relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७७ श्रावण १६, शुक्रबार

    विराटनगरमा १४ दिन लकडाउन घोषणा

    काठमाडाैं – समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ । शुक्रबार बसेको महानगरको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो । लकडाउनपछि बीचको अवस्थालाई हरेर थप निर्णय गरिने महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।  

  • २०७७ श्रावण १६, शुक्रबार

    २ सय २४ जना नयाँ कोरोना संक्रमित थपिए

    काठमाडौं –  आज शुक्रबार २ सय २४ जना नयाँ कोरोना संक्रमित थपिएसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । संक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय १६ छ । बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो। मन्त्रालयका...

  • २०७७ श्रावण १६, शुक्रबार

    उपत्यकामा ३८ जनामा स‌ंक्रमण पुष्टि • काेराेनाबाट एकै दिन ४ काे मृत्यु

    काठमाडौं – काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमणबाट शुक्रबारमात्रै थप ४ जनाकाे मृत्यु भएकाे छ । काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको ठेगाना सरकारले खुलाएको छैन । मृत्यु हुने ५६ पुगे नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । स्वास्थ्य...

  • २०७७ श्रावण १५, बिहिबार

    चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ

    काठमाडौँ : बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । पर्यटकीय यामलाई समेत मध्यनजर गरी ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय सञ्चालनमा आउने भएका हुन् । बन्दाबन्दी खुलेसँगै...

  • २०७७ श्रावण १५, बिहिबार

    बाढी बस्तीमा पस्दा चार बेपत्ता

    गोदावरी • मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा परेका छन् भने चार जना बेपत्ता भएका छन् । जिल्लाको भजनी नगरपालिकाका फरक÷फरक ठाउँमा चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका...

  • २०७७ श्रावण १५, बिहिबार

    काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २–२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंका ४१ जना...

  • २०७७ श्रावण १५, बिहिबार

    नेपालगन्जमा आइतबारबाट निषेधाज्ञा

    काठमाडाैं – समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि बाँकेको नेपालगन्जमा तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले समुदाय स्तरमा कोरोना संक्रमण देखिएकाले आइतबारदेखि तीन दिनसम्म जिल्ला भरी नै निषेधाज्ञा जारी गरिएको बताए । पछिल्लो पटक रेन्डम सेम्पलिङ्ग गरी पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि...

  • २०७७ श्रावण १४, बुधबार

    पनौतीका २२५ घरपरिवारलाई खाद्यान्न

    बनेपा : बन्दाबन्दीका कारणले हातमुख जोड्न समस्या भएका पनौती नगरपालिकाका सबै वडामा गरी २२५ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । नगरपालिकाको समन्वयमा सिआरएस नेपाल र शान्ति जनआदर्श सेवा केन्द्र धुलिखेलको साझेदारीमा कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत खाद्य तथा दैनिक उपभोग्य सामग्री वितरण गरिएको शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शङ्खबुद्ध लामाले बताउनुभयो । उहाँले नगरपालिकाका १२ वडामध्ये वडा...

  • २०७७ श्रावण १४, बुधबार

    उपत्यकाका १५ सहित थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    काठमाडाैं - पछिल्लो २४ घण्टामा उपत्यकाका १५ जनासहित थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छन् । संक्रमितमा काठमाडौंका १४ र भक्तपुरका १ जना समेत रहेका छन् । बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका १४ सहित थप २१० जनामा संक्रमण पुष्टि भएको बताए । पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने कूल संक्रमण निको हुनेको संख्या १४ हजार २१ पुगेको छ...

  • २०७७ श्रावण १३, मंगलबार

    काठमाडौं उपत्यकामा ५३ जनासहित ३११ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं - काठमाडौं उपत्यकाका ५३ सहित मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४८ जना संक्रमित भेटिएका छन् । यस्तै ललितपुरमा ४ र भक्तपुरका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयमा कार्यरत...

  • २०७७ श्रावण १२, सोमबार

    कोरोना सङ्क्रमणबाट युवकको मृत्यु

    जनकपुर : धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा सिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ । प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका...

  • २०७७ श्रावण १२, सोमबार

    मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न गृहको निर्देशन

    काठमाडाैं - लकडाउन खुलेसँगै  मास्क नलगाई बाहिर निस्कने सर्वसाधारण बढेपछि गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न पुन: निर्देशन दिएको छ। आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिइएको छ । निर्देशनपछि पनि अटेर गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने गृहले जनाएकाे छ । यसअघि पनि लकडाउन नखुल्दै असार २२ गते गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेहरूलाई कारबाही...

Pages