राष्ट्रिय
-
२०७६ माघ १७, शुक्रबार
कारगीलमा ज्यान गुमाएका नेपालीको नाममा गुरुकूल
झापाको मेचीनगर नगरपालिका–१ भोर्लेनीमा भारतको कारगीलमा ज्यान गुमाएका दुई नेपालीको स्मृतिमा गुरुकूल सञ्चालन गरिएको छ । युद्धमा ज्यान गुमाएका सोही स्थानका सुरेशकुमार क्षेत्री ९थापा० र उहाँकै दाजु महेश क्षेत्री ९थापा० को स्मृतिमा रु एक करोड १० लाखमा श्री महेश्वर सुरेश्वर मातृछायाँ गुरुकूल सञ्चालन गरिएको हो । उहाँहरु दुवैले सन् १९९९ जुलाई ७ तारिखका दिन कारगील युद्घमा ज्यान गुमाउनुभएको थियो । उहाँहरुकै...
-
२०७६ माघ १७, शुक्रबार
सांसदको प्रश्न पानी नखाई महानगरको यात्रा गर्नुपर्ने
मुलुकलाई खुला दिसामुक्त घोषणा गरिएको भए पनि शौचालयलगायत पर्याप्त पूर्वाधार निर्माण नगरिएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद आशाकुमारी विकले ठूलो लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि कतिपय प्रयोगविहीन अवस्थामा रहेको भन्दै यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो । “नेपाल खुला दिसामुक्त घोषणा...
-
२०७६ माघ १७, शुक्रबार
युवालाई बिना धितो ऋण
प्रदेश नंं २ बाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाउने भएको छ । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन सम्झौता सम्झौता भएको छ । बिहीबार भएको सम्झौता अनुसार बैंकले युवालाई ऋण दिन शुरुआत गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गर्दै प्रदेश सरकारको पहल तथा सीप परियोजनाको...
-
२०७६ माघ १७, शुक्रबार
आठ आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश
प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन’ पेश गर्नुभयो । यस्तै उहाँले सभामा ‘लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय...
-
२०७६ माघ १७, शुक्रबार
जनस्वास्थ्य प्रयोगशाला कार्यालय स्थापना
प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले बुटवलको रामनगरमा ‘प्रदेश जनस्वास्थ्य प्रयोगशाला’स्थापना गरेको छ । सामाजिक विकासमन्त्री सुदर्शन बरालले बिहीबार शुभारम्भ गर्दै मन्त्रालयले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभयो । मन्त्रालयका सचिव डा गोपीकृष्ण खनालले तीन तहका सरकार मिलेर स्वास्थ्य सेवालाई एकीकृत ढङ्गले लैजान आवश्यक रहेको बताउनुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव...
-
२०७६ माघ १७, शुक्रबार
जडीबुटीखेती प्रवद्र्धन कार्यक्रम
पश्चिम नवलपरासीमा व्यावसायिक जडीबुटीखेती थालिएपछि प्रोत्साहनका लागि सरकारले जडीबुटीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । सङ्घ र प्रदेश सरकारले जडीबुटीखेती प्रवद्र्धनका लागि बजेट पठाएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान भई सामुदायिक वनसहित छ जडीबुटी समूह छनोट भएका छन् । सङ्घ सरकारबाट प्राप्त कार्यक्रमअन्तर्गत दुई समूहलाई रु एक÷एक लाखका दरले अनुदान दिइनेछ...
-
२०७६ माघ १७, शुक्रबार
जीवनमा प्रयोग हुने शिक्षा आवश्यक ः पूर्वराष्ट्रपति यादव
पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षालाई प्राथमितामा दिनुपर्ने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उहाँले विद्यालयमा अनिवार्यरुपमा प्राविधिक र रोजगारमुखी शिक्षा लागू गर्नुपर्छ भन्नुभयो । पूर्वराष्ट्रपति यादवले भन्नुभयो “आफ्नो जीवनमा प्रयोग हुने शिक्षा दिन आवश्यक छ ।” नेपाली काँगे्रसका...
-
२०७६ माघ १७, शुक्रबार
पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन हुन्छ मुख्यमन्त्री पौडेल
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन गर्ने बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा निर्मित बुद्ध माध्यामिक विद्यालय हेटौँडा–१२ को नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको शैक्षिक तथा अन्य विकासमा प्रदेश सरकार दिलोज्यान दिएर लागेको बताउनुभयो । उहाँले विगतमा प्राविधिक शिक्षालाई राज्यले कम प्राथमिकता दिएको...
-
२०७६ माघ १६, बिहिबार
पूर्ण सरसफाइ अभियान शुरु
बिर्तामोड नगरपालिकासहित गौरीगञ्ज र कमल गाउँपालिकाका १४ वडामा ‘नमूना पूर्ण सरसफाइ अभियान’ शुरुआत गरिएको छ । अभियानअन्तर्गत ती वडालाई पूर्ण सरसफाइ उन्मुख बनाइने भएको छ । सन् २०३० सम्ममो देशलाई नै पूर्ण सरसफाइ उन्मुख बनाउने सरकारी लक्ष्यअनुसार तीन स्थानीय ती वडाका १५ बस्तीमा नमूनाका रुपमा पूर्ण सरसफाइ अभियानको काम शुरुआत गरिएको विराट सामुदायिक अध्ययन केन्द्रका पूर्ण सरसफाइ अभियान संयोजक सोम आचार्यले...
-
२०७६ माघ १६, बिहिबार
शहीदको योगदान सधैँ स्मरणीय छ ः मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ अमूल्य जीवन बलिदान गर्नुहुने शहीदको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ । शहीद दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सबैखाले आन्दोलन सफल बनाउन वीर सपुतको बलिदानी रहेको छ भन्नुभयो । सन्देशमा भनिएको छ, “स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ...
-
२०७६ माघ १६, बिहिबार
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् ः २३ हजारलाई मृत्युबाट जोगाइने
आगामी एक दशकमा नेपालमा निमोनिया लगायत अन्य प्रमुख रोगका विरुद्ध लड्ने अभियानलाई बलियो बनाउँदा पाँच वर्षमुनिका २३ हजारभन्दा बढी बालबालिकालाई मृत्युबाट जोगाउन सकिने एक अध्ययन प्रतिवेदनले औँल्याएको छ । स्पेनको बार्सिलोनामा बुधबारदेखि शुरु भएकोे ‘बाल्यावस्थाको निमोनियाको विश्वव्यापी मञ्च ग्लोबल फोरम अन चाइल्डहुड निमोनिया’ पूर्वसन्ध्यामा सो आँकलन प्रतिवेदन सार्वजनिक गरिएको हो । विश्वमा पहिलोपटक सो...
-
२०७६ माघ १६, बिहिबार
शहीदको सपना पूरा गर्न लाग्नुपर्छ ः नेता सिंह
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शहीदको सपना पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ । शहीद दिवसको अवसर व्यास नगरपालिकाले आज आयोजना गरेको तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उद्घाटन गर्दै उहाँले प्रजातान्त्रिक , लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनलाई सफल बनाउन शहीदको ठूलो योगदान रहेको बताउनुभयो ।“२००७ सालको आन्दोलन, प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन...


