उपत्यका
-
२०७९ भाद्र २४, शुक्रबार
थिमिमा लाेकेश्वर ज्ञानमाला भजन प्रशिक्षण कार्यक्रम सम्पन्न
वि.सं. २०७८ भाद्र १ गतेदेखि सुरू गरिएको मध्यपुर थिमिकाे लाेकेश्वर ज्ञानमाला भजन खलःले नाट्यश्वर पूजा गरि भजन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । मुख्य गुरू देवबहादुर बज्राचार्य तथा सहायक गुरू क्रमशः अष्टचन्द्र बज्राचार्य र राकेश बज्राचार्यले भजन प्रशिक्षण दिएका हुन् भने प्रशिक्षण मध्ये सरगम भजनकाे लागि विजय कायष्थले सहजीकरण गरेका हुन् । मध्यपुर थिमि नगरपालिकासँग समन्वय गरेको भजन प्रशिक्षण...
-
२०७९ भाद्र २३, बिहिबार
घर तथा भवनको नक्सा ९० दिनभित्र पास गर्न काठमाडौं महानगरको निर्देशन
काठमाडौं- काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गर्न निर्देशन दिएको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले सो निर्देशन दिएको हो । महानगरद्वारा जारी सूचनामा सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भए पनि भवनको नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको त्यस्ता भवनको नक्सा ९० दिनभित्र पास गर्न भनिएको छ । महानगरको सहरी व्यवस्थापन...
-
२०७९ भाद्र २३, बिहिबार
के के छन् उपमेयर डंगोलको श्वेतपत्रमा ?
काठमाडौं - काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् । डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ । पूराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाई भएकोे र ५१ वटा विवादको किनारा लगाएको, वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा...
-
२०७९ भाद्र २२, बुधबार
यःसिँ ठड्याएर इन्द्रजात्रा सुरु
काठमाडौं उपत्यकामा बुधबारबाट इन्द्रजात्रा सुरु भएको छ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा यःसिँ बिहान ७:१७ को साइतमा ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको हो । भक्तपुरको चित्तपोलबाट ल्याइएको यःसिँ हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन रहेको छ । यो यःसिँ गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने...
-
२०७९ भाद्र २१, मंगलबार
२९ वर्षदेखिको कर असुल गर्न कामपाको तत्परता
विगत २९ वर्षदेखिको सम्पत्ति कर असुल गर्नका लागि काठमाडौँ महानगरपालिकाले करदातालाई पुनः पत्राचार गरेको छ । कामपा राजस्व विभागले विगत लामो समयदेखि तिर्नुपर्ने कर र सो को जरिवानासहित १० दिनभित्र बुझाउन सम्बन्धित करदातालाई पत्राचारसहित आज अनुरोध गरेको हो । कामपाले यसअघि पनि ती करदातालाई पटक–पटक पत्राचार गरे पनि उनीहरूले बेवास्ता गर्दै आएका थिए । यसरी कर नतिर्ने संस्थाहरुमा खाद्य संस्थान, हाईट फिल...
-
२०७९ भाद्र २१, मंगलबार
असन बजारका फुटपाथ र अवैध संरचना हटाउन बालेनकाे निर्देशन
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले असन क्षेत्रको फुटपाथको व्यापार र अवैध संरचना हटाउन निर्देशन दिएका छन् । यससँगै महानगर प्रहरी लगाएर फुटपाथ पसलहरु हटाउन थालेको छ । असनको इन्द्रचोक क्षेत्र लगायतमा अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेका पसलहरु, पार्किङ तथा असनका गल्ली गल्लीमा राखिएका फुटपाथ पसल प्रहरीले हटाउन थालेको छ । असन क्षेत्रमा पसलको एरियाभन्दा बाहिर पनि झुन्ड्याएर तथा फुटपाथ...
-
२०७९ भाद्र २०, सोमबार
नयाँ बसपार्क क्षेत्र वरपर रहेका अवैध संरचना हटाउन सुरु
काठमाडौँ महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नं २६ मित्रनगरमा अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो । वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने काम सुरु गरिएको जानकारी दिनुभयो...
-
२०७९ भाद्र १९, आइतबार
सात क्यासिनोलाई कर तिर्न महानगरपालिकाकाे ७ दिने अल्टिमेटम
काठमाडौं - काठमाडौं महानगरपालिकाले ७ वटा क्यासिनोलाई एक साताभित्र मनोरन्जन कर तिर्न पत्राचार गरेको छ । आइतबार महानगरपालिकाले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई एक साताभित्र कर तिर्न पत्राचार गरेको हो । महानगरले एक साताभित्र बबरमहलमा रहेको...
-
२०७९ भाद्र १८, शनिबार
नेवार भाषा, संस्कृतिकाे संरक्षणमा जोड दिन मन्त्री श्रेष्ठको आह्वान
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले नेवार समुदायको भाषा, संस्कृति र संस्कार नै पहिचानको मूल आधार भएकाले त्यसको संरक्षणमा लाग्न सबैलाई आव्हान गर्नुभएको छ । नेवार समुदायको मात्र नभइ देश कै संस्कृति र संस्कार दिनदिनै ओझेलमा पर्दै गएको चिन्ता व्यक्त गर्नुहुँदै उहाँले सो आव्हान गर्नुभएको हो । नेपाल (नेवार) भाषाको साप्ताहिक पत्रिका ‘लहना’को ४०० अङ्क प्रकाशन भएको अवसरमा...
-
२०७९ भाद्र १६, बिहिबार
लोरो अभियानका साथ सुमन साय्मिले गरे काठमाडौं ८ बाट स्वतन्त्र उम्मेदवारी घोषणा
सुमन सायमी नेतृत्वको ‘स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियान’ ले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ । अभियानका अभियान्ताहरुले उम्मेदवारी घोषणा गर्दै बैकल्पिक र स्वतन्त्रहरु एकीकृत भएर देशको माटो र संस्कृति संरक्षण गर्नुपर्ने अवस्था आएको बताएका थिए । उनीहरुले दलीय वेथितिको अन्त्य गर्न स्वतन्त्र उम्मेदवारलाई एकपटक भोट दिएर मौका दिन आग्रह गरेका छन् । कार्यक्रममा अहिलेसम्म देशभरीबाट ३५०...
-
२०७९ भाद्र १६, बिहिबार
फनपार्कले तिर्यो काठमाडौं महानगरलाई १७ लाख कर
काठमाडौं - भृकुटीमण्डपस्थिति काठमाडौं फनपार्कले काठमाडौं महानगरपालिकालाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ । महागरपालिकाको २४ घण्टे अल्टिमेटमपछि बिहीबार फनपार्कले कर तिरेको हो । फनपार्कले मनोरन्जन करमात्र महानगरलाई बुझाएको छ । मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन करबापत महानगरलाई बुझाइएको छ । बहाल कर समाज कल्याण परिषद्लाई तिर्ने गरी सम्झौता भएको छ । फनपार्कले व्यवसाय कर पनि तिर्न...
-
२०७९ भाद्र १५, बुधबार
काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सञ्चालन हुने
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदायात्रा सञ्चालन गर्ने योजना अघि बढाएका छन् । काठमाडौं, भक्तपुर, पाटन र किर्तीपुरका सम्पदा क्षेत्रमा रात्रीकालिन पदयात्रा सुरु गर्नेबारे मन्त्री श्रेष्ठले बुधवार सरोकारवालाहरुसँग छलफल समेत गरे । मन्त्री श्रेष्ठले रात्रीकालिन सम्पदायात्राले पर्यटकहरूको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको...


