STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ भाद्र २१, आइतबार

    नेवाः अर्गनाइजेशन अफ अमेरिकाको भर्चुअल सम्मेलन आज

    काठमाडौं – अमेरिकामा बसोबास गर्दै आएका नेवारहरुको साझा संस्था नेवाः अर्गनाइजेशन अफ अमेरिकाले आज (आइतबार) राति भर्चुअल सम्मेलन गर्दैछ । संस्थाको १९ औं वार्षिक अधिवेशन मनाउन उक्त भर्चुअल सम्मेलन हुन लागेको संस्थाको नेपाल संयोजक किरणकेण रंजितले जानकारी दिनुभएको छ । नेपाली समयअनुसार राति १०ः४५ बजे हुने उक्त भर्अुचल सम्मेलन जुम एपमा हुने जानकारी पनि रंजितले दिनुभएको छ ।

  • २०७७ भाद्र २१, आइतबार

    काठमाडौं उपत्यकामा ३५४ सहित ९८० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ सहित देशभर ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२÷३२ जनामा संक्तमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो ।...

  • २०७७ भाद्र २०, शनिबार

    उपत्यकामा मात्र ४०८ सहित १०४१ जनामा संक्रमण पुष्टि

    काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकामा ४०८ सहित १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरका ३७ जना छन् । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ...

  • २०७७ भाद्र १९, शुक्रबार

    देशभर १३ सय ५९ जना संक्रमित थपिए, थप १४ जनाकाे मृत्यु

    काठमाडाैं – पछिल्लाे २४ घण्टामा देशभर १ हजार ३ सय ५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। याेसँगै  संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ। याे अहिलेसम्मकै धेरै संख्यामा संक्रमित भेटिएकाे तथ्या‌ंक हाे । यसअघि बिहीबार एकैदिन १२२८ जना कोरोना संक्रमित भेटिएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएअनुसार पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु...

  • २०७७ भाद्र १८, बिहिबार

    चितवनमा कोरोना संक्रमित महिलाकाे मृत्यु

    चितवन – चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् । अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण देखिएको उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको...

  • २०७७ भाद्र १८, बिहिबार

    डा केसीद्वारा सत्याग्रह स्थगित

    कर्णाली – वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीले सत्याग्रह स्थगित गर्नुभएको छ । उहाँले आज प्रेश विज्ञप्ति जारी गरी जुम्लामा पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै पुन: सत्याग्रह स्थगित भएको जनाउनु भएको हो । उहाँले गत साउत ३२ गते पत्रकार सम्मेलन गरी यही भदौ ११ गतेदेखि जुम्लामा अनशन बस्ने घोषणा गर्नुभएको थियो । उक्त दिनसमेत सत्याग्रह बस्ने वातावरण नमिलेपछि स्थगित गर्नुभएको थियो...

  • २०७७ भाद्र १८, बिहिबार

    काठमाडौं उपत्यकाका ४४५ सहित देशभरका १२ सय २८ जनामा संक्रमण

    काठमाडौं – विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् । यसैगरी देशभरका १२ सय २८ जनामा संक्रमण भएको मन्त्रालयले जनाएकाे छ । १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ३९४ जना महिला र ८३४ जना पुरुष गरी १२ सय २८ जनामा संक्रमण देखिको हो । बिहीबारसम्म...

  • २०७७ भाद्र १७, बुधबार

    सोह्र श्राद्ध सुरु

    काठमाडौँ – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज...

  • २०७७ भाद्र १७, बुधबार

    शिक्षण अस्पतालमा दुई र बुटवल अस्पतालमा एकजना संक्रमितको मृत्यु

    काठमाडौं – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई र कपिलवस्तुकाे बुटवल कोराेना असप्तालमा थप एकजना गरी तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पतालमा उपचाररत ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो । सुगर प्रेसर जस्ता दीर्घरोगी ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने अर्की बाथरोथ र...

  • २०७७ भाद्र १७, बुधबार

    सङ्क्रमण समुदायमा फैलिएकाबारे अध्ययन

    काठमाडौँ – सरकारले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो । नेपाल अहिले सङ्क्रमणको दोस्रो चरणमा रहेको छ...

  • २०७७ भाद्र १७, बुधबार

    थप १ हजार १ सय २० जनामा संक्रमण पुष्टि, थप १२ जनाकाे मृत्यु

    काठमाडाैं – पछिल्लो २४ घण्टामा ११ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार नयाँ संक्रमितमा ३२० महिला र ८०० पुरुष छन्। यसैगरी विगत २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। योसहित ज्यान गुमाउनेको संख्या २५१ पुगेको हो। मन्त्रालयका अनुसार १० हजार ४९३...

  • २०७७ भाद्र १६, मंगलबार

    कोरोना संक्रमणबाट पूर्वन्यायाधीशको मृत्यु

    काठमाडाैं – कोरोना संक्रमणबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो । ७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

Pages