राष्ट्रिय
-
२०८२ आश्विन २३, बिहिबार
जेनजी अभियन्ता डा. निकोलस भुसाल माइतीघरबाट पक्राउ
काठमाडौं - माइतीघर मण्डलामा आन्दोलन गर्न गएका जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन् । जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । माइतीघर परिसरमा प्रहरीको बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन । जेनजी आन्दोलनको एक महिना पूरा हुँदा पनि केही माग सम्बोधन नभएको भन्दै उनको समूहले प्रदर्शन आयोजना गरेको थियो...
-
२०८२ आश्विन २३, बिहिबार
क्षतिग्रस्त बीपी राजमार्ग अनुगमन गर्दै कुलमान
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढीपहिरोले विनाश गरेको बीपी राजमार्गको अनुगमन गरेका छन् । मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको प्राविधिक टोली लिएर घिसिङ अनुगमनमा पुगेका हुन् । उनले आज रोशीको बाढीले बितण्डा मच्चाएको चौकीडाँडा क्षेत्रको निरीक्षण गरे । त्यहाँको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन बनाएर सञ्चालन गर्न लागिएको छ । संघीय...
-
२०८२ आश्विन २३, बिहिबार
माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा
काठमाडौं - माइतीघर–नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले ती क्षेत्रहरुमा ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीहरु परिचालन गरिएको छ । जेन–जी समूहले तत्कालीन प्रधामन्त्री केपी शर्मा, गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । त्यसपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जी अगुवा सुदन...
-
२०८२ आश्विन २३, बिहिबार
छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँ जात्रा सुरु
काठमाडौं- ब्रह्मा, विष्णु र महेश्वर भगवान्को पूजाआराधना गरी टोल टोलमा रथ (खट) घुमाएर बुधबार हाँडीगाउँको जात्रा मनाइएको छ । विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडादसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट हाँडीगाउँमा मनाइँदै आएको छ । विश्वकर्माले बनाएका यी त्रिदेवको एकै पटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा...
-
२०८२ आश्विन २३, बिहिबार
माइतीघरमा गर्ने भनिएको जेनजीको प्रदर्शन स्थगित
काठमाडौं - जेनजी आन्दोलनसँग सम्बन्धित एउटा समूह NTEK–Z ले भोलि राजधानीको माइतीघरमा गर्ने भनिएको शान्तिपूर्ण प्रदर्शन स्थगित भएको छ। संस्थाका केन्द्रीय पदाधिकारीहरुको बुधबार बसेको बैठकले आन्दोलनमा अराजक तत्वहरू प्रवेश गर्न सक्ने र अप्रिय घटना हुन सक्ने आशंकाका कारण भोलिको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाइएको छ । बैठकपछि सो समूहले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'विभिन्न किसिमका...
-
२०८२ आश्विन २३, बिहिबार
मलेसियालाई हराउँदै नेपालले जित्यो महिला टी-२० शृंखला
काठमाडौं - अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालले महिला टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ। पाँच खेलको सिरिजअन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो। योसँगै नेपालले ३.२ ले सिरिज जितेको हो। मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गर्यो। यसअघि नेपाल दोस्रो र चौथो खेलमा ६ विकेटले विजयी भएको थियो। पहिलो खेलमा भने नेपाल ३ रन र तेस्रो...
-
२०८२ आश्विन १३, सोमबार
देउवाका सालोको घरमा सिआइबीको छापा
काठमाडौं - कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ । सीआईबीबाट खटिएको टोली एवं स्थानीय प्रहरीको सहयोगमा जावलाखेलस्थित राणाको घरमा प्रहरी घेराबन्दी गरेर सामानहरू खानतलासी र बरामद गर्ने काम भइरहेको पारिवारिक स्रोतले बताएको छ । राणा पूर्वप्रधानमन्त्री देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन् । आरजु राणाले...
-
२०८२ आश्विन १३, सोमबार
केपी शर्मा ओली र रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनकै मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जना विदेश जान नपाउने भएका छन्। विदेश जान रोक लगाइएकामा पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल छन्। जेनजी आन्दोलनमा अस्वाभाविक बल प्रयोग गरेका कारण अनुसन्धानको दायरामा रहेको भन्दै न्यायिक जाँचबुझ आयोगले उनीहरूको यात्रा सीमित...
-
२०८२ आश्विन १२, आइतबार
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डले जानकारी दिएको छ । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन...
-
२०८२ आश्विन १२, आइतबार
जेनजी आन्दोलनमा २३ सय जना घाइते भएको तथ्यांक, घाइतेलाई परिचयपत्र दिइने
काठमाडौं - भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभर करिब २३ सय जना घाइते भएको प्रारम्भिक तथ्यांक निकालिएको छ। गृह र स्वास्थ्य सचिवसहितको टिमले देशभरबाट संकलन गरेको विवरणका आधारमा यो तथ्यांक निकालेको उच्च स्रोतले जनाएको छ। त्यस्तै यी घाइतेहरूको उपचार गर्न सरकारले 'डेडिकेटेड' अस्पताल तोक्ने भएको छ। यसबारे भने शनिबार गृह मन्त्रालयले नै विज्ञप्ति जारी गरी जानकारी दिएको छ। स्रोतका अनुसार काठमाडौंमा...
-
२०८२ आश्विन १२, आइतबार
युलेन्स स्कुलको अध्यक्ष पदबाट आरजुले दिइन् राजीनामा
निवर्तमान परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन्। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो। त्यसयता उनलाई अभिभावकले अध्यक्षबाट राजीनामा दिन दबाब दिइरहेका थिए। यस क्रममा राणाले शुक्रबार अध्यक्ष पदबाट राजीनामा दिएको युलेन्स फाउन्डेसन स्रोतले शनिबार जानकारी दियो। ‘...
-
२०८२ आश्विन ७, मंगलबार
भक्तपुरकै अगुवा सामाजिक संस्था न्ह्यज्या खलःको स्थापना दिवस सम्पन्न
भक्तपुर जिल्ला कै सबभन्दा जेठो सामाजिक संस्था न्ह्यज्या खलः थिमिले ६४ औंं स्थापना दिवस भव्य रुपमा मनाएको छ । यसै सन्दर्भमा खलःले प्रत्येक वर्ष बडा दशैंको घटस्थापनको दिन साहित्यिक र सांस्कृतिक कार्यक्रम कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा साहित्यकार कृष्णमोहन जोशीको ‘मुक्तिको लागि’ नामक कविता संग्रह विमोचन गरिएको छ । शैक्षिक, राजनीतिक, सांस्कृतिक र सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले साढे...


