राष्ट्रिय
-
२०८२ माघ २४, शनिबार
दक्षीण एशियाका पत्रकारहरु साउथ एशियन हिरो एवार्ड–२०२६ बाट सम्मानित
नयाँ दिल्ली। श्रीलंकामा स्थापना भएको सार्क फाउन्डेशनले लोकतन्त्र, मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा योगदान पुराएका नेपाल, भारत, बंगलादेस र श्रीलंकाका विभिन्न व्यक्तिहरुलाई साउथ एशियन हिरो एवार्ड– २०२६ बाट सम्मान गरेको छ । भारतको नयाँदिल्ली स्थित होटल क्राउन प्लाजामा शुक्रबार साँझ आयोजित विषेश क्रार्यक्रमका बिचमा उनीहरुलाई सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरुमा सार्क पत्रकार...
-
२०८२ माघ २३, शुक्रबार
खाद्य परिकार यमरी युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियामा
काठमाडौँ, नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यमरीलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक संस्कृतिक सङ्गठन युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियाबारे छलफल अघि बढेको छ ।काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका पदाधिकारी र समुदायका प्रतिनिधिबीचको छलफलमा यस्तो प्रक्रिया अघि बढाइएको समितिका संयोजक आशामान सङ्गतले जानकारी दिनुभयो ।“हरेक शुभकार्यसँग...
-
२०८२ माघ २३, शुक्रबार
कास्कीमा ७७ जनाले निजी हातहतियार बुझाए
गण्डकी, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिएसँगै कास्कीका ७७ जना निजी प्रयोजनका लागि राखिएका इजाजत प्राप्त हातहतियार जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् । यही माघ २० गतेभित्र इजाजत प्राप्त हातहतियार बुझाउन गरिएको सार्वजनिक सूचनाका आधारमा उक्त सङ्ख्यामा हातहतियार प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । स्थानीय प्रशासनले निर्वाचनलाई...
-
२०८२ माघ २३, शुक्रबार
चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव
काठमाडौँ, जेरियाट्रिक सोसाइटी अफ नेपालले राजनीतिक दल र स्वतन्त्र उम्मदेवारलाई आफ्ना चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन आह्वान गरेको छ । सोसाइटीले विज्ञप्ति जारी गरी चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकसँग सम्बन्धित स्वास्थ्य, सामाजिक अधिकार, संरक्षण र सशक्तीकरणसम्बन्धी १४ वटा विषय अनिवार्य रूपमा समावेश गर्न माग गरेको हो । जनगणना, २०७८ अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकको...
-
२०८२ माघ २२, बिहिबार
भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह
काठमाडौँ, आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न र नगराउन उम्मेदवारहरुलाई विज्ञापन बोर्डले आग्रह गरेको छ । बोर्डले आज प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाललगायतमा कुनै दल तथा दलका उम्मेदवार वा नेता तथा कार्यकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा होच्याउने, भ्रम सृजना गर्ने जस्ता कार्य भईरहेको गुनासो बोर्डमा प्राप्त भइरहेको जनाएको छ । निर्वाचन आयोग...
-
२०८२ माघ २१, बुधबार
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ । शिक्षा विभाग र सूचना प्रविधि विभागले आफ्नै प्रणाली विकास गरेर सामुदायिक विद्यालयलाई एकीकृत प्रणालीमा जोडेका हुन् । सबै विद्यालयहरुलाई ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गरिसकिएको छ । यस्तै जनकल्याण मावि, टङ्गाल मावि, गीतामाता मावि, ज्ञानोदय मावि, तरुण...
-
२०८२ माघ २१, बुधबार
समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
काठमाडौं - समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन भएको छ । निर्वाचन आयोगले दलहरूले बुझाएको विवरणउपर अध्ययन सकाएर अन्तिम अन्तिम नामावली प्रकाशन गरेको हो । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट १६५ र समानुपातिक तर्फबाट ११० जना निर्वाचित हुन्छन् । समानुपातिक तर्फका लागि दलहरूले गत पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची बुझाएका थिए । प्राप्त उम्मेदवारीउपर छानबिन...
-
२०८२ माघ २१, बुधबार
निर्वाचनको लागि सेना परिचालन हुँदै
काठमाडौं - आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदै छन् । निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचन आउन एक महिना मात्र बाँकी...
-
२०८२ माघ २०, मंगलबार
निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी
दोधारा चाँदनी(कञ्चनपुर), २० माघः छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको...
-
२०८२ माघ २०, मंगलबार
खोला किनारमा चितुवा मृत फेला
बागमती, मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोला किनारमा चितुवा मृतावस्थामा फेला परेको छ । खोला किनारमा स्थानीयले सोमबार साँझ मृत चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै चित्लाङ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, पदाधिकारी, स्थानीय जनप्रतिनिधि र स्थानीयको रोहवरमा चितुवाको शव गोदामचौरमा व्यवस्थापन गरिएको जिल्ला...
-
२०८२ माघ २०, मंगलबार
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपश्चात् प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भन्नुभयो, “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौ ।” कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न...
-
२०८२ माघ १८, आइतबार
प्रतिनिधिसभा सदस्य निर्वाचनः आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल
काठमाडौँ, निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी दिन आयोगले साप्ताहिक रूपमा आयोजना गर्ने गरेको पत्रकार सम्मेलनका अवसरमा आज यहाँ सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता उल्लङ्घनका घटनाबारे नागरिकले प्रमाणसहित उजुरी दिनसक्ने गरी अलग्गै इमेलको व्यवस्था गरिएको...


