रजातन्त्र सेनानी ,भाषा निभा प्रेमबहादुर कंसाकारको १०६ अ‍ौं जन्म जयन्ती को कार्यक्रम रत्न राज्यलक्ष्मी क्याम्पसकाे नेपाली तथा नेपालभाषा विभाग  र सुकुन्दा साहित्य पाला को संयुक्त आयोजनामा अाइतबार क्याम्पस सभाहलमा सम्पन्न भएको हो । सुकुन्दा साहित्य पालाका संचिव  रिदेन महर्जनको संयोजनमा...

  • २०८० बैशाख १५, शुक्रबार

    काठमाडौं महानगरले रोक लगायो बाह्य विज्ञापन

    काठमाडौं - काठमाडौं महानगरपालिकाले सहरको सुन्दरता कायम गर्न र सर्वसाधारणलाई सुरक्षा दिन आफ्नो क्षेत्रभित्रका कुनै पनि स्थानमा बाह्य विज्ञापन नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । त्यस्तै सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत् तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने गरी कुनै पनि ठाउँमा बाह्य विज्ञापन नगर्न कामपाले भनेको छ । २०७९ चैत ३० गते प्रकाशन भएको स्थानीय राजपत्रमा समावेश ‘...

  • २०८० बैशाख १४, बिहिबार

    बालाजुको कोतः धुकु आयल स्टोरमा शिलबन्दी

    काठमाडौ - काठमाडौं महानगरपालिकाले वडा नं. १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको छ । वैशाख ६ गतेको प्रमुख स्तरीय निर्णयबाट आज (बिहीबार) शिलबन्दी गरिएको हो । नेपाल आयल निगमको साधारण विक्रेता रहेको आयल स्टोरको पेट्रोलियम पदार्थ विक्री गर्न मापदण्ड नपुगेकाले आज शिलबन्दी गरिएको महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो । पम्प घरको सटरबाट सञ्चालनमा थियो...

  • २०८० बैशाख १०, आइतबार

    अक्षय त्रितीया पर्व मनाइँदै

    बटुवालाई जौँ, चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय त्रितीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ ।   सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जाँै र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्वत खुवाउने पुरानो मिथिला परम्परा हो । यस पर्वमा सर्वत ख्वाइँदा  अक्षय ९कहिल्यै नास नहुने० पुण्यप्राप्त हुने मैथिल...

  • २०८० बैशाख ८, शुक्रबार

    सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं - सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार उक्त आदेश गरेको सर्वोच्चका प्रवक्ता विमल पौडैलले जानकारी दिए। यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफुलाई असहयोग गरेको भन्दै सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गरेका थिए । मेयरको उक्त निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले...

  • २०८० बैशाख ८, शुक्रबार

    काठमाडौँ महानगरद्वारा वायु प्रदूषण कम गर्न नागरिक समाज सञ्जाल गठन

    काठमाडौँ– वायु प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ । समुदायस्तरमा वायु प्रदूषण नियन्त्रणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले विष्णुमती नदीलाई छुने वडा नं. १२, १३, १४, १५, १६, १७, १८, १९, २० र २५ का जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि सहभागिता रहेको बैठकमा कामपा वातावरण व्यवस्थापन विभागले निरु महर्जनको...

  • २०८० बैशाख ४, सोमबार

    सिंहदरबारभित्रको फोहोर नउठेपछि काठमाडौं महानगरविरुद्ध सर्वाेच्चमा रिट

    काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले सिंहदरबारभित्रको फोहोर नउठाएपछि काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । काठमाडौं महानगरले सिंहदरबारभित्रको फोहोर नउठाएपछि आइतबार अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका हुन् । दर्ता भएको रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुँदैछ । रिटमा जनस्वास्थ्यमा गम्भीर असर परेको अधिवक्ता...

  • २०८० बैशाख ३, आइतबार

    काठमाडौं विश्वकै प्रदुषित शहरको सूचीमा पहिलो नम्बरमा

    काठमाडौं - हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा राखेको छ । यो समाचार तयार पर्दा सम्म काठमाडौं संसारकै प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको छ । काठमाडौंको एक्यूआइ अहिले १९४ छ । यसअघि बिहान काठमाडौं प्रदुषित शहरको सूचीमा चौथौ नम्बरमा रहेको थियो । अहिले झनै प्रदुषण बढेर पहिलो नम्बरमा पुगेको छ । एक्युआई १५० भन्दा माथि भएमा...

  • २०७९ चैत्र २७, सोमबार

    काठमाडौँ महानगरसँग संवाद गर्न सरकारलाई महामन्त्री थापाको सुझाव

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौँ महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक बैठकमा उहाँले कुनै विलम्ब र आग्रह नगरिकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिनुभयो ।  “सिंहदरबारलगायतका स्थानबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस् जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो...

  • २०७९ चैत्र २४, शुक्रबार

    उपत्यका मेयर्स फोरममा महर्जन चयन

      काठमाडाैँ - उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन भएका छन् । काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका तथा नगरपालिकाका प्रमुखहरू रहने सो फोरमको उपाध्यक्षमा वासुदेव थापा, महासचिवमा घनश्याम गिरी, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा कृष्णहरि महर्जन र सहसचिवमा सुरेन्द्र श्रेष्ठ चयन भएका छन् । उनीहरू क्रमशः सूर्यविनाय, चन्द्रागिरि, टोखा, तारकेश्वर र...

  • २०७९ चैत्र २४, शुक्रबार

    आज रातो मच्छिन्द्रनाथको महास्नान गरिँदै

    काठमाडौं - ललितपुरमा आज रातो मच्छिन्द्रनाथको महास्नान गरिँदैछ । हरेक वर्ष बैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरिन्छ । दिउँसो ४ बजेपछि मच्छिन्द्रनाथलाई लगनखेलमा रहेको डबलीमा महास्नान गरिनेछ । महास्नानको लागि विशेष पूजा गरेर हिजो मूर्तिबाट जीवन्यास निकालेर कलशमा राखेको पुजारी विनोद बज्राचार्यले बताए । बज्राचार्यका अनुसार महास्नान पछि ७ दिन मूर्तिलाई गुप्तबासमा राखेर आउँदो...

Pages