राजनीति
-
२०७७ माघ २३, शुक्रबार
विप्लव समूहका नेता बाँस्तोलालाई छाेड्न सर्वाेच्चकाे आदेश
काठमाडौं- सर्वोच्च अदालतले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता धमेन्द्र बाँस्तोला (कन्चन)लाई छाड्न आदेश दिएको छ। बिहीबार बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई गर्दै सर्वोच्चले बाँस्तोलालाई छाड्न आदेश दिएको हो। विप्लव नेकपाका पश्चिम कमाण्ड इन्चार्ज एवं सचिवालय सदस्य बाँस्तोलाको पक्षबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो। उक्त रिटमाथि...
-
२०७७ माघ २३, शुक्रबार
आम हड्तालमा १८८ पक्राउ, ३३ सवारी तोडफोड
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो । राजधानी काठमाडौँमा ट्याक्सी र मोटरसाइकललगायत साना सवारी सञ्चालन भए पनि ठूला सवारी भने सञ्चालन हुन सकेन । बजार पसल भने दिनभर बन्द नै रह्यो । राजधानी बाहिर भने उपत्यकामा जस्तो बन्दको ठूलो प्रभाव...
-
२०७७ माघ २२, बिहिबार
नेकपा बृहत् सभालाई प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृहमन्त्रीले सम्बोधन गर्ने
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो । नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र...
-
२०७७ माघ २२, बिहिबार
प्रहरी र बन्दकर्ताबीच बर्दिबास सडकमा झडप, प्रहरीले बल प्रयोग गरी सडक खाेले
महोत्तरी – पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास सडकखण्ड प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । महोत्तरीको बर्दिबासस्थित मुख्य चोकमा बिहानैदेखि प्रदर्शन गरिरहेका नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर राजमार्ग आशिंक रुपमा खुलाएको हो । राजमार्गमा धर्ना बसेका प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको थियो । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत...
-
२०७७ माघ २२, बिहिबार
जनकपुरमा हवाइफायर, बन्दकर्तामाथि प्रहरीकाे लाठीचार्ज
जनकपुर – जनकपुरधाममा प्रचण्ड माधव समूहले आह्वान गरेको आमहड्तालको अवज्ञा गरेको भन्दै बजार बन्द गराउन हिँडेका प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाइ फायर समेत गरेको छ । प्रहरीसँगको झडपमा परी नेकपा प्रचण्ड- नेपाल समूहका स्थायी समिति सदस्य रामचन्द्र झा घाइते भएका छन् । बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता...
-
२०७७ माघ २२, बिहिबार
साँझ ६ बजेपछि आमहडताल टुंगिने
नेकपा प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्ताल साँझ ६ बजे टुंगिने जनाइएको छ । साँझ ६ बजेपछि आमहडतालका कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजकसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘हाम्रो आमहडतालको कार्यक्रम साँझ ६ बजेसम्मका लागि मात्रै कार्यान्वयन हुनेछ,’ प्रवक्ता श्रेष्ठले भने । संवैधानिक आयोगमा बलजफ्ती नियुक्त गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको रफ्तार...
-
२०७७ माघ २२, बिहिबार
सडकमै खाना खाँदै आन्दोलनकारी, प्रहरीले हटाउन खाेज्दा ठेलमठेल
नेकपा प्रचण्ड–माधव समूहले आज गरेको आमहडताल सफल बनाउन विहानैदेखि चोकचोकमा सो समूहका नेता तथा कार्यकर्ता खटिएका छन् । त्यसक्रममा उनीहरुले सडकमै खाना खाएका छन् । बन्दकर्ताले सडकमै खाना खान थालेपछि कोटेश्वरमा प्रहरीले त्यसलाई हटाउन खोजेको थियो । त्यसक्रममा प्रहरी र बन्दकर्ताबीच केहीबेर ठेलमठेल पनि भएको थियो ।
-
२०७७ माघ २२, बिहिबार
बन्द गराउन दाहाल गाडीमा र नेपाल स्कुटरमा
काठमाडौँ – प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौंमा पनि परेको छ। बन्द सफल पार्न भन्दै शीर्ष नेताहरू नै सडकमा ओर्लिएका छन्। नेता पुष्पकमल दाहाल पुल्चोकमा पुगेर आन्दोलनमा सहभागी भएका थिए भने अर्का अध्यक्ष माधव नेपाल स्कुटर चढेर कोटेश्वर क्षेत्रको अवलोकन गरेर फर्किएका छन्। देशव्यापी आमहड्ताल आव्हान गरेका दाहाल आफैंले...
-
२०७७ माघ २२, बिहिबार
आमहडतालको प्रतिकारमा ओली समूहको मोटरसाइकल र्याली
सुर्खेत – नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहडतालको प्रतिकार गर्दै सुर्खेतमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले मोटरसाइकल र्याली निकालेको छ । आमहडतालको अवज्ञा गर्दै बिहीबार सुर्खेतमा ओली समूहको विद्यार्थी संगठन अनेरास्ववियुले मोटरसाइकल र्याली निकालेको हो । अनेरास्ववियुले बन्द नभएको भन्दै मोटरसाइकल र्याली निकालेको अध्यक्ष धुपेन्द्र शाहीले बताए । उनका अनुसार मोटरसाइकल र्यालीले...
-
२०७७ माघ २२, बिहिबार
फागुन पहिलो साताबाट ठूलो आन्दोलन हुन्छ : प्रचण्ड
काठमाडाैं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुनको पहिलो साताबाट संयुक्त रुपमा ठूलो आन्दोलन हुने बताएका छन् । सातदोबाटोमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबै राजनीतिक दल, नागरिक समाज, कलाकारहरुले संयुक्त रुपमा बृहत आन्दोलन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । ‘केपी ओलीको प्रतिगमन नसच्चिएमा फागुनको पहिलो साताबाट संयुक्त रुपमा बृहत आन्दोलन हुन्छ,’ उनले भने । सो...
-
२०७७ माघ २२, बिहिबार
नेकपा नेतृ अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ
काठमाडौं - प्रहरीले नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यलाई काठमाडौंको कलंकीबाट गिरफ्तार गरेको छ । नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारीअनुसार नेतृ शाक्यलगायतलाई प्रहरीले कलंकीबाट गिरफ्तार गरेको हो । प्रचण्ड–माधव समूहले आज आमहडताल घोषणा गरेको छ । आमहडतालकै क्रममा आज बिहानै गाेंगबुँमा एउटा ट्याक्सी पनि जलाइएकाे छ । बन्द गराउँदै हिडेका कम्तीमा ५६ जनालाई काठमाडौंका...
-
२०७७ माघ २२, बिहिबार
निर्धक्क यातायात, व्यवसाय सञ्चालन गर्नु : गृहमन्त्रालय
काठमाडौँ - सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहीबार आह्वान गरेको भनिएको आमहडतालका क्रममा संविधान तथा प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ । मन्त्रालयले आमहडतालका...


