relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७७ आश्विन १, बिहिबार

    कोरोना जोखिमबीच सरकारी सेवाहरु खुल्दै, जिप्रकाले बार अनुसार सेवा दिने

    काठमाडौं– काठमाडौं उपत्यकामा कोरोनो संक्रमणको जोखिम रहे पनि सरकारी तथा निजी सेवाहरु खुल्न थालेका छन् । यसैक्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज ४ गते आइतबारदेखि स्थगित गरेका सेवाहरु पुनः सञ्चालन गर्ने भएको छ । प्रशासन कार्यायले बिहीबार सूचना जारी गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता, पत्रपत्रिका, संघसंस्था दर्ता र नवीकरणसम्बन्धी सेवा असोज ४...

  • २०७७ आश्विन १, बिहिबार

    १२ सय ४६ जना कोरोना भाइरस संक्रमित थपिए

    काठमाडौं – पछिल्लो २४ घण्टामा बिहीबार  १२ सय ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार कोरोनाले पछिल्लाे २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ। मन्त्रालयका अनुसार...

  • २०७७ आश्विन १, बिहिबार

    स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न अनुरोध

    काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । काठमाडौँमा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधन नेपाल सरकारले तोकेको मापदण्ड अनिवार्य पालना गर्दै जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न प्रशासनले सबैमा अनुरोध गरेको छ । अत्यावश्यक सेवा कार्यालय आवतजावत र ढुवानीका साधनमा भने जोरबिजोर लागु नहुने प्रशासनले आज सूचना जारी गरी...

  • २०७७ आश्विन १, बिहिबार

    मन्त्री भट्ट आफै बजार अनुगमनमा, बढी मूल्य लिने व्यापारी फन्दामा

    काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्कनु भएको छ । कोरोना भाइरस (कोभिड १९) को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उहाँ आफै बजार अनुगमनमा निस्कनु भएको हो । अनुगमनका क्रममा मन्त्री भट्टले बुधबार कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुग्नुभएको उहाँका स्वकीय सचिव हितेश ओझाले जानकारी दिनुभयो । “मन्त्रीसमक्ष विहानै उपभोक्ताले प्याजको मूल्य...

  • २०७७ आश्विन १, बिहिबार

    बिहीबार अदालत नखुल्ने

    काठमाडौँ – सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो । सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उहाँको...

  • २०७७ भाद्र ३१, बुधबार

    अपडेट : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प

    काठमाडाैं –  बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा गएकाे भूकम्प सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जनाएका छन् । करिब १२ सेकेण्डसम्म साे भूकम्पकाे धक्का महसुस गरिएकाे थियाे । भूकम्पका कारण काठमाडाै‌का सर्वसाधारणहरु घरबाहिर निस्किएका थिए ।

  • २०७७ भाद्र ३१, बुधबार

    बहराइनका राजकुमार काठमाडौंमा

    काठमाडौं – बहराइनका राजकुमारसहितको टोली काठमाडौं आइपुगेकाे छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको जहाज काठमाडौं आएको हो । नेपालका दुई हिमाल आरोहणको सिलसिलामा राजकुमारसहितको टोली काठमाडौं आइपुगेकाे हो । उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको...

  • २०७७ भाद्र ३१, बुधबार

    थप १५३९ जनामा संक्रमण पुष्टि, कूल संक्रमित ५८ हजार नाघ्याे

    काठमाडाैं – पछिल्लाे २४ घण्टामा देशभर १ हजार ५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ । स्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएअनुसार पछिल्लाे २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। याेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । पछिल्लाे २४ घण्टामा १ हजार ६८...

  • २०७७ भाद्र ३०, मंगलबार

    असोज ५ बाट लामो दुरीको यातायात र आन्तरिक हवाई उडान खुल्ने

    काठमाडौं – सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रस्तावअनुसार अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । अन्तर जिल्ला यातायात र अन्तरिक हवाई उडान चैत १० बाटै रोकिएको छ । ५ साउनमा मन्त्रिपरिषदले लकडाउन अन्त्य गर्दा भदौ १ बाट अन्तर जिल्ला...

  • २०७७ भाद्र ३०, मंगलबार

    पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

    भरतपुर – नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब...

  • २०७७ भाद्र ३०, मंगलबार

    सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता

    सिन्धुपाल्चोक –  निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ हालसम्म पनि बेपत्ता नै छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२...

  • २०७७ भाद्र ३०, मंगलबार

    सवारी साधनमा देवनागरी लिपि !

    काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सवारी साधनमा देवनागरी लिपि कायम रहने आवश्यक प्रक्रिया शुरु भएको जनाउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट आज ध्यानाकर्षपत्र बुझ्दै मन्त्री नेम्वाङ्ले प्रधानमन्त्री केपी शर्मा ओलीबाट सोबारे निर्देशन प्राप्त भइसकेको र आफूले समेत यातायात व्यवस्था विभागका महानिर्देशकलाई कानुनी प्रक्रिया पूरा गरी ऐनमा संशोधन गर्नुपर्ने भए सो...

Pages