राष्ट्रिय
-
२०७७ भाद्र १६, मंगलबार
सामाजिक विकासमन्त्रीलाई कोरोना सङ्क्रमण
विराटनगर – प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै रहनुभएको छ ।...
-
२०७७ भाद्र १६, मंगलबार
कोरोना संक्रमणबाट पूर्वन्यायाधीशको मृत्यु
काठमाडाैं – कोरोना संक्रमणबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । ७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
-
२०७७ भाद्र १६, मंगलबार
एकैदिन हजारबढी संक्रमित थपिए
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ४० हजार ५ सय २९ पुगेको छ । काठमाडौं उपत्यकामा मात्र पछिल्लाे २४ घण्टामा कोरोना भाइरसका ४८१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार कुल संक्रमितमध्ये हाल १८ हजार १ सय १२ वटा सक्रिय केशहरु छन् । आजै मात्र ७ सय ६८ जना डिस्चार्ज भएका छन् ।...
-
२०७७ भाद्र १५, सोमबार
लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदाैसम्म स्थगित
काठमाडौं – अब लामो तथा छोटो दूरीका सवारी साधन भदौ मसान्तदेखि मात्र चल्ने भएका छन् । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो तथा छोटो दूरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको हो । यसअघि बसेको मन्त्रिपरिष्द्को बैठकले १५ भदौदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो । अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ ।
-
२०७७ भाद्र १५, सोमबार
कोरोनाबाट नेकपामा नेतासहित चितवनमा थप दुईको मृत्यु
काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतासहित चितवनमा २जनाकाे कोरोना संक्रमणाबाट मृत्यु भएकाे छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उहाँ श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना हुनुभएको थियो । उचारका क्रममा आज विहान उहाँकोे निधन भएको अस्पतालले जनाएको छ । भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी ८७...
-
२०७७ भाद्र १५, सोमबार
८९९ जनामा कोरोना संक्रमण, थप ७ जनाकाे कोरोनाबाट ज्यान गयाे
काठमाडौंमा – पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म नेपालमा संक्रमतिहरुको संख्या ३९ हजार ४ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...
-
२०७७ भाद्र १४, आइतबार
उच्च ज्वरोबाट ६ जनाकाे मृत्युपछि अनुसन्धान टोली परिचालन
कञ्चनपुर– कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ । दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली सङ्क्रामक रोगबारे अनुसन्धान...
-
२०७७ भाद्र १३, शनिबार
उपत्यकाका १८६ सहित ८८४ जनामा काेराेना संक्रमण
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १८६ जना कोराेना संक्रमित थपिएका छन् । काठमाडाैंमा सबैभन्दा बढी १५५ सहित ललितपुरमा १९ र भक्तपुरमा १२ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो...
-
२०७७ भाद्र १३, शनिबार
एकैदिन १२ जनाकाे काेराेनाबाट मृत्यु, उपत्यकामा मात्र ६ जना
काठमाडौं – पछिल्लाे २४ घन्टामा उपत्यकामा ६ जनासहित नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट १२ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०७ पुगेको हो। २४ घण्टामा ज्यान...
-
२०७७ भाद्र १३, शनिबार
सबै स्थानीय तहमा अस्पताल सेवा हुने
काठमाडौँ – स्वास्थ्य सेवामा आम जनताको पहुँच उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने भएको छ । मुलुक विश्वव्यापी कोभिड १९ को महामारीमा परिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले शुक्रबार सो निर्णय गर्नुभएको हो । यो निर्णयसँगै अस्पताल नभएका ६४९ तहमा पाँच बेडको अस्पतालको सेवा तत्कालै शुरू हुनेछ । सोका लागि आवश्यक औजार र उपकरण...
-
२०७७ भाद्र १३, शनिबार
वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु
वीरगन्ज – वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । उनका अनुसार सकिस्त बिरामी रहेका मनियारीका ३७ वर्षीय पुरुषलाई शुक्रबार राति ११ बजेर ४१ मिनेटमा थप उपचारका लागि वीरगन्ज हेल्थ...
-
२०७७ भाद्र १३, शनिबार
कोराेनाबाट हुने मृत्युदर बढ्दाे : प्रत्येक दुई घण्टामा एकको मृत्यु
काठमाडौँ – नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । भदौ शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणबाट बिहीबार नौ तथा...


