STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८१ माघ १५, मंगलबार

    काठमाडौंको सार्वजनिक स्थानमा फोहोर फाले १५ हजार रुपैयाँसम्म जरिवाना

    काठमाडौं - काठमाडौं महानगरपालिले सार्वजनिक स्थानमा फोहोर नगर्न आग्रह गरेको छ ।  घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्यले शहर फोहोर तथा दुर्गन्धित हुने साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्य गर्न प्रतिवन्ध लगाइएको महानगरपालिकाले एक सूचनमार्फत जनाएको छ ।  यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौं...

  • २०८१ माघ १५, मंगलबार

    काठमाडौँ उपत्यकाका ३२ प्रतिशत सवारी प्रदूषित

    काठमाडौँ - काठमाडौँ उपत्यकाका सवारीसाधन प्रदूषण परीक्षण गर्दा झन्डै ३२ प्रतिशत प्रदूषित भेटिएका छन् ।  वातावरण विभागले ६ महिना गरेको सवारीसाधनको पदूषण परीक्षणमा ३१.८८ प्रतिशत सवारीमा प्रदूषित फेला परेका हुन् । विभागले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ४१४ वटा सवारी जाँच गर्दा १३२ वटामा प्रदूषण फेल भएको जनाएको छ ।  जाँचका क्रममा फेल भेटिएका सवारीमा बस, स्कुल बस, सामान बोक्ने ट्रक...

  • २०८१ माघ १५, मंगलबार

    काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा

    काठमाडौँ - चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो । नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले...

  • २०८१ माघ १४, सोमबार

    विप्लव नेकपाको ‘सी व्यापार केन्द्र’ बूढानीलकण्ठमा

    काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंको बूढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ स्थापना गरेको छ । कृषिजन्य वस्तुको उत्पादन तथा वितरण गर्ने उद्देश्यले खोलिएको व्यापार केन्द्रको सोमवार एक कार्यक्रमबीच नेकपा महासचिव चन्द, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संयुक्त रुपमा उद्घाटन गरे...

  • २०८१ माघ १४, सोमबार

    सडक पेटीमा फोहोर गर्ने मोटरसाइकल वर्कसपलाई १० हजार जरिबाना

     काठमाडौं - काठमाडौं महानगरपालिकाले सडक पेटी फोहोर गर्ने एक मोटरसाइकल वर्कसपलाई १० हजार रुपैयाँ जरिबाना तिराएको छ । काठमाडौं महानगरपालिका-१ स्थित न्यू स्टार मोटरसाइकल वर्कसपलाई जरिबाना गरिएको महानगर प्रहरीले जनाएको छ । वर्कसपले सडक पेटीमा फोहोरमैला गरेको, पैदलयात्रुलाई हिँड्न असहज बनाएको पाइएपछि जरिबाना गरिएको महानगर प्रहरीको भनाइ छ ।

  • २०८१ माघ १३, आइतबार

    कामपामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति

    काठमाडौँ - काठमाडौँ महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यसवर्ष रूख कटान र जल उत्पन्न विपद्का घटना बढेका छन् । यस वर्षको पुस मसान्तसम्म दुई सय ३४ विपद्का घटना भएको कामपाले जनाएको छ । कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार चालु आवको पुस मसान्तसम्म सबैभन्दा धेरै रूख कटानका कारण ७७ र जल उत्पन्न प्रकोपका कारण ५० घटना भएका छन् । त्यसैगरी विद्युतबाट आगालागीका...

  • २०८१ माघ १०, बिहिबार

    महानगर यातायातले थप्यो ४० नयाँ बस

    काठमाडौं - महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट-धुलिखेल सेवा सुरु गरेको हो। काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरू आजदेखि सञ्चालनमा ल्याएको हो। नयाँ बसहरूरु थपिएसँगै महानगर यातायातका बसहरू ८९ पुगेको प्रालिले जनाएको छ। सिप्रदी ट्रेडिङ्ग प्रालिले सोही कार्यक्रममा बसहरूको चाबी...

  • २०८१ माघ ९, बुधबार

    जात्राका लागि गहना पोखरी सुकाइयो

    काठमाडौं - गहना खोज्ने जात्राका लागि काठमाडौँको गहना पोखरी सुकाइएको छ । हाँडीगाउँमा ‘तीसा मालिगु जात्रा’ अर्थात गहना खोज्ने जात्राका लागि पोखरी सुकाइएको हो । अहिले सुकाएको ठाउँमा पछि पानी भर्नेछ । हरेक वर्षे वैशाख ४ गते उक्त पोखरीमा गहना खोज्नका लागि टुँडाल देवी माईको जात्रा गरिन्छ । देवीलाई तीन पटक घुमाए पछि गहना खोज्न सुरु गरिन्छ ।

  • २०८१ माघ ८, मंगलबार

    साँखु क्षेत्रका प्राचीन सम्पदाको प्रचारका लागि ‘शङ्खरापुर सक्व महोत्सव’

    काठमाडौँ, राजधानीको उत्तरपूर्वमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण शङ्खरापुर नगर क्षेत्रका सम्पदाको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिने भएको छ ।  शङ्खरापुर नगरपालिकाको आयोजनामा यही माघ १६ देखि १९ गतेसम्म महोत्सव गर्न लागिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ...

  • २०८१ माघ ८, मंगलबार

    लोप हुँदै खोकनाका मौलिक नेवार घर

    ललितपुर - ललितपुर महानगरपालिका–२१ खोकना ऐतिहासिक नेवाः बस्तीका रुपमा चिनिन्छ । शुद्ध तोरीको तेल पाइने र नेपालको पहिलो बिजुली बत्ती बल्ने गाउँका रुपमा खोकना परिचित छ । ऐतिहासिक सम्पदा रुद्रायणी मन्दिरका कारण पनि खोकना परिचित छ ।  विसं २०४६ यता राजनीतिक परिवर्तनसँगै बस्तीमा नयाँपन आएको स्थानीय बताउँछन् ।  ललितपुर–२१ खोकनामा जम्मा एक हजार ४० घरधुरीमा परम्परागत मौलिक घर हाल छ मात्र बाँकी रहेको...

  • २०८१ माघ ४, शुक्रबार

    पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनर्निर्माण हुन बाँकी

    ललितपुर - विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदा सूचीमा रहेको ललितपुरको पाटन दरबार क्षेत्रका २४ ऐतिहासिक सम्पदा मध्ये २२ सम्पदाको पुनर्निर्माण भइसकेको छ भने दुई संरचना पुनर्निर्माण हुन बाँकी छ । उक्त सम्पदा पुनर्निर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।  राणाकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुनर्निर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार...

  • २०८१ माघ ४, शुक्रबार

    ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने

    काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९:३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, मङ्गलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ...

Pages