राष्ट्रिय
-
२०७६ पौष ९, बुधबार
अझै निर्माण सम्पन्न भएनन् प्रहरी चौकी
जिल्लाको विकट दूधपोखरी गाउँपालिका–६ गौडामा नवनिर्मित भूकम्प प्रतिरोधी गौडा प्रहरी चौकी भवनको सञ्चालनमा आएको छ । नवनिर्मित प्रहरी भवनको गण्डकी प्रदेशका प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले मङ्गलबार उद्घाटन गर्दै शान्ति सुरक्षा तथा सु–व्यवस्था कायम गराउन नेपाल प्रहरी दत्तचित्त रहेको बताउनुभयो । प्रहरी चौकीको क्षेत्रफल तीन रोपनी चार आना रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा साढे...
-
२०७६ पौष ९, बुधबार
‘निगु पुखुः’ ले पुनः जीवन पाउँदै
प्रसिद्ध एवं ऐतिहासिक ३०० वर्ष पुरानो निगु पुखुः अर्थात् दुईपोखरीमध्ये एउटा पोखरी संरक्षण तथा पुनःनिर्माण सम्पन्न भई पानी भरेको मध्यपुरथिमि नगरपालिकाले सँगैको अर्को ठूलो पोखरी संरक्षण गर्न शुरु गरेको छ । संरक्षण अभावमा पानी सुकेर वर्षौँदेखि चौरमा परिणत मध्यपुरथिमि–४ को ऐतिहासिक निगु पुखुः अर्थात् दुई पोखरी संरक्षण एवं पुनःनिर्माणका लागि उपभोक्ता समिति गठन गरी नगरपालिकाले गत वर्षदेखि काम शुरु...
-
२०७६ पौष ९, बुधबार
नेपाल भ्रमणको उत्कट चाहना छ ः बहराइन पर्यटनमन्त्री
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका उद्योग, व्यवस्थापन तथा पर्यटनमन्त्री जायद बीन रसिद अल जायनीलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको छ । आगामी जनवरी १, २०२० मा नेपालमा आयोजना हुने मिनिष्ट्रियल क्यानलेभ तथा नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन कार्यक्रममा सहभागिता हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको तर्फबाट पर्यटन मन्त्री जायनीलाई...
-
२०७६ पौष ९, बुधबार
मुख्यमन्त्री पोखरेलद्वारा शुभकामना व्यक्त
प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले इसाई धर्मावलम्बीको पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इसाई समुदायका दाजुभाइ दिदीबहिनीहरुमा शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ । क्रिसमसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाली समाज विविधतायुक्त समाज भएकाले जाति, भाषा, धर्म र संस्कृतिको विविधताले मुलुक रङ्गिएको चर्चा गर्दै विविधतायुक्त समाजमा अहिले एउटा समुदायले...
-
२०७६ पौष ८, मंगलबार
रिपिटर टावर नहुँदा डोल्पामा सञ्चार सेवा समस्या
नेपाल टेलिकमको रिपिटर टावर कम हँुदा डोल्पाका विभिन्न ठाउँमा सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । जिल्लामा रहेका १३ टावरमध्ये छ स्थानमा स्याटेलाइट, पाँचस्थानमा माइक्रोवेभ र दुईवटा रिपिटर प्रविधिबाट सञ्चालन आएका छन् । नेपाल टेलिकम डोल्पाका प्राविधिक नवराज भट्टराईले जिल्लाको मौरे, रसीकोलेकमा रिपिटर टावर रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कोरियान स्याटेलाइटबाट जोडिएका टावरबाट एकपटकमा १६...
-
२०७६ पौष ८, मंगलबार
फुर्सदको सयमा केरा र सुन्तला खेती गर्दै विद्यार्थी
अधिकांश विद्यालयका विद्यार्थीले कक्षामा पढाइ नहुँदा समय कसरी बिताउँछन् होला रु सायद धेरै सामुदायिक विद्यालयका विद्यार्थीले साथीभाइसँग खेलेर वा आपसमा रमाइलो गर्दै समय काट्छन् होला । तर, बागलुङको नगरपालिकास्थित सिगाना माध्यमिक विद्यालय तित्याङका छात्र ÷छात्रा खेलेर होइन, व्यवहारिक सीप सिक्न व्यस्त छन् । विद्यालयले एक वर्षदेखि विद्यार्थीको फुर्सदको समयलाई व्यवहारिक अभ्यासमा परिचालन गराएको छ । उनीहरु...
-
२०७६ पौष ८, मंगलबार
सार्वजनिक शौचालय भवनमा पसल सञ्चालन , बटुवालाई शौच गर्न समस्या
सार्वजानिक शौचालय भवनको कोठामा किराना पसल सञ्चालन हुन्छ रु अचम्म नमान्नुहोला । दिपायल सिलगढी नगरपालिका वडा नं ४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा अहिले किराना पसल सञ्चालनमा रहेको छ । स्थानीय खन्टी केसीले सो शौचालय भवनको कोठामा पसल सञ्चालन गरिरहनुभएको छ । यसबाट यात्रु तथा बटुवालाई शौच गर्न समस्या भएको छ । सार्वजानिक भवनको कोठाबाट पसल सञ्चालन गर्दासमेत सम्बन्धित निकायले...
-
२०७६ पौष ८, मंगलबार
भ्रमण वर्ष शुभारम्भका दिन बाँकेमा विशेष कार्यक्रम हुने
भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन बाँकेमा विशेष कार्यक्रमको तयारी गरिएको छ । नेपालगञ्जमा भव्य विशेष कार्यक्रम आयोजना हुने तथा जमुनाहनाका हुँदै आउने विदेशी पर्यटकलाई भव्य स्वागत गरिने होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भ्रमण वर्ष शुभारम्भको दिन जमुनाहनाकामा दुई हजार बढी पर्यटक भित्र्याइने र उनीहरुलाई भव्य स्वागत गर्ने योजना बनाइएको छ । पर्यटन...
-
२०७६ पौष ८, मंगलबार
आचार्य समाजद्वारा घाइतेलाई सहयोग
आचार्य बन्धु समाज नेपालले सडक दुर्घटनामा गम्भीर घाइते भई अचेत अवस्थामा उपचाररत खोटाङका युवराज आचार्यलाई रु ५७ हजार आर्थिक सहयोग गरेको छ । गत असोज ३ गते दुर्घटनामा गम्भीर घाइते भई अचेत अवस्थामा रहनुभएका आचार्य हाल काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत हुनुहुन्छ । समाजका महासचिव बाबुराम आचार्यको संयोजकत्वमा सोमबार अस्पतालमै पुगी उहाँलाई ‘युवराज आचार्य बचाऊ अभियान’अन्तर्गत...
-
२०७६ पौष ८, मंगलबार
असुरक्षित गर्भपतन बढ्दै
सन्धिखर्कमा असुरक्षित गर्भपतन बढिरहेको छ । नेपाल सरकारको सूचीकृत संस्थाबाट मात्र गर्भपतन सेवा दिनुपर्ने भए पनि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेका निजी स्वास्थ्य संस्थाहरुले नियम मिचेर गर्भपतनको सेवा दिइरहेका छन् । सन्धिखर्क नगरपालिकाले मेडिकल, पोलिक्लिनिक र फार्मेसीमा अनुगमन गर्दा नियमविपरीत कार्य सञ्चालन गरेको भेटिएको हो । नियमविपरीत मेडिकल र पोलिक्लिनिकले गर्भपतन सेवा दिने, बेच्न नहुने...
-
२०७६ पौष ८, मंगलबार
मेचीनगरमा अन्तरराष्ट्रिय महोत्सवको तयारी पूरा
झापाको मेचीनगरमा बुधबारदेखि शुरु हुने तेस्रो अन्तरराष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ । हङकङ बजारको रुपमा बहुचर्चित धुलावारी बजारको बिजनेस पार्कमा सञ्चालन हुने महोत्सवमा नेपाल, भारत र बङ्गलादेशका २०० कक्ष रहने आयोजक संस्था मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले जानकारी दिनुभएको छ । निर्यातमूलक स्वदेशी कृषि वस्तुको व्यापारिक प्रवद्र्धनका लागि स्टलमा...
-
२०७६ पौष ८, मंगलबार
विद्युतीय रेलमार्गको ट्रयाक निर्माण कार्यले गति लिँदै
पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको कामले गति लिन थालेको छ । रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार सडकखण्डमा ट्रयाक निर्माणको कार्यलाई ठेकेदार कम्पनीले तीव्रता दिएको रेल्वे विभागका इञ्जिनीयर सुमोद पोखरेलले राससलाई बताउनुभयो । सङ्घीय सरकारको करिब सवा तीन अर्बको लागतमा निर्माण भइरहेको सो ट्रयाकको ठेक्का पाएका...


