STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८० श्रावण ९, मंगलबार

    कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सुनुवाइ बुधबार

      काठमाडौं - कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार उक्त रिटमाथिको सुनुवाइ...

  • २०८० श्रावण ९, मंगलबार

    निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने २४३५ उम्मेदवारलाई कारबाही

    काठमाडौं - निर्वाचन आयोगले गत मंसिरमा सम्पन्न चुनावको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना गरेको छ । प्रतिनिधिसभा र प्रदेशतर्फका गरी दुई हजार ४३५ उम्मेदवारलाई १५ हजार दरले जरिवाना गरिएको हो । उम्मेदवारहरूलाई आयोगले गत वैशाख ४ गतेको निर्णयअनुसार निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसको जानकारी दिन निर्देशन दिइएको थियो । तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने...

  • २०८० श्रावण ८, सोमबार

    भ्रष्टचारमा मुछिएका जुनसुकै व्यक्ति वा पार्टीका भए पनि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं - उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानून सबैका लागि समान भएकाले भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरूलाई कुनै पनि हालतमा नछोडिने बताएका छन्। पुष्पलालको ४६ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आज काठमाडौँमा आयोजना गरेको ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा उनले तत्थ्य र प्रमाणले भेटेसम्म भ्रष्टचारको मुद्दामा...

  • २०८० श्रावण ८, सोमबार

    पार्टी फुटाउँछु भनेको छैन : महामन्त्री थापा

    काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताएका छन् । सोमवार पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले सबै पुराना राजनीतिक दल संकटमा पर्ने कारण भनेको ३०-३५ वर्षदेखि ४/५ जना नेतामात्रै सत्ता र नेतृत्वमा घुमिरहनु रहेको बताए । उनले संसदीय दलको नेता बदल्ने कुरा अहिलेको आवश्यकता भएकाले आफू अझै संसदीय दलको नेता फर्न...

  • २०८० श्रावण ८, सोमबार

    भ्रष्टाचारीलाई कारबाही गर्ने सरकारको अठोट छ : प्रधानमन्त्री

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट रहेको बताएका छन्। इटालीको रोममा विभिन्न नेपाली सङ्गठनका प्रतिनिधिले उनीसँग आज गरेको भेटमा प्रधानमन्त्री दाहालले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिए। प्रधानमन्त्री प्रचण्डसँग नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल,...

  • २०८० श्रावण ८, सोमबार

    ललिता निवास प्रकरण : दुई मोही सिआइबीको नियन्त्रणमा

    काठमाडौं - बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा दुई जना मोहीलाई सिआइबीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई आज (सोमबार) सिआइबीले नियन्त्रणमा लिएको हो । मोहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । सीआईबी स्रोतका अनुसार दुवै जना मोही रहेका छन् । उनीहरूबारे उसले कुनै पहिचान खुलाएको छैन ।

  • २०८० श्रावण ७, आइतबार

    कोशी प्रदेश मुख्यमन्त्री विवाद ‘हेर्न नमिल्ने’ मा

    काठमाडौं - कोशी प्रदेशमा मुख्यमन्त्री चयन गर्दा असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा आज सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा आज सुनुवाइका लागि पेशी तोकिएको भए पनि न्यायाधीश रेग्मीले आफूले हेर्न नमिल्ने भन्दै अस्वीकार गरेपछि सुनुवाइ हुन नसकेको हो । उक्त विवादको सुनुवाइ अर्को दिन हुनेछ । कोशी प्रदेशमा मुख्यमन्त्री...

  • २०८० श्रावण ७, आइतबार

    कांग्रसमा महामन्त्रीद्वयले उठाए अनुशासनको प्रश्न

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरुले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि अनुशासनको प्रश्न उठाएका छन् । सभापति शेरबहादुर देउवको विकल्प खोज्ने भन्दै दिएको अभिव्यक्तिमाथि नेताहरुले व्यङग्य मिश्रित चेतावनी नै दिए । संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको तयारीमा जुटिसकेको दाबी गर्ने गगनलाई बैठकमै सकस पर्नेगरि आवाज उठेपछि भने कांग्रेस बैठक थप रोचक बन्न पुगेको छ ।...

  • २०८० श्रावण ७, आइतबार

    अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने

    नेकपा एमाले निकट अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेको छ । अनेरास्ववियुले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अबदेखि कुनै पनि विश्वविद्यालय तथा क्याम्पसमा तालाबन्दीका कुनै पनि कार्यक्रम नगर्ने सङ्गठनका अध्यक्ष समिक बडालले जानकारी दिनुभयो । “अहिले तालाबन्दीका कारणले विश्वविद्यालय र क्याम्पस अस्तव्यस्त भएका छन्”, उहाँले भन्नुभयो, “अबदेखि अखिलले कुनै पनि शैक्षिक...

  • २०८० श्रावण ७, आइतबार

    कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु हुन्न : माधवकुमार नेपाल

    काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताएका छन् । आईतवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले कम्युनिष्ट पार्टीहरु आफ्ना–आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताए । उनले मिल्नसक्ने,...

  • २०८० आषाढ २९, शुक्रबार

    अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा

    काठमाडौं - अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगेका छन् । उनी केही बेरअघि त्रिभुवन विमानस्थल ओर्लिएका हुन् । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आएका हुन् हो । लूले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि उनले भेट्ने छन् ।...

  • २०८० आषाढ २९, शुक्रबार

    लम्पी स्किन प्रभावित किसानलाई राहत दिन सांसदको माग

    काठमाडौं - महामारीका रुपमा देखापरेको लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तिकै लम्पी स्किन रोगका कारण देशका विभिन्न स्थानमा किसानका गाईभैँसीको मृत्यु भएको भन्दै नेकपा (एमाले)का सांसद पदम गिरीले किसानलाई राहत दिन माग गरे। उनले सो रोग नियन्त्रणका लागि संसदीय पूर्वाधार विकास कोषको बजेट रकमान्तर गरेर भए पनि खर्च...

Pages