राजनीति
-
२०८० जेठ २२, सोमबार
‘भैंसी चढेर आएको’ शब्दले संसदमा वादविवाद
काठमाडौं - प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शिशिर खनालले बोलेको ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा प्लेन चढेर आफैंले उद्घाटन गरेको पोखरा विमानस्थल आउनुहुन्छ होला भन्ने सोचेको दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरु आए’ भनेका थिए ।...
-
२०८० जेठ २२, सोमबार
‘प्रचण्ड’को भारत भ्रमण फितलो : ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फितलो मात्र नभएर नेपालको शीर निहुँराउने काम भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण कस्तो खालको भ्रमण हो भन्दै भ्रमण फितलो मात्र नभएर नेपालको शीर निहुँराउने काम भएको बताएका हुन् । उनले भने, ‘विवादको विषय त भारत भ्रमणमा गएर गर्नुभएको फितलो...
-
२०८० जेठ २२, सोमबार
नागरिकता विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्ले सिफारिस नगरी अनुरोध मात्र गरेको : प्रधानमन्त्री दाहाल
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो संसदबाट पारित भएर राष्ट्रपति कार्यालयमा प्रमाणीकरण नभई बसेको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्ले सिफारिस नगरी अनुरोध मात्र गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संसदबाट पारित भइरहेको विधेयक प्रमाणीकरण गर्न मन्त्रिपरिषद्ले सिफारिस गर्न नसक्ने तर...
-
२०८० जेठ २१, आइतबार
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाको आन्दोलन
काठमाडौँ - नेपाल किसान मजदुर पार्टीले नागरिकता विधेयक प्रमाणीकरण भएको विरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ । आईतवार पार्टीका संगठनका नेता, कार्यकर्ताहरु भेला भइ यही जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नगरिकता विधेयक प्रमाणीकरण गर्नुभएको र नागरिकता विधेयक प्रमाणीकरण संविधान विपरित भएको भन्दै बिरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शन काठमाडौंको कोटेश्वरदेखि संसद भवनसम्म भएको थियो । प्रर्दशनका...
-
२०८० जेठ २१, आइतबार
नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं - सर्वाेच्च अदालतले दुई दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गरेको रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले उक्त अल्पकालीन आदेश दिएको हो । अन्तरिम आदेश दिने कि नदिने भनी दुवै पक्षलाई छलफलका लागि पनि...
-
२०८० जेठ २१, आइतबार
भोलि ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौँ - विपक्षी ३ राजनीतिक दलले गरेको अवरुद्ध प्रतिनिधिसभा बैठक सञ्चालनको प्रयास विफल भएपछि सूचना टाँस गरेर भोलि सोमबारसम्मका लागि बैठक सारिएको छ । आइतबार ११ बजेपछि बसेको आइतबारको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्ण पाठ नआउँदै...
-
२०८० जेठ १९, शुक्रबार
आममाफी, नागरिकताको विषयमा देउवाको एकल सहमति : गगन थापा
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीको आममाफी र नागरिकता विधेयक प्रमाणीकरण जस्ता विषय पार्टी सभापति शेरबहादुर देउवाको एकल सहमतिमा भएको दाबी गरेका छन् । काठमाडौंमा आयोजित प्रेस युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो दुई निर्णय कांग्रेसको नभएको बताए । उनले भने, ‘आममाफी, नागरिकताको विषय, प्रदेश सरकारमा सहभागिताका लागि प्रदेशको मन्त्रालय तोडफोड, सांसद विकास कोषलगायत यी...
-
२०८० जेठ १९, शुक्रबार
भारत भ्रमण सफल : प्रधानमन्त्री दाहाल
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय हित र नेपाल-भारत सम्बन्धका दृष्टिले भारत भ्रमण निकै महत्त्वपूर्ण भएको बताएका छन् । भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले भ्रमण सफल भएको बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीको रूपमा मेरो चौंथो राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल भारत सम्बन्धका दृष्टिले निकै महत्वपूर्ण अनुभूत भइरहेको छ ।...
-
२०८० जेठ १८, बिहिबार
नेपाल– भारतबीच सात सम्झौतामा हस्ताक्षर
काठमाडौं - नेपाल र भारतबीच बिभिन्न सात सम्झौतामा हस्ताक्षर भएको छ। बिहीबार हैदरावाद हाउसमा भएको द्विपक्षीय भेटवार्ता र छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो। दुईपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही परियोजनाहरुको संयुक्त रुपमा बटन थिचेर उद्घाटन गरे। दुईदेशबीच नेपाल भारत पारवहन सम्झौता नवीकरण गर्ने सम्झौता भएको...
-
२०८० जेठ १८, बिहिबार
भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार हो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताएका छन्। भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । प्रधानमन्त्रीका रूपमा आफ्नो यो चौथो भारत भ्रमण रहेको स्मरण गर्दै उनले नेपाल र भारतबीचको सम्बन्ध...
-
२०८० जेठ १८, बिहिबार
विदेशमा बस्ने नेपालीको मताधिकार प्रत्याभूत गर्न प्रतिवद्ध छौं- प्रधानमन्त्री प्रचण्ड
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् । चार दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा नेपाली दूताबासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकालाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् । भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिनसमेत उनको आग्रह थियो ।
-
२०८० जेठ १८, बिहिबार
नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिदको लक्ष्य राखेको छ : मोदी
काठमाडौं - नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । यस सम्झौता अन्तरगत भारतले नेपालबाट आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य राखिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकारी दिए । नेपालका प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशबीच थुप्रै महत्त्वपूर्ण सम्झौता भएको बताए । उनले भने, ‘आगामी १० वर्षमा नेपालबाट १० हजार...


