राजनीति
-
२०८० जेठ ८, सोमबार
लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीले लिए शपथ
काठमाडौं - लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन्। नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा आज आयोजित शपथ ग्रहण समारोहमा पद तथा गोपनीयताको शपथ गराए। आज शपथ लिएका मन्त्रीहरुमा नेपाली कांग्रेसका राजुप्रसाद खनाललाई स्वास्थ्य, जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास र जनता समाजवादी पार्टीका...
-
२०८० जेठ ५, शुक्रबार
नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्द फिर्ता
काठमाडौं - वैशाख ६ देखि १० गतेसम्मका लागि नेपाल बन्दको घोषणा गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) दे बन्द कार्यक्रम फिर्ता लिएको छ । शुक्रबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेर फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्दै बन्द फिर्ता लिएको विज्ञप्तिमार्फत भनिएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री...
-
२०८० जेठ ५, शुक्रबार
सरकारका नीति तथा कार्यक्रम प्रस्तुत : सुविधा सम्पन्न सार्वजनिक शौचालय बनाउनेदेखि किसानलाई वाटरपम्प र ट्युबेल निःशुल्क दिइने
काठमाडौँ - सरकारले यात्री पर्यटक सेवाग्राहीको अत्याधिक चाप हुने सार्वजनिक स्थलमा निजी तथा सामुदायिक साझेदारीमा एक हजार सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्राम स्थल निर्माण गर्ने घोषणा गरेको छ । शुक्रवार सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले राजमार्गहरुमा सार्वजनिक निजी साझेदारीमा स्मार्ट रोड साइट स्टेशन निर्माण गर्ने घोषणा गरे । त्यस्तै...
-
२०८० जेठ ४, बिहिबार
सर्वोच्चको फैसला स्वीकार्य छ : रेशम चौधरी
काठमाडौं - टीकापुर घटनामा दोषी ठहरिएर जन्मकैदको सजाय पाएका रेशम चौधरीले संयमित प्रतिक्रिया दिएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै फैसलालाई सम्मान र स्वीकार गर्ने बताए । विज्ञप्तिमा उनले भनेका छन्, ‘सर्वोच्च अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न ।’ उनले टीकापुर घटनामाथि गरिएको फैसलामा पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् । तर, पुनरावेदन गर्ने...
-
२०८० जेठ ४, बिहिबार
प्रधानमन्त्रीले आज सांसदमा प्रश्नको जवाफ दिने
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । संसद् सचिवालयले सार्वजनिक गरेको आज बस्ने बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने उल्लेख छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा...
-
२०८० जेठ ४, बिहिबार
रेशमविरुद्धको फैसला : नागरिक उन्मुक्ति पार्टीको बन्दसमेतको आन्दोलन घोषणा
काठमाडौं - सर्वोच्च अदालतले रेशमलाल चौधरीका सम्बन्धमा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलकै फैसला सदर गरे पश्चात नागरिक उन्मुक्ति पार्टीले अब के गर्छ ? यसबारे सबैको चासो बढेको छ । हुनत, रेशमको हिराइको मागसहित नाउपाले आन्दोलनको घोषणा गरिसकेको छ । आन्दोलनसँगै अब उ सत्ता गठबन्धनबाट बाहिरिन्छ वा अन्य विकल्प खोज्छ त ? सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीका सम्बन्धमा...
-
२०८० जेठ २, मंगलबार
सरकार र संसद अरुले नै चलाउँछन् : मन्त्री किराँती
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकार र संसद अरुले नै चलाउने गरेको र आफूले सोचेअनुसार काम गर्न नपाएको गुनासो गरेका छन् । आज (मंगलबार) संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै मन्त्री किरातीले आफू शोकेसकाे मान्छेजस्तो भएको बताए । संसद र मन्त्री अरूले नै चलाउने गरेकाे र आफू त डमी मात्रै रहेकाे भन्दै उनले मन्त्रीको रुपमा सरकारमा बस्दा आफूले...
-
२०८० जेठ २, मंगलबार
प्रधानमन्त्रीले बाेलाए १० दलको बैठक
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ १० दलको बैठक बोलाएका छन् । सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले दिउँसो साढे २ बजेलाई सिंहरबारमा बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। छलफलमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका नेताहरुको सुझाव माग्ने उनले बताए । सरकारले ५ गते नीति तथा कार्यक्रम संसदमा...
-
२०८० जेठ २, मंगलबार
आगामी वर्षको नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारी
काठमाडौँ - सरकारले आगामी वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने तयारी गरेको छ । यसअघि जेठ ३ गते ल्याउने चर्चा भए पनि सरकारको तयारी नपुगेका कारण जेठ ५ मा ल्याउने भएको हो । आज (मंगलबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीचको भएको भेटवार्तामा सभामुखलाई जानकारी गराउँदै प्रधानमन्त्रीले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न लागेको...
-
२०८० जेठ १, सोमबार
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वसांसदले गरे प्रहरीसामू आत्मसमर्पण
काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर अदालतबाट पक्राउ पुर्जी जारी भएपनि पक्राउ नपरेका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीसामू पुगेर आत्मसमर्पण गरेका छन् । सोमबार टेकुस्थित जिल्ला प्रहरी परिसरमा पुगेर शेर्पाले आत्मसमर्पण गरेका हुन् । आइतबार साँझ यस प्रकरणमा मुछिएर फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । यसअघि प्रहरीले ...
-
२०८० जेठ १, सोमबार
पूर्वमन्त्री टोपबहादुरलाई ३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं - जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । आज प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत रायमाझीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो । सोहीअनुरुप अदालतले म्याद दिएको हो । रायमाझीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा...
-
२०८० जेठ १, सोमबार
खाँणको बयान सुरु
काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु गरिएको छ । खाँणलाई आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराएर बयान लिइएको हो । सो प्रकरणमा सरकारी वकिलको कार्यालयले आइतबार खाँणसहितका १२ जना अभियुक्तलाई ४ दिनको म्याद थपेर बयान लिन प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले चार दिनभित्र उनीहरुको बयान लिएर, अनुसन्धान प्रतिवेदन तयार गरेर...


