STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७९ फाल्गुण १, सोमबार

    बालाजुमा यातायात मजदुर र प्रहरीबीच झडप, प्रहरीका गाडीमा आगजनी

    काठमाडौं - काठमाडौंको बालाजु क्षेत्रमा प्रहरी र यातायात मजदुरबीच झडप भएको छ । ट्राफिक नियमको विरोध गर्दै यातायात अवरुद्ध पारेर यातायात मजदुर आन्दोलनमा उत्रिएका थिए । सो क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा आन्दोलनकारीले प्रहरीका गाडीमा आगजनी गरेका थिए । यसका साथै उनीहरूले त्यस क्षेत्रमा रहेकाे एउटा अस्थायी प्रहरी बिटमा समेत आगाे लगाएका थिए । प्रहरीका दुईवटा गाडीमा तोडफोड भएको...

  • २०७९ माघ २९, आइतबार

    ललितपुरमा वक्तृत्व विकास तथा उद्घोषण प्रशिक्षण सम्पन्न

    ललितपुर महानगरपालिका वडा ८ भोलढोकाका महिलाहरुको समूह भोलगणेश महिला समूहले आयोजना गरेको १० दिने वक्तृत्व विकास तथा उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । विभिन्न उमेर समूहका ३० प्रशिक्षार्थीहरुको सहभागितामा सम्पन्न उक्त प्रशिक्षण ललितपुर महानगरपालिका वडा ८ को सहयोगमा भएको थियो । प्रशिक्षण कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि वडा ८ का अध्यक्ष बाबुरत्न महर्जनले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण...

  • २०७९ माघ २७, शुक्रबार

    राष्ट्रपतिको सवारीले सर्वसाधारणलाई सास्ती, डाक्टरलाई समेत हिँड्न राेकेपछि मुर्दावादकाे नाराबाजी

    काठमाडौं - ड्युटीमा हिँडेका ट्रमा सेन्टरका एक चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद्‍मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा हिँडेका ट्रमा सेन्टरमा कार्यरत डा. जेनिथ सिंहमाथि प्रहरीले कुटपिट गरेको हो । ड्युटीमा जानैपर्ने बाध्यता भएपछि प्रहरीलाई डा. सिंह आइडी कार्ड देखाउँदै अस्पताल जाँदै थिए । तर, राष्ट्रपतिको सवारी हुँदा नहिँड्नु भनेको होइन भन्द्यै...

  • २०७९ माघ २७, शुक्रबार

    विद्यासुन्दरले दिए बालेनलाई धन्यवाद

    काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर विद्यासुन्दर शाक्यले आफू मेयर छँदा गरेको आधुनिक सडक बत्ती जडान गर्ने सहमतिलाई कार्यान्वयन गर्न लागिएकोमा मेयर बालेन्द्र शाहलाई आभार प्रकट गर्नुभएको छ । शाक्यले विहीबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै पूर्ववत सहमति अनुरुप महानगरपालिकाका मुख्य मुख्य क्षेत्रमा सडक बत्ती राख्ने कार्य शुरु गर्न लागिएकोमा आभार प्रकट गर्नुभएको हो । ‘ काठमाडौंका सडकहरु झिलिमिलि...

  • २०७९ माघ २५, बुधबार

    मानन्धर संघद्वारा सामुदायिक ईहि संस्कारको आयोजना

    केन्द्रीय मानन्धर संघको आयोजनामा सामुदायिक ईहि मुना कार्यक्रम भएको छ । नेवार समुदायका बालिकालाई रजश्वला हुनु अगाडी ईहि गराउने प्रचलन रहेको छ । ईहिलाई बेलविवाहको रुपमा समेत चित्रण गरिन्छ । संघले सांस्कृतिक परम्परालाई निरन्तरता दिनको लागि सातौं पटक ईहि मुना कार्यक्रम गरेको हो । कालिमाटीस्थित लुमन्ति घरको सभाहलमा मंगलबारदेखि सुरु भएको ईहि मुना कार्यक्रम माघ २५ गते बुधबार सम्पन्न भएको छ । कार्यक्रममा...

  • २०७९ माघ २१, शनिबार

    काठमाडौँका ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण सुरू

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले सेवा विस्तार गर्दै ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरेको छ । यही माघ १५ मा कामपाले नौवटा वडाहरु २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ बाट प्रारम्भ गरेको सेवा अहिले ३२ वटै वडा कार्यालयमा विस्तार गरेको हो । यही माघ १० देखि सबै वडाबाट परिचयपत्र वितरण गर्ने भनिए पनि प्राविधिक काम बाँकी रहेपछि पञ्जीकरण विभागसँग छलफल गरी सोमबार देखि सेवा सुरु...

  • २०७९ माघ १८, बुधबार

    टुकुचा खोला उत्खनन अभियान : जग्गाधनीको पक्षमा उच्च अदालतको फैसला

    काठमाडौं - उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको टुकुचा खोला उत्खनन अभियानमा ‘ब्रेक’ लगाएको छ । अदालतले काठमाडौं महानगरको टुकुचा खोला उत्खनन अभियान कानुनविपरीत रहेको ठहर गर्दै उक्त अभियान रोक्न आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरको उक्त अभियान कानुनविपरीत रहेको ठहर गर्दै जग्गाधनीको पक्षमा फैसला सुनाएको हो । काठमाडौं...

  • २०७९ माघ १५, आइतबार

    काठमाडौंका मेयर साहविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन

    काठमाडाैं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेलनले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ । काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर मेयर साहले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।...

  • २०७९ माघ १२, बिहिबार

    राष्ट्रपति र प्रधानमन्त्रीबाट वसन्त श्रवण

    काठमाडाैँ - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीवार वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सरस्वती पूजाको अवसरमा सो उक्त स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै गर्दै आएको पाइन्छ । सोही परम्पराअनुसार नासलचोक पुग्नुभएकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण...

  • २०७९ माघ ९, सोमबार

    हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न

    काठमाडौं - भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ वटाको पुनःनिर्माण सम्पन्न भएको छ भने १४ वटाको पुनःनिर्माण जारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । सङ्ख्यात्मक रुपमा पुनः निर्माण सम्पन्न भएका सम्पदा सङ्ख्या कम भन्दै केही निर्माणको काम...

  • २०७९ माघ १, आइतबार

    स्वस्थानी मेलाभर साँखु बसपार्कदेखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा

    शालिनदी यातायातले स्वस्थानी मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि निःशुल्क बस सेवा सुरु गरेको छ । शालिनदी यातायातले पुस २२ देखि स्वस्थानी मेला (माधवनारायण) मेलाभर शालिनदी मेला भर्न आएका भक्तजनको सुविधाका लागि सार्वजनिक बिदा र शनिबार दैनिक दुईवटा बस निःशुल्क प्रदान गरेको हो । शालिनदी यातायातका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले शालिनदी मेला भर्न पुगेका भक्तजनलाई...

Pages