राष्ट्रिय
-
२०८१ चैत्र ७, बिहिबार
च जनालाई ‘फेयर इन्टरनेशनल एजुकेशन’ सम्मान प्रदान
काठमाडौँ - पूर्वराष्ट्रपति डा रामवरण यादवले आमसञ्चार, शिक्षा, वाणिज्य, भाषा, प्रविधि क्षेत्रका पाँच जनालाई ‘फेयर इन्टरनेशनल एजुकेशन’ सम्मान प्रदान गरेका छन् । फेयर एक्सप्रेस मिडियाद्वारा आज यहाँ आयोजित कार्यक्रममा भाषा आयोगका पूर्वअध्यक्ष लवदेव अवस्थी, नेपाल इञ्जिनियरिङ परिषद्का सदस्य मिथिलेशकुमार झा, शैक्षिक परामर्शदाता राजेन्द्र बराल, शिक्षाविद् बादल प्रधान, नेपाल वाणिज्य सङ्घका उपाध्यक्ष...
-
२०८१ चैत्र ७, बिहिबार
पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय
त्रिवेणी , नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१५, मा रहेको थारू सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै गएको छ । आदिवासी तथा थारू समुदायले प्रयोग गर्ने सामग्री तथा वेशभूषा अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष इनरप्रसाद महतोले बताउनुभयो । अमलटारी घरबास नजिकै रहेको थारू सङ्ग्रहालयमा यहाँका थारू, बोटे, माझी, मुसहर समुदायले...
-
२०८१ चैत्र ७, बिहिबार
पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो जफत गरिने
काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ । मन्त्रिपरिषद्को विसं २०७७ पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी...
-
२०८१ चैत्र ७, बिहिबार
किरात सांस्कृतिक’ भवन निर्माण गरिँदै
भोजपुर - टेम्केमैयुङ–९ लखर्कको पाँचधोरमा ‘किरात सांस्कृतिक’ भवन निर्माण सुरु गरिएको छ । किरात संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक भवन निर्माण थालिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु ८० लाख लागतमा उक्त भवनको निर्माण भइरहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नवराज माङ्गपाहाङ्गले जानकारी दिए । चालु आर्थिक वर्षमै सम्पन्न गर्ने गरी निर्माण भइरहेको...
-
२०८१ चैत्र ७, बिहिबार
लोप हुँदै रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना
कञ्चनपुर - परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५५ वर्षीया सवदा रानालाई छ । घघँरिया, अँगिया, फतुई, उढनीयालगायत आकर्षक तरिकाले घरमै हातले बुनेका परम्परागत पहिरन लगाएर होलीमा नृत्य गरेको सम्झना उनी गर्छिन् । त्यसबेला शिरदेखि पाउसम्म छपक्कै ढाकिने गहना लगाउने चलन रहेको उनले बताइन् । उनका अनुसार होलीमा सहभागी हुने महिलाले कपालमा चाँदीको चाँपी, कानमा वीर,...
-
२०८१ चैत्र ६, बुधबार
बागमती यातायातले सवारीसाधनको विद्युतीय अभिलेख राख्दै
काठमाडौं - यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख (डिजिटाइजेसन) गर्न थालेको छ। सवारीसाधनको ‘रेकर्ड’ खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता रहेका सवारीसाधनको अभिलेखिकरण गर्न थालिएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए। केही दिनअघि बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री...
-
२०८१ चैत्र ६, बुधबार
सात जिल्लाका प्रजिअहरूको सरुवा
काठमाडौं - आधा दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरुको सरुवा गरिएको छ । गृह मन्त्रालयले विभिन्न सात जिल्लाका प्रजिअहरुलाई सरुवा गर्दै नयाँ प्रजिअहरु पठाएको छ । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, सुर्खेत, उदयपुर, नवलपरासी(बर्दघाट सुस्ता पूर्व), बाग्लुङ, अछाम र पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो । मन्त्रालयले...
-
२०८१ चैत्र ३, आइतबार
भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत
भैरहवा - पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा ‘धम्म यात्रा’ सम्पन्न भएको छ । भैरहवाको सिद्धार्थ रङ्गशालाबाट सुरु भएको धम्म यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै लुम्बिनी गेटमा समापन भएको थियो । लुम्बिनी गेटमा हजारभन्दा बढी स्थानीयले श्रामणेरहरूको स्वागतमा उनीहरूको पाऊमुनि फूल छरेर स्वागत गरे । धम्म यात्रासँगै श्रामणेरहरूको प्रवज्या कार्यक्रम पनि सम्पन्न भएको छ ।...
-
२०८१ चैत्र ३, आइतबार
अब सवारीसाधनबाट सडकमा फोहोर फ्याँके जरिवाना गर्ने तयारी
काठमाडौँ - अब सवारी साधनबाट सडकमा फोहोर फ्याँकेमा यात्रु, चालक तथा सहचालकलाई जरिवाना लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको व्यवस्था गरेको हो । यसअघि यस्तो व्यवस्था थिएन । अब भने सवारी साधनबाट फोहोर सडकमा फ्याँकेमा फ्याँक्ने व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था गरेको छ । साथै धूम्रपान...
-
२०८१ चैत्र १, शुक्रबार
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
काठमाडौं - नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति विकास गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण गरिएको हो । कलाकार रमेश पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ‘दुबो’ नामक ‘फन्ट’को ‘डिजाइन’ गरेर मङ्गलबार सो फन्ट प्रतिष्ठानलाई हस्तान्तरण गरिएको...
-
२०८१ चैत्र १, शुक्रबार
सुनिन छोड्यो होलीको ‘जोगिरा’
धनुषा - “कौनतालपर ढोलक बाजे कौन ताल मृदङ्ग ? कौनतालपर गोरिया नाचे कौन तालपर हम ? जोगीरा सर र र !!!” (कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदंग, कुन तालमा कान्छी नाच्छे कुन तालमा) वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको छ । होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ...
-
२०८१ चैत्र १, शुक्रबार
मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदै
महोत्तरी - मधेसको प्राचीन मिथिलाको धार्मिक तथा सांस्कृतिक महत्त्वको मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदैछ । फागुन औँसीका दिन सुरू भई १५ रात्रिविश्रामको यो यात्रा आज १६औँ दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न गरिँदैछ । जनकपुरधामको रङ्गभूमि मैदानमा १५औँ दिनको रात्रिविश्राम गरेका यात्रीले बिहीबार मध्यरात कटेसँगै पञ्चकोशी पनि भनिने जनकपुरधामको अन्तरगृह परिक्रमा थालेका छन् । मिथिलामा...


