STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकुद

  • २०७९ श्रावण २९, आइतबार

    बालोन डिओरकाे मनोनयनमै परेनन् मेस्सी

    एजेन्सी -लगातार ७ पटक बालोन डिओर जितेका पिएसजी क्लवका अर्जेन्टिनी प्रसिद्ध फुटबलर लियोनल मेस्सी यो पटक भने मनोनयनको सूचीमै पर्न असफल बनेका छन् । मेस्सी सन् २००६ देखि लगातार मनोनयमा पर्दै आएका थिए । तर यसपटक उनी १६ वर्षपछि मनोनयनमा नपरेका हुन् । त्यस्तैगरी पिएसजी क्लवकै ब्राजिलका स्टार खेलाडी नेयमार पनि यस पटकको मनोनयनमा परेका छैनन् । फ्रान्स फुटबल म्यागजिनले आउँदो अक्टोबरमा प्रदान गर्ने बालोन...

  • २०७९ श्रावण ५, बिहिबार

    नेपाली टिमबाट राजिनामा दिएका पुबुदु क्यानाडा राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त

    काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दसानायके क्यानाडा राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् । पारिवारिक कारण देखाउँदै नेपाल छाड्ने निर्णय गरेका उनले आज पत्रकार सम्मेलन गर्दै राजीनामाबारे औपचारिक जानकारी गराएका थिए । उनको राजीनामा घोषणा भएको दुई घण्टा नबित्दै क्यानाडाले उनलाई प्रशिक्षकमा नियुक्त गरेको बताएको छ । ​​​​​गत मङ्सिरमा...

  • २०७९ आषाढ २९, बुधबार

    नेपालद्वारा स्कटल्यान्ड ५ विकेटले पराजित

    घातक बलिङ र सन्तुलित ब्याटिङको मद्दतमा नेपालले आइसिसी विश्व कप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले हराएको छ । नेपालको जित आदिल आलम, सोमपाल कामी, आसिफ शेख र रोहित पौडेलको प्रदर्शन उत्कृष्ट रह्यो । लिग टु को सबैभन्दा बलियो मानिएको टोली स्कटल्यान्डविरुद्ध बलिङ र ब्याटिङ दुवै पक्षमा सन्तुलित प्रदर्शन गर्दै नेपालले स्कटल्यान्ड भ्रमणमा पहिलो जित दर्ता गर्न सफल भएको हो...

  • २०७९ आषाढ ९, बिहिबार

    एन्फाका नवनिर्वाचित समितिले राष्ट्रिय टिम बाहिरका खेलाडीलाई फिर्ता बाेलाउने

    काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमबाट बाहिर राखिएका सबै खेलाडीलाई ससम्मानका साथफिर्ता बोलाउने निर्णय गरेको छ । बुधबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर राखिएका सबै खेलाडीहरुलाई ससम्मान फिर्ता बोलाउने निर्णय गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अनुमतिविना बन्द प्रशिक्षण छाडेर रात्री क्लब पुगेको भन्दै अनुशासनको छडि चलाएका थिए ।...

  • २०७९ आषाढ ६, सोमबार

    बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

    काठमाडौं- नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा भएको प्रतियोगितामा सोमबार समूहको आफ्नो तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनयाो ।१५ रनको लक्ष्य नेपालले २ विकेट...

  • २०७९ आषाढ ३, शुक्रबार

    महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात, भुटानलाई ५० रनले हरायो

    एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भुटानलाई ५० रनले पराजित गर्दै एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको हो । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै ४४ रनमै समेटियो । भुटानका लागि छिरिङ जाङ्‌मोले सर्वाधिक १५ र नग्वाङ छोडेनले ८ रनको योगदान दिए । नेपालका लागि कविता कुँवर र संगीता राईले समान २-२...

  • २०७९ आषाढ १, बुधबार

    नेपाल इन्डोनेसियाँसँग ७ – ० ले पराजित

    काठमाडौं - एएफसी एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ० को बिरुद्धमा ७ गोलले पराजित भएको छ । यो नेपालका लागि लज्जास्पद हार हो । गएरातिको खेल नेपालका लागि प्रतिष्ठाको खेल थियो । कुवेतमा जारी एशियन कपको छनौँटमा पहिलो हाफमा नेपालले २ गोल मात्रै खाएको थियो । तर दोस्रो खेलमा मात्रै थप ५ गोल व्यहोर्यो । हारसँगै नेपाल एशियन कपमा छनौट हुन सकेन । साथै नेपालले छनौट चरणको अन्तिम खेलमा...

  • २०७९ जेठ ३१, मंगलबार

    अष्ट्रेलिया फिफा विश्वकपमा छनोट

    एजेन्सी - दक्षिण अमेरिकी टोली पेरूलाई हराउँदै अष्ट्रेलिया यसै वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट भएको छ। कन्टिनेन्टल प्लेअफको फाइनलमा पेरूलाई सडनडेथमा ५–४ ले हराउँदै अष्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट भएको हो। सोमबार राति भएको खेलको निर्धारित ९० मिनेटको समय र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टीमा समेत ४–४ गोलको बराबरी भएपछि खेलको...

  • २०७९ जेठ ३१, मंगलबार

    एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

    काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले आसन्न एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपका लागि १५ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको छ । आगामी असार ३ गतेदेखि ११ गतेसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि क्यानले रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो । प्रारम्भिक टोलीमा रहेका १९ खेलाडीबाट नेपालले अन्तिम टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान रुबिनासँगै उपकप्तान...

  • २०७९ जेठ २९, आइतबार

    नेपाल कुवेतसँग हार्दा प्रशिक्षक अलमुतारी मैदानमै ढले

    काठमाडौं - एएफसी एसियन कप २०२३ छनोट खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । गएराति भएको खेलमा नेपाल कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको हो । नेपाल र कुवेतको खेल भइरहँदा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने बेहोस भएका थिए ।  उनी दोस्रो हाफको सुरुवाती समयमै अचेत भएर ढलेका थिए । त्यहाँ सामान्य उपचारपछि उनलाई अस्पताल लगिएको हो । उनलाई फारवानिया अस्पताल लगिएको थियो । स्वास्थ्य अवस्था...

  • २०७९ जेठ २६, बिहिबार

    एएफसी एसियन कप छनोट खेलमा नेपाल जोर्डनसँग पराजित

    काठमाडौं - एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गतको खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । समूह ए को पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले हारेको हो । गएराति कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफसम्मा ०–० को बराबरी खेलेको थियो । पहिलो हाफमै जाेर्डनले पेनाल्टी पाएको थियो । तर नेपालका गोल किपर दीप कार्कीले बचाएका थिए । जोर्डनका मुसा मोहमत सुलेमानले...

  • २०७९ जेठ २२, आइतबार

    रोहिणी बस दुर्घटनामा ९ को मृत्यु, २४ जना घाइते

    रुपन्देहीको रोहिणीमा आज (आइतबार) बिहानै भएको यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु भएका नौ जनामध्ये आठ जनाको पहिचान खुलेको छ। जनकपुरबाट बुटवल आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस आइतबार बिहान ४ः२० बजे भैरहवा-परासी सडकखण्ड अन्तर्गत रोहिणी गाउँपालिका-३ र ओमसतिया गाउँपालिका-४ को सिमानास्थित पुलबाट रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको थियो । मृतकमध्ये एक जना पुरुषको भने सनाखत हुन सकेको छैन...

Pages