STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ फाल्गुण ७, आइतबार

    प्रधानमन्त्री भेट्न कांग्रेसका शीर्ष नेताहरु बालुवाटारमा

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा त्यस विषयमा छलफल गर्न आइतबार बेलुका कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र महामन्त्री...

  • २०७९ फाल्गुण ५, शुक्रबार

    जनमोर्चाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    काठमाडौँ - राष्ट्रिय जनमोेर्चा पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका नेताहरू पुगेर ज्ञापन पत्र बुझाएका हुन्। पछिल्ला राजनीतिक विषयवस्तु र समसामयिक घटनाक्रमका बारेमा प्रधनमन्त्रीको ध्यानाकर्षण गराउनेगरी ज्ञापनपत्र बुझाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अध्यक्ष...

  • २०७९ फाल्गुण ५, शुक्रबार

    ओली-प्रचण्डले भने–‘हामी मिलेरै अगाडि बढ्छौँ’

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा आज दिउँसो भएको वार्तामा वर्तमान राजनीतिक सन्दर्भमा छलफल भएको थियो । भेटपछि फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले आफूहरू एकै ठाउँमा रहेको र राष्ट्रपतिका बारेमा एक–दुई दिनभित्रै सहमति गर्ने कोसिस भइरहेको बताए। उनले भने, “गठबन्धन...

  • २०७९ फाल्गुण ५, शुक्रबार

    राष्ट्रपतिबाट स्थानीय तह निर्वाचनकाे जरिवाना रकम मिनाहा

    काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको जरिवानाको रकम माफी मिनाहा भएको छ । उनले मन्त्रिपरिषद्को यही फागुन ४ गतेको बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम सो जरिवानाको रकम माफी मिनाहा गरेकाे राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी...

  • २०७९ फाल्गुण ५, शुक्रबार

    भारतीय सेनाका चार पूर्वप्रमुख काठमाडाैँमा

    काठमाडाैँ - भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडाैँ आइपुगेका छन् । उनीहरू नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन काठमाडाैँ आएका हुन् । काठमाडौँ आउनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग रहेका छन् । नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो । त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार आउने बताइएको छ ।...

  • २०७९ फाल्गुण ४, बिहिबार

    निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारबाही नगर्न सर्वाेच्चको अन्तरिम आदेश

      काठमाडौं - सर्वोच्च अदालतले निर्वाचन आयोगलाई निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आयोगविरुद्ध दायरको गरेको रिटमा बिहीबार सर्वाेच्चले तत्काल सबै उम्मेदवारलाई निर्वाचन खर्च नबुझाएको भन्दै कारबाही नगर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘निर्वाचन आयोगको मिति गत भदौ ३१ को जरिवाना तिराउने निर्णयबाट स्थानीय तहका...

  • २०७९ फाल्गुण ४, बिहिबार

    स्ववियु निर्वाचन : चैत ५ गते बिहान ८ बजेदेखि मतदान

    काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरे । कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको...

  • २०७९ फाल्गुण ४, बिहिबार

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष अ‍ोलीबीच बालुवाटारमा भेटवार्ता

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । दुई नेताबीच वार्ता जारी छ । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा यी दुई नेताले भेटघाट बाक्लो बनाएका छन् । माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्ति ल्याउनुपर्ने बताउँदै आएको छ । एमाले भने पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने...

  • २०७९ फाल्गुण ३, बुधबार

    मेयर बालेनसँग जरिवाना नलिन सर्वाेच्चको अन्तरिम आदेश

    काठमाडौं - सर्वाेच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)सँग निर्वाचन आयोगलाई निर्वाचन खर्च विवरण नबुझाएकोमा तत्काल जरिवाना अशुल नगर्न अन्तरिम आदेश दिएको छ । मेयर शाहले आयोगविरुद्ध दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा। आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको...

  • २०७९ फाल्गुण ३, बुधबार

    प्रधानमन्त्री प्रचण्डको निर्देशन– ‘गोङ्गबु घटनाको छानबिन गर्नुस्, लुटपाटमा संलग्नलाई कारबाही गर्नुस्’

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार दिउँसो काठमाडौँको गोङ्गबुमा भएको घटनाको गम्भीररूपमा छानबिन गर्न सुरक्षा अङ्गका प्रमुखलाई निर्देशन दिएका छन्। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर उनले घटनाको गहिरो गरी छानबिन गर्न र अन्यायमा परेका सबैले समुचित न्याय पाउने गरी कारबाही गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले भने, “गोङ्गबुमा सोमबार...

  • २०७९ फाल्गुण १, सोमबार

    'जनयुद्ध दिवस' अब राष्ट्रकै सम्पति : प्रधानमन्त्री दाहाल

    काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १ गते मनाइने जनयुद्ध दिवसले वैधानिकता पाएको बताएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ढिलै भए पनि जनयुद्ध दिवस वैधानिक तवरबाट स्थापित भएको बताएका हुन् । ‘वैधानिक तवरबाट स्थतापित गरिनुपर्थ्यो। ढिलै भए पनि हिजो नेपाल सरकारबाट जनयुद्ध दिवस...

  • २०७९ माघ २९, आइतबार

    चितवन २ मा वैशाख १० गते उपनिर्वाचन

    काठमाडौं - चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले रिक्त एक प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिति तोकेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए। गत मंसिर ४ मा भएको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर उनको नागरिकतासम्बन्धी...

Pages