STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ आषाढ २३, मंगलबार

    मास्क नलगाइ घरबाहिर निस्किए पक्राउ गरिने

    काठमाडाैं - अब मास्क नलगाइ घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने भएको छ। कोरोनाभाइरसको संक्रमण दिनदिनै बढ्दै गएपछि गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हो। पक्राउ गरी उनीहरूमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। यो नियम सोमबारदेखि लागू भइसकेको उनले बताए। '...

  • २०७७ आषाढ २३, मंगलबार

    उपत्यकामा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै • मंगलबार थप २८ जनामा संक्रमण

    काठमाडौं : काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि उपत्यका कोरोनाको उच्च जोखिममा परेको हो। मंगलबार मात्र थप २८ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये काठमाडौंका १४, भक्तपुरका ४ र ललितपुरका १० जना रहेका छन्। सोमबार मात्रै थप ५४ जनामा कोरोना भाइस संक्रमण देखिएको थियो भने आइतबार ३० जनामा संक्रमण देखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. जागेश्वर...

  • २०७७ आषाढ २३, मंगलबार

    ट्याक्सी चलाउन दिने तयारी

    काठमाडौं - सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो । एक मन्त्रीका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ । ‘यसबारे कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (...

  • २०७७ आषाढ २२, सोमबार

    तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू : मेलम्ची खानेपानी आयोजना

    मेलम्ची : मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ । आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै उर्दी जारी गरेको हो । परीक्षणका क्रममा नदीमा पानीको बहाव घटबढ हुनसक्ने भन्दै आयोजनाले नदीमा पौडी...

  • २०७७ आषाढ २२, सोमबार

    साउन १ देखि इम्बोस्ड नम्बर प्लेट जडान सुरु, जानाैं खर्च र प्रक्रियाबारे

    आगामी साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुने भएको छ। यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै इम्बोस्ड नम्बर प्लेटको लागि आवेदन फाराम खुलाएको छ। २०७४ भदौ ५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गरेपनि नम्बर प्लेट देवनागरीको सट्टा अंग्रेजीमा लेखिएको भन्दै सर्वोच्चमा रिट परेको थियो। उक्त रिटमाथि प्रथम सुनुवाई गर्दै...

  • २०७७ आषाढ २२, सोमबार

    काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण

    काठमाडौं : काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार ५४ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।आइतबार मात्र उपत्यकामा ३० जनामा कोरोना संक्रमण देखिएको थियो। संक्रमित हुनेमा काठमाडौंका २४, भक्तपुरका १० जना र ललितपुरका...

  • २०७७ आषाढ २१, आइतबार

    एक सिपाही : एक बिरुवा रोपण

    नेपाली सेनाले पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिकाको खण्डमा आज वृक्षरोपण गरेको छ । व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (ई) ले राजमार्गको दायाँबायाँ खण्डमा वृक्षरोपण गरेको गणपति प्रमुख सेनानी मनोज गुरुङले जानकारी दिनुभयो । कालीभञ्जन गणको समुदायप्रति उत्तरदायित्व बहन तथा ‘एक सिपाही एक बिरुवा’ कार्यक्रमअन्तर्गत वृक्षरोपण गरिएको गुरुङले जानकारी दिनुभयो । प्रमुख सेनानी गुरुङका अनुसार...

  • २०७७ आषाढ २१, आइतबार

    मेलम्चीको सुरुङमा पानी पठाई परीक्षण

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आइतबारदेखि पानी जोडिएपछि मेलम्ची र बागमती नदीमा पानीको वहाब बढ्नसक्ने भन्दै सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । मेलम्ची खानेपानी आयोजना विकास समितिले मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रका खोलानाला साथै बाग्मती नदीमा कुनैपनि बेला पानीको बहाब बढ्न सक्ने बताएको छ । त्यसैले ती नदी तथा खोलाको किनारमा जाँदा विशेष सावधानी अपनाउन...

  • २०७७ आषाढ २१, आइतबार

    संघनायक ज्ञानपूर्णिक महास्थविरको अन्तिम संस्कार सम्पन्न

    काठमाडौं,  नेपाली थेरवादी भिक्षुहरु मध्ये सर्वोच्च पदमा आसिन संघनायक ज्ञानपूर्णिक महास्थविरको आज आइतबार बागमती किनार शंखमुल घाटमा अन्तिम संस्कार गरियो । संघनायक ज्ञानपूर्णिक महास्थविरको शुक्रबार ८१ वर्षको उमेरमा शुक्रबार बिहान ४.३५ बजे निधन भएको थियो । उहाँको पार्थिव शरिरमा कार्यबाहक संघनायक बोधिसेन महास्थविर, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थविर लगायत अन्य भन्ते तथा गुरुमां एवं...

  • २०७७ आषाढ २१, आइतबार

    पत्रकारमाथि दुर्व्यवहारमा संलग्नलाई कारवाही गर्नुपर्ने माग

    काठमाडौँ : नेपाल प्रेस युनियनले पछिल्लो पटक बाँके र लमजुङमा पत्रकारमाथि भएको आक्रमण र दुव्र्यवहारसम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्नुपर्ने माग गरेको छ । लमजुङका पत्रकार आश गुरुङमाथि यही असार १८ गते समाचार प्रकाशनका विषयलाई लिएर बेँसीशहर नगरपालिका–७ का वडाध्यक्ष गोविन्द बस्नेतले सार्वजनिक स्थानमा बोलाई हातपात तथा गालीगलोज गरेको जनाइएको छ । खोज पत्रकारिता केन्द्रमा प्रकाशित ‘...

  • २०७७ आषाढ २१, आइतबार

    असार २५ पछि नदीको बहाव बढ्ने : सावधानी अपनाउन आग्रह

    काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार मौसम सक्रिय रहेकाले धेरैजसो स्थानमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ । असार २६ देखि २९ गतेसम्म धेरै स्थानमा नदी कतै सतर्कताको तह पार गरी खतराको तहसम्म पुग्ने भएकाले बेलैमा पू्र्वसावधानी अपनाउन भनिएको छ । असार २६ देखि २९...

  • २०७७ आषाढ २१, आइतबार

    गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै

    आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र...

Pages