relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ माघ १४, मंगलबार

    चितुवा आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

    चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनारको परिवारलाई राहत रकम प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले किरिया खर्चवापत बालकको परिवारलाई आज रु ५० हजार राहत प्रदान गरेको हो । चितुवाको आक्रमणबाट बालक सुनारको सोमबार साँझ मृत्यु भएको थियोे । मृतक बालकको घरमा पुगेर आमा पवित्रा सुनारलाई राहत रकम प्रदान गरिएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले...

  • २०७६ माघ १४, मंगलबार

    मुलुककै पहिलो मल उद्योगमा चमेराको बास

    झापामा रहेका मुलुककै पहिलो रासायनिक मल उद्योग लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि बन्द भएपछि अहिले चमेराको बासस्थानमा परिणत भएको छ । मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा विसं २०५९ मा स्थापना गरिएको सो उद्योग पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको थियो । उद्घाटन भएको केही समयमै बन्द भएको सो उद्योग १७ वर्षदेखि बन्द छ । उद्योगको कार्यालय र भवनहरु जङ्गल र झाडीले छोपिएपछि...

  • २०७६ माघ १४, मंगलबार

    सप्तरीमा एक हजार छोरी बीमित

    प्रदेश सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा शिविरमार्फत सप्तरीमा हालसम्म एक हजारभन्दा बढी छोरी बीमित भएका छन् । विसं २०७५ माघ १ गतेयता जन्मिएको छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरी दिने घोषणा गरको थियो । सोहीअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि प्रभावकारी हुन नसकेपछि विगत एक वर्षमा जन्मिएका सबै छोरीको बीमा गर्ने...

  • २०७६ माघ १४, मंगलबार

    कृषि क्षेत्रको जागिरे अनुभव गाउँमै सदुपयोग

    बागलुङ नगरपालिका–८ सिगानाका कृषक हरिबहादुर जिसीले विसं २०४६ मा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित लुम्ले कृषि अनुसन्धान केन्द्रमा जागिर थाल्नुभयो । कृषि अनुसन्धान केन्द्रमा लोभलाग्दो कृषिको व्यावसायिकता देखेपछि आफ्नै गाउँघरमा केही गर्ने सोच हरिबहादुरको मनमा आयो । अनुसन्धान केन्द्रको कृषिकर्मको छ वर्षको अनुभवका साथ विसं २०५२ मा जागिर छाडेर जिसी गाउँ फर्कनुभयो । गाउँमै व्यावसायिक तरकारी खेती...

  • २०७६ माघ १४, मंगलबार

    गुणात्मक शिक्षाका लागि विद्यालयमा हाजिरी कार्ड

    बाजुराको जगन्नाथ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि नयाँ अभ्यासको थालनी गरेको छ । विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर गाउँपालिकास्तरबाटै छड्के अनुगमन र विद्यालयमा विद्यार्थी हाजिरी कार्डको शुरुआत गरेको हो । पछिल्लो समय विद्यालय आएका विद्यार्थी पनि बीचमै घर जाने, अधिकांश नियमित विद्यालय नआउने र शिक्षकले पनि प्रभावकारी शिक्षण सिकाइमा ध्यान नदिने जनगुनासो...

  • २०७६ माघ १४, मंगलबार

    प्रदेश–२ मा सहमतीय राजनीति अघि बढ्ने सङ्केत

    प्रदेशसभा नं २ मा सहमतीय राजनीति अघि बढ्ने सकारात्मक सङ्केत बढेको छ । सरकार सञ्चालनकै लागि पनि कुनै एक दलको स्पष्ट बहुमत नरहेको प्रदेशसभामा दुईतिहाइ मत चाहिने प्रदेश राजधानी र नामकरणको विषयमा अब आम सहमति बन्ने सकारात्मक सङ्केत देखिएको हो । पाँच महिनाअघि प्रदेशसभा सचिवालयमा दर्ता भएर छलफल नै बढ्न नसकेको प्रदेशको नाम र राजधानीबारे प्रदेशसभाको संसदीय विशेष समितिले नयाँ सहमति बनाउन थालेपछि यहाँ...

  • २०७६ माघ १४, मंगलबार

    राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय ः प्रवक्ता श्रेष्ठ

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ एमसिसी सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीका पदाधिकारीसँग आज आफ्नो निवास हात्तिवनमा कुराकानी गर्दै उहाँले एमसिसीलाई राष्ट्रिय हितका आधारमा हेरेर निर्णयमा पुगिने स्पष्ट पार्नुभयो । गत पुस ७ गते सम्पन्न...

  • २०७६ माघ १४, मंगलबार

    हिन्दू र मुस्लिमका सद्भाव ‘मुसबेटवा बाबा’

    बाँकेको खजुरा गाउँपालिका–३ मा मुसबेटवा बाबाको मन्दिर छ । यस मन्दिरले हिन्दू र मुस्लिमबीचको साझा धार्मिक सद्भाव बोकेको छ । मनोकांक्षा पूरा विश्वासका कारण दुवै समुदायका व्यक्ति यस मन्दिरमा दर्शन गर्न पुग्छन् । मुसबेटवा बाबासँग मागेको कुरा पूरा हुने धार्मिक विश्वास हिन्दू र मुस्लिम दुवै समुदायमा छ । सरस्वती पूजाका दिन यहाँ बाबाको दर्शन गर्न भन्दै हिन्दू र मुस्लिम दुवै धर्मालम्बीको भीड लाग्ने गर्छ ।...

  • २०७६ माघ १४, मंगलबार

    एमसिसी पारित गर्नुपर्छ प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले सात प्रधानमन्त्रीको अवधि पार गर्दै आएको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सो विषयमा आगामी बैठकमा विस्तारमा राखिने बताउनुभयो । उहाँले संसद्लाई नियमसम्मत ढङ्गले अघि बढाउन सभामुखलाई सफलता मिल्ने कामना गर्दै सहयोगको प्रतिबद्धता जनाउनुभयो । “समाजको चरित्र पनि मेलमिलापयुक्त तरिकाले...

  • २०७६ माघ १४, मंगलबार

    हिंसा निगरानी समूहलाई क्षमता अभिवृद्धि तालीम

    हिंसा न्यूनीकरण गरी मानवअधिकारमैत्री नगरपालिका बनाउने उद्देश्यले गौरीगङ्गा नगरपालिकास्तरीय सञ्जाल हिंसा निगरानी समूहका लागि ‘क्षमता अभिवृद्धि’ तालीम सोमबार धनगढीमा सम्पन्न भएको छ । एफएमडिसी तथा विकास र परिवर्तनका लागि सञ्चारद्वारा आयोजित उक्त तालीममा तालीममा मानवअधिकारकर्मी तथा अधिवक्ता चेतराज भट्टले मानवअधिकार, राज्यको कार्यान्वयनको अवस्था, संविधान प्रदत्त मौलिक हक, पीडितका कानूनी अधिकार, विवाद...

  • २०७६ माघ १४, मंगलबार

    दुई पर्यटकीय गन्तव्य जोड्न पदमार्ग

    यहाँको ऐतिहासिक दुई पर्यटकीय गन्तव्यस्थललाई जोड्न करीब डेढ किमी पदमार्गको निर्माण कार्य शुरु गरिएको छ । गलकोट नगरपालिका–७ मल्मस्थित ऐतिहासिक सिद्धेश्वर शिवालय मन्दिर र वडा नं ९ को पाण्डुकेशरी गुफाबीचको आउजाउ सहज बनाउन पदमार्गको निर्माण शुरु गरिएको हो । करीब डेढ किमी दूरीको पदमार्ग निर्माण यही वर्ष सक्ने लक्ष्य लिइएको छ । व्यवस्थित पदमार्गका लागि वडा नं ७ बाट गत आव र चालू आवमा गरी रु चार लाख बजेट...

  • २०७६ माघ १४, मंगलबार

    कृषि यान्त्रिकीकरणमा जोडः किसानलाई अनुदानमा कृषि औजार वितरण

    कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले चौरीदेउराली गाउँपालिका–५ वडा कार्यालयले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले वडा कार्यालयको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । वडाका सबै कृषकलाई समेट्ने गरी पाँच÷पाँच जनाको समूह बनाएर प्रतिसमूह एक मिनीटेलर गरी कूल ३० मिनीटेलर वितरण...

Pages