राष्ट्रिय
-
२०८३ श्रावण २२, शुक्रबार
सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रका लागि ३करोड ५० लाख बजेट छुट्याइने
नेपाल सरकारले अब सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न तीन करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले तयार पारेको ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि, २०८३’ को मस्यौदामाथि चलचित्रकर्मी तथा सरोकारवालासँग छलफल पछि याे निर्णय गरेको हाे।...
-
२०८३ श्रावण २०, बुधबार
अन्तर्राष्ट्रिय स्तरको फिल्म अवार्ड गर्न टाेलि नेपाल आइपुगे
काठमाडौंमा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड–२०२६) को तयारी अन्तिम चरणमा पुगेको छ । याे अवार्ड आगामी अगस्ट १५ (साउन ३० गते) काठमाडौं काे याक एन यति हाेटलमा सम्पन्न हुने भएको छ । अवार्ड समारोहलाई सफल बनाउन बेलायतस्थित आयोजक टोली इन्फा ईभेन्ट्स युकेको टोली बुधवार साँझ काठमाडौं आइपुगेको छ । काठमाडौंकाे त्रिभुवन विमानस्थलमा आयोजक टोलीलाई इन्फा नेपालका...
-
२०८३ श्रावण १८, सोमबार
गायिका आगन्तुक खरेलले खोलिन् अन्तर्राष्ट्रियस्तरको ‘प्रीटि सलून’
संयुक्त अरब इमिरेट्स (यूएई) मा पछिल्लो ११ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको ‘प्रीटि सलुन’ ले अब काठमाडौंमा काठमाडौं महानगरिपालिका वडा नम्बर ३१, शंखमुलस्थित बागमती नदीको पुलको छेउमा पनि अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा स्किन केयर सेवा प्रारम्भ गरेको छ । गायिका आगन्तुक खरेलको उक्त सलून सञ्चालनमा ल्याएकी हुन् । सांगीतिक क्षेत्रका विभिन्न सेलिब्रेटीमाझ आइतवार गायिका खरेलकी सुपुत्री आँचल...
-
२०८३ श्रावण १८, सोमबार
चैत्यदेवीसहित पाँच साधकहरू अभिनन्दित हुने
साहित्यिक पत्रकार सङ्घले आफ्नो ५५ औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका पाँच विशिष्ट साधकलाई अभिनन्दन गर्ने भएको छ । यसरी अभिनन्दन गरिन लागेकाहरुमा नेपाली संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान दिनु भएबापत वरिष्ठ संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, नेपाली चित्रकलामा योगदान गर्नु भएबापत वरिष्ठ चित्रकार प्रा. मदन चित्रकार, नेपाली साहित्यमा योगदान गर्नु भएबापत वरिष्ठ कवि ज्ञान उदास,...
-
२०८३ श्रावण १७, आइतबार
कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत
नेपालभाषाकाे वाङ्गमय क्षेत्रमा चार सयभन्दा बढी पुस्तक प्रकाशन गरेर अतुलनीय याेगदान गरिसकेको संस्था कुतः पिकाक प्रकाशनले भक्तपुरमा तीन जना स्रस्टाहरूलाई पुरस्कृत गरेकाे छ । ३२ वर्षदेखि अबिछिन्न प्रकाशन हुँदैआएकाे लुँध्वाखा पत्रिकामा लघु कथा उपलब्ध गराएका १७२ कथा मध्ये उत्कृष्ट तीन जना स्रष्टाहरू नगदसहित पुरस्कृत भएका हुन् । नेपाली र नेपालभाषामा साहित्य रचना गर्दैआएका लघुकथाकार दिव्य गिरि ५५...
-
२०८३ श्रावण १४, बिहिबार
मिथिला शर्माले अर्पण गरे गुरु दक्षिणा स्वरुप सम्मान
नेपालको कला क्षेत्रमा अति आदरणीय वरिष्ठ अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्नो नृत्य तथा अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरूप उनीहरूको नाममा स्थापना गरेको पुरस्कारलाई यस वर्ष पनि निरन्तरता दिएकी छिन् । अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्नो नृत्य र अभिनय यात्राका गुरुहरूलाई गुरु दक्षिणास्वरूप उनीहरूको नाममा स्थापना गरेको सम्मान राजधानीमा आयोजित एक समारोहबीच प्रदान...
-
२०८३ श्रावण ११, सोमबार
३२औँ विश्व आदिवासी दिवसमा 'खुलामञ्चबाट विश्वलाई सन्देश’ प्रवाह गरिने
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौंको खुलामञ्चमा अभूतपूर्व सहभागिताका साथ मनाउने तयारीलाई तीव्र बनाएको छ । महासंघले यस वर्षको दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभई नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाजलाई विश्वसामु प्रस्तुत गर्ने ऐतिहासिक अभियान का रूपमा मनाउन लागेको जनाएको छ । नेफिनका अध्यक्ष निमा...
-
२०८३ श्रावण ११, सोमबार
सरकारको विरोधमा नेमकिपा
निओ फ्युजन स्कुल अफ कम्प्युटर भक्तपुरको २१ औँ वार्षिक उत्सवको अवसरमा शनिबार भक्तपुरमा उदघाटन गर्दै नेपाल मजदुर किसान पार्टी -नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले बिजुक्छेले वर्तमान सरकार नभई पनि नहुने र भएर पनि नहुने बताएका छन् । सरकार नभए पनि नहुने र तर भए पनि हालको सरकार भारत र अमेरिकाले बनाइदिएको आरोप लगाएका छन् । त्यही कारण सरकारको निरन्तर विरोध गरिरहने उनले जानकारी गराए । बिजुक्छेले...
-
२०८३ श्रावण ९, शनिबार
निर्देशक किशोर सुब्बाको लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो सार्वजनिक
हाल अमेरिका बसोबास गर्दै आएका निर्देशक किशोर सुब्बाको लामो समयको प्रतिक्षापछि बहुप्रतीक्षित लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो जेपिजे इन्टरटेन्ट्मेन्ट युट्युब च्यानलमार्फत वर्ल्ड प्रिमियरसहित सार्वजनिक गरिएको छ । निर्देशक सुब्बाको परिकल्पना, निर्माण तथा निर्देशनमा तयार भएको यस म्युजिक भिडियोको सम्पूर्ण छायांकन अमेरिकाको न्युयोर्क आसपासका विभिन्न रमणीय स्थानमा गरिएको हो। भिडियोको छायांकन...
-
२०८३ श्रावण १, शुक्रबार
आठ पर्दासहित अत्याधुनिक स्वरूपमा गुण सिनेमा पुनः सन्चालनमा
वि.सं. २०५२ सालदेखि करिब २७ वर्षसम्म निरन्तर रूपमा दर्शकलाई चलचित्र प्रदर्शन सेवा प्रदान गरेको गुण सिनेमाले २०७९ सालदेखि नयाँ भवन निर्माण सुरु गरेको थियो। आधुनिक संरचना, विश्वस्तरीय प्रविधि र सुविधासहित पुनर्निर्माण सम्पन्न भएपछि गुण सिनेमा पुनः दर्शकको मनोरञ्जनका लागि खुला गरिएको छ । ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा अत्याधुनिक प्रविधियुक्त आठवटा पर्दासहित साउन १ गतेदेखि पुनः सञ्चालनमा आएको छ...
-
२०८३ आषाढ ३१, बुधबार
तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन साउन २४–२७ गते काठमाडौंमा
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा तथा नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आगामी २०८३ साल साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना गरिने भएको छ । काठमाडौंको नयाँबजारमा यस विषयमा सम्पन्न बैठकमा सम्मेलनको प्रारम्भिक योजना तथा कार्यक्रमबारे फोनिजका महासचिव समीर बलामी ले कार्ययोजना प्रस्तुत गरेका थिए। सम्मेलनमा विश्वका...
-
२०८३ आषाढ २२, सोमबार
बन्धु र शर्मालाई राजेन्द्र सुवेदी स्मृति पुरस्कार
राजेन्द्र सुवेदी स्मृति समाजले वि.सं. २०८२ सालको राजेन्द्र सुवेदी स्मृति साहित्य पुरस्कार वरिष्ठ समालोचक प्रा.डा.चूडामणि बन्धुलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली साहित्यको समालोचना, भाषाविज्ञान, अनुसन्धान तथा लोकसाहित्यका क्षेत्रमा बन्धुको अतुलनीय योगदान रहेको छ । यसै गरी सोही वर्षको राजेन्द्र सुवेदी स्मृति कला पुरस्कार वरिष्ठ अभिनेत्री शकुन्तला शर्मा गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ ।...


