राष्ट्रिय
-
२०८१ माघ २५, शुक्रबार
अधिराजकुमारी सोफीयाद्वारा भक्तपुर अस्पतालको प्रसूति सेवाबारे चासो
भक्तपुर - नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले आज भक्तपुर अस्पतालको अवलोकन गरेकी छन् । उनले भक्तपुर अस्पतालको प्रसूति कक्ष (गाइनो वार्ड)को अवलोकन गरेकी हुन् । अवलोकनका क्रममा अधिराजकुमारी सोफीयाले प्रसूति सेवाबारे विस्तृत रूपमा जानकारी लिएकी थिइन् । उनले अस्पतालको प्रसूति कक्षमा रहेका सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था र उपचार विधिका बारेमा जानकारी...
-
२०८१ माघ २४, बिहिबार
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
काठमाडौँ - बूढानिलकण्ठ नगरपालिकाले संयुक्त राष्ट्र सङ्घीय शिक्षा, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत हुन प्रारम्भिक चरणको प्रक्रिया आरम्भ गरेको छ । बूढानिलकण्ठ–३ स्थित विष्णु गुप्ताका पालामा दोस्रो शताब्दीमा निर्मित बूढानिलकण्ठ मूर्ति र मन्दिर क्षेत्रलाई युनेस्को विश्वसम्पदा सूचीमा समावेश गर्न आजदेखि औपचारिक रूपमा सरोकार निकाय, इतिहास र...
-
२०८१ माघ २४, बिहिबार
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौं - चितवन जिल्ला अदालतले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गर्न आदेश दिएको छ । साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा बिहीबार न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न भनेको हो । धरौटीमा रिहा गर्न आदेश दिँदा अदालतले अहिले नै रवि दोषी नरहेको आधार नदेखिएको बताएको छ । जाहेरवालाको किटानी जाहेरी, छविलाल जोशी र कुमार रम्तेलको बयान,...
-
२०८१ माघ २३, बुधबार
दोहरी गायिका जेरीको कथा वाचन गर्ने महायज्ञ शुरु
गायिकाको रुपमा ख्याति कमाएकी बबिता बानियाँ ‘जेरी’ले कथा वाचन गर्ने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मङ्गलबारबाट सुरु भएको छ । यद्यपि उनले कथा वाचन गर्न लागेको विषयमा सरोकारवालाले पक्ष विपक्षमा टीकाटिप्पणी गरिरहेका छन् । यस विषयमा जेरीले लोकदोहोरी क्षेत्रमा संघर्ष गरेर आफू चिनिन पनि सफल भएको र अहिले फरक क्षेत्रमा आएकाले आम मानिसमा चासो र बहस हुनु स्वाभाविक भएको बताइन् । उनले आफूले कुनै...
-
२०८१ माघ २३, बुधबार
खण्डहर बन्दै भोजपुरको टक्सार बजार
भोजपुर - औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरू खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र टक (डोली पैसा) छाप्ने टक्सार बजार केही वर्षयता सुनसान छ । यहाँ निर्माण भएका धातुका सामानहरू देश विदेशमा...
-
२०८१ माघ २३, बुधबार
सहकारी ठगी प्रकरणमा लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा
काठमाडौं - साहारा चितवन बहुउद्देशीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जना ६ वटा संस्थाविरुद्ध चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने, उनका साझेदार छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अली सिद्धिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल...
-
२०८१ माघ २३, बुधबार
राष्ट्रपति पौडेल र बेलायती राजकुमारबिच भेट
काठमाडौं - राष्ट्रपति पौडेल र बेलायतका राजकुमार एडवार्डबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको शीष्टाचार भेटमा पौडेलले जलवायु परिवर्तन विश्वको प्रमुख चिन्ताको विषय भएको र यसको समाधानका लागि सबै लाग्नुपर्ने बताए। जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई...
-
२०८१ माघ २३, बुधबार
पाथीभरा केबलकार निर्माण रोकियो, आन्दोलनकारी र सरकारबिच सहमति
काठमाडौं - पाथीभरा केबलकार निर्माण तत्कालका लागि रोकिने भएको छ । सरकार र आन्दोलनरत पक्षबीच मंगलबार भएको वार्तामा तत्कालका लागि निर्माण कार्य स्थगन गर्ने सहमति भएको हो । स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ । सरकार र संघर्षरत समूहको वार्ताटोलीबीच ६ बुँदे सहमति भएको बताइएको छ । केबलकार निर्माणविरूद्ध मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी...
-
२०८१ माघ २१, सोमबार
पाथीभरा केबलकार विवाद समाधान गर्न छलफल सुरु
काठमाडौँ,ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले आजबाट काम सुरु गरेको छ । यसै क्रममा वार्ता टोलीले आज सरोकार राख्ने निकाय तथा आन्दोलनरत पक्षबाट बनाइएको वार्ताटोलीसँग छलफल गरेको छ । “काठमाडौँ उपत्यकामै आन्दोलनरत पक्षका प्रतिनिधिसँग वार्ता सुरु गरेका छौँ, प्रारम्भिक छलफल भइरहेको छ”,...
-
२०८१ माघ २१, सोमबार
आवासीय चिकित्सकहरूद्वारा काठमाडौँ केन्द्रित आन्दोलन घोषणा
काठमाडौं - आवासीय चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । चिकित्सकमाथिको चरम श्रम शोषणका विरुद्ध अन्तिम चेतावनीसहित विगत ६ दिनदेखि आन्दोलन गर्दै आएका आवासीय चिकित्सकहरूले काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेका हुन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले भोलिदेखि देशभरका चिकित्सकहरूलाई काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको हो । नेपालका विभिन्न मेडिकल...
-
२०८१ माघ २१, सोमबार
आज सरस्वती पूजा, हनुमानढोकामा वसन्त श्रवण
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा बिहान ०७ः५५ बजे काठमाडौंंको हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ः५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति...
-
२०८१ माघ २१, सोमबार
‘नो केबलकार’का आन्दोलनकारी र प्रहरीबीच झडप
झापा - ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ भन्दै आन्दोलनमा उत्रिएका बन्दकर्ता र प्रहरीबीच झापाको दमकमा झडप भएको छ। आइतबार दिउँसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक–६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाले टायर बालेर सडक अवरोध गर्न खोजेका थिए। त्यसक्रममा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा...


