relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ माघ १५, बुधबार

    नेपाललाई हाम्रै पालामा विकसित गराउन लालायित छौँः एनआरएनए अध्यक्ष पन्त

    गैरआवासीय नेपाली सङ्घ एनाआरएनएका अध्यक्ष कुमार पन्तले नेपालमा लगानी बढाउन, रोजगारी सिर्जना गर्न र नेपाललाई समृद्ध गर्न आफूहरु लागिपरेको बताउनुभएको छ । रासससँगको अन्तवार्ता मङ्गलबारमा उहाँले सङ्घको विशाल सञ्जाललाई नेपाल सरकारले प्रयोग गरी नेपाललाई समृद्ध र विकसित पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गैरआवासीय नेपाली सङ्घ विशाल मञ्च हो, यो विशुद्ध सामाजिक संस्था हो । नेपालको समृद्धिमा...

  • २०७६ माघ १५, बुधबार

    नेकपा केन्द्रीय कमिटी बैठक शुरु

    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा शुरु भएको छ । पार्टी एकता भएको डेढ वर्षपछि भएको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरिरहनुभएको छ । बैठकमा अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले उद्घाटन सम्बोधन गरिरहनुभएको छ । [caption id="attachment_30311"...

  • २०७६ माघ १५, बुधबार

    चार शहीदको पूर्ण कदको शालिक निर्माण

    शहीद सप्ताह चलिरहँदा काठमाडौँ महानगरपालिकाले चार शहीदको पूर्ण कदको शालिक प्रतिस्थापन गरेको छ । यसअघि वडा नं ७ सिफलमा शहीद धर्मभक्त माथे र गत वर्ष वडा नं १२ स्थित टेकु मचलीमा शुक्रराज शास्त्रीको पूर्ण कदको शालिक प्रतिस्थापन गरिसकिएको थियो । शहीद सप्ताहको तेस्रो दिन आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिक अनावरण गरिएको छ । विसं १९९७ मा प्रजातन्त्रका लागि शहादत प्राप्त गर्ने चारै...

  • २०७६ माघ १५, बुधबार

    ‘सर्भिस सेन्टर’ निर्माण गरिने

    निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने भएको छ । स्थानीयवासीलाई सहज हुने गरी सो स्थानमा पार्किङ, स्थानीय उत्पादन बिक्री केन्द्रलगायतका लागि कक्ष निर्माण हुने बताइएको छ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग गर्ने र कमजोर ढुङ्गा माटोलाई सर्भिस सेन्टर निर्माणमा प्रयोग गरिने सडक विभाग र विकास समन्वय कार्यन्वयन महाशाखाका प्रमुख...

  • २०७६ माघ १५, बुधबार

    टोखामा पाँच उद्यान बन्ने, दुई निर्माण हुँदै

    काठमाडौँको उत्तरी क्षेत्र टोखामा पाँचवटा पार्क निर्माण हुने भएको छ । टोखा नगरपालिकाले चालु आवमा दुई पार्क निर्माण गर्न शिलान्यास गरेर काम थाले पनि आगामी वर्षसम्म पाँचवटा पार्क निर्माण गर्न लागेको हो । टोखा नगरपालिकाले नगरपालिकाभित्रको बढ्दो जनसङ्ख्यालाई लक्षित गरेर आरामका लागि पार्क बनाउन लागेको हो । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्र रहेका १० वटै नगरपालिकालाई पार्क निर्माणका लागि रु एक÷एक...

  • २०७६ माघ १५, बुधबार

    धर्म र पर्यटनलाई जोड्दै व्यास क्षेत्र

    वेद, उपनिषद्, बह्मसुत्र, महाभारत आदि ग्रन्थका लेखक वेदव्यास जन्मेको भूमिलाई धार्मिक एवं पर्यटकीयस्थलका रुपमा विकास गर्ने पहल थालिएको छ ।धेरै सम्भावना बोकेर पनि पूर्वाधार विकास एवं प्रवद्र्धनको अभावमा पछि परेको वास्तविकतालाई ध्यानमा राखेर व्यास क्षेत्र शिवपञ्चायन विकास कोषले यसको उजागर गर्दै यो स्थललाई धर्म र पर्यटनको सङ्गमस्थलका रुपमा अघि बढाउन लागेको हो । विस्तृत परियोजना प्रतिवेदन एवं गुरुयोजना...

  • २०७६ माघ १५, बुधबार

    राष्ट्रनिर्माणको अभिभारा र अवसरलाई उपयोग गरौँः प्रम ओली

    प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्रियतालाई बलियो बनाउँदै चौतर्फी ढङ्गले विकास निर्माणको यात्रामा अघि बढेकाले यसबारे कुनै भ्रम र आशङ्का नराख्न पार्टीका केन्द्रीय सदस्यलाई आग्रह गर्नुभएको छ । यहाँ आजदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा उद्घाटन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि प्रयासरत भई सत्यका लागि लड्न...

  • २०७६ माघ १५, बुधबार

    पहिचानविहीन सात जनजाति समुदाय

    झापामा अल्पसङ्ख्यामा रहेका सात आदिवासी समुदाय सरकारको जनजाति सूचीमा छुटेका पाइएको छ । आफ्नै भाषा, संस्कृति र भूगोल भएका मुण्डा, पाहान, खडिया, ग्वाल, कँवर, रौतिया र मालपाँडे जातीय समुदाय जनजातिको सरकारी सूचीकरणमा छुटेका नेपाल मुण्डा उत्थान समितिका सल्लाहकार एवं आदिवासी नेता बन्धन मुण्डाले बताउनुभयो । अरु पनि थुप्रै जाति अस्तित्वमा रहेका र राज्यले पहिचान नदिएको उहाँको भनाइ छ । “हामीले धेरैपटक आवाज...

  • २०७६ माघ १५, बुधबार

    कोटगाउँ–रायखोर सडक निर्माण शुरु

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–६, कोटगाउँ–रायखोर सडक निर्माणकार्य शुरू भएको छ । गाउँपालिकाको गौरवको योजनाअन्तर्गत रु ५० लाखको लागतमा मङ्गलबारदेखि सडक विस्तार शुरु गरिएको हो । गाउँपालिकाको विकट पाखपानीको रायखोर मूलपानी, उल्लेरी क्षेत्र जोड्ने गरी सडक विस्तार शुरु भएको वडाध्यक्ष मनकुमार शेरपुञ्जा मगरले जानकारी दिनुभयो । पहिलो चरणमा चार किलोमिटरसम्म सडक विस्तार हुने कोटगाउँ–रायखोर सडक निर्माण...

  • २०७६ माघ १५, बुधबार

    बाल यौन शोषण ‘आउट अफ द श्याडो’ प्रतिवेदन सार्वजनिक

    बाल यौन शोषण र दुव्र्यवहारलाई लिएर ‘आउट अफ द श्याडो’ प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनअनुसार ४६।४ अङ्क प्राप्त गर्दै नेपाल ६ देशमध्ये ३९ स्थानमा रहेको छ । दक्षिण एशिया क्षेत्रमा बङ्गलादेश ३५।३० र पाकिस्तान २८।६ भन्दा माथि तर भारत ५८।२ र श्रीलङ्का ५१।५ रहेका छन् । बालबालिकाको यौन शोषण अन्त्य गर्ने प्रतिबद्धताका साथ विश्वका ९७ देशमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिपिएटी,...

  • २०७६ माघ १५, बुधबार

    थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजको कारोबार बन्द गर्न निर्देशन

    बजारमा गुणस्तरहीन सामानको बिक्री बढेको उपभोक्ताको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय जिप्रका ले बजार अनुगमन शुरु गरेको छ । जिप्रका रुपन्देहीको नेतृत्वमा वाणिज्य कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र पत्रकार महासङ्घका प्रतिनिधिसहितको टोलीले मङ्गलबार बुटवल–१३ स्थित थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजमा अनुगमन ग¥यो । उपभोक्ताको गुनासो आएपछि थापा फुड्स...

  • २०७६ माघ १४, मंगलबार

    कृषि यान्त्रिकीकरणमा जोडः किसानलाई अनुदानमा कृषि औजार वितरण

    कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले चौरीदेउराली गाउँपालिका–५ वडा कार्यालयले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले वडा कार्यालयको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । वडाका सबै कृषकलाई समेट्ने गरी पाँच÷पाँच जनाको समूह बनाएर प्रतिसमूह एक मिनीटेलर गरी कूल ३० मिनीटेलर वितरण...

Pages