राष्ट्रिय
-
२०७६ पौष ७, सोमबार
भक्तपुर विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता शुरु
भक्तपुर नगरपालिकाले नगरव्यापी विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता शुरु गरेको छ । प्रतियोगिताको आइतबार नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुभारम्भ गर्दै राष्ट्रिय र अन्तरराष्ट्रिय खेलाडी तयार गर्ने हेतुले विभिन्न खेलको प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहित गर्ने उद्देश्यले भक्तपुर जिल्लाबाट वर्षको उत्कृष्ट खेल प्रदर्शन...
-
२०७६ पौष ७, सोमबार
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको जनगणना गर्न माग
राष्ट्रिय समाचार समिति रासस का जिल्ला समाचारदाता मोहन पौडेलसहित पश्चिम नवलपरासी र रुपन्देहीका तीनजान सञ्चारकर्मी तथा एक सञ्चारगृहलाई यस वर्षको ‘सशक्तीकरण सम्मान’ प्रदान गरिएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक दिवसको अवसरमा सशक्तीकरण नेपाल नवलपरासीद्वारा आइतबार परासीमा आयोजित कार्यक्रममा समाचारदाता पौडेल, रुपन्देहीका सञ्चारकर्मीद्वय रीमा बिसी र झविन्द्र देवकोटा तथा रेडियो परासी, परासीलाई सो...
-
२०७६ पौष ७, सोमबार
डेढ महिनाभित्र हस्तान्तरण हुँदै ‘दरबार हाई स्कुल’
बाहिरी आवरण हेर्दा लाग्छ पुरानै ‘दरबार हाई स्कुल’ हो, तर होइन । बाहिरबाट हेर्दा पहिले र अहिले खासै फरक नदेखिने रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल ९भानु माध्यमिक विद्यालय० को पुनःनिर्माण लगभग सकिन लागेको छ । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम झण्डै पाँच प्रतिशतमात्र बाँकी हुँदा हाई स्कुल यस्तो देखिएको हो । गोर्खा भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी...
-
२०७६ पौष ७, सोमबार
विपन्नलाई सहुलियतमा उपचार
पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताल परासीले विपन्न नागरिकलाई सहुलियतमा उपचार सेवा शुरु गरेको छ । अस्पतालले छुट्टै सामाजिक सेवा एकाइ स्थापना गरी विपन्न नागरिकलाई सहुलियतमा उपचार सेवा प्रदान गर्न शुरु गरेको हो । एकाइबाट विपन्न, अशक्तलगायत १२ प्रकारका लक्षित वर्गले निःशुल्क वा आर्थिक अवस्थाअनुसार छुटमा उपचार सेवा दिन थालेको अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले जानकारी दिनुभयो । आधारभूत...
-
२०७६ पौष ७, सोमबार
दमकमा तीन दिन विद्यालय बिदा
चिसो अत्यधिक बढेपछि झापाको दमक नगरपालिकाभित्रका सबै विद्यालय आजदेखि तीन दिनका लागि बन्द भएका छन् । नगरपालिकाका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी केही दिनयता बाक्लो हुस्सुसँगै शीतलहर चलिरहेकोले दैनिक पठनपाठनमा असहज भएको हुँदा पुस ९ गतेसम्मका लागि नगरका सबै विद्यालय बिदा गर्न सूचित गर्नुभएको हो । अन्य बिदामा मिलान गर्ने गरी बिदा दिन नगरपालिकाको सूचनामा भनिएको छ । त्यस सूचनासँगै नगरका...
-
२०७६ पौष ७, सोमबार
निःशुल्क शल्यक्रिया
नेपाली सेनाले महोत्तरीमा सञ्चालन गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । यही मङ्सिर २७ देखि पुस ५ गतेसम्मका लागि भनिएको शिविर बिरामीको चापलाई दृष्टिगत गर्दै आइतबार एक दिन थपिएको थियो । सोनमा गाउँपालिका–३ खखना माविमा आयोजित शिविरमा आर्मी हस्पिटलबाट आएको सर्जनसहितको विशेषज्ञ टोलीले १९४ पुरुष र १३५ महिलाको निःशुल्क शल्यक्रिया गरिएको सेनाका सर्जन प्रमुख डा...
-
२०७६ पौष ७, सोमबार
पत्रकार शर्मामाथि साङ्घातिक आक्रमण
बाँकेमा कार्यरत पत्रकार सङ्गीन शर्मामाथि आइतबार साङ्घातिक आक्रमण भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश नं ५ कमिटी सदस्य पुजन विश्वकर्मासँग विवाद भइरहेको समयमा आएका दुई युवाले आफूमाथि साङ्घातिक आक्रमण भएको पत्रकार शर्माले जानकारी दिनुभयो । आक्रमणबाट पत्रकार शर्माको निधार, नाक र आँखाका माथिपट्टि चोट लागेको छ । नेकपा नेता विश्वकर्माले ती युवालाई बोलाएर आफूमाथि कुटपिट गराएको शर्माको दाबी छ ।...
-
२०७६ पौष ७, सोमबार
राहत शिक्षकको लागि छुट्टै नीति ः मन्त्री पोखरेल
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताउनुभएको छ । नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य पेशल खतिवडाका पिता मनोरथ खतिवडाको श्रद्धाञ्जलिसभामा मन्त्री पोखरेलले सरकारले आउँदो हिउँदे अधिवेशनबाट शिक्षासँग सम्बन्धित तीनवटा महत्वपूर्ण विधेयक पास गर्न लागेको जानकारी दिनुभयो । त्यसलगत्तै राहत शिक्षकको...
-
२०७६ पौष ७, सोमबार
माडीको बघौडा अस्पताल २५ श्यया
माडीको एकमात्र बघौँडा अस्पताललाई २५ श्ययाको अस्पतालका रुपमा स्तरोन्नति गरिने भएको छ । प्रदेश नं ३ सरकारको सहयोगमा श्यया थप गरेर स्तरोन्नति गर्न लागिएको हो । माडी नगरपालिकाको निर्णयअनुसार अस्पताललाई २५ श्ययाको बनाउन प्रदेश सरकार सकारात्मक देखिएको बघौडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा आलोक कुमारले बताउनुभयो । विसं २०३४ मा स्वास्थ्य चौकीका रुपमा स्थापना भई आफ्नो सेवा शुरु गरेको अस्पताललाई २०५४...
-
२०७६ पौष ७, सोमबार
बगर खेतीले सञ्चयमा लाग्दै मुसहर
तराईमा ‘राख्ने लुगा र साँच्ने धन नहुने’ आहानका लागि उदाहरणमा उभ्याइने मुसहर समुदाय पनि अब आर्जन र धन सञ्चयका काममा सक्रिय हुन थालेका छन् । कृषि मजदुरी नै मुख्य पुख्र्यौली पेशा धान्दै आएका महोत्तरीका मुसहर अब अतिरिक्त आर्जन गरेर सञ्चय गर्न थालेका छन् । जिल्लाको गौशाला नगरपालिका–८ बेलगाछीका ६२ घरपरिवारका मुसहर बगर खेतीबाट अतिरिक्त आम्दानीमा जुटेका छन् । बस्ती नजिकैको सोनी खोला किनारको नदीउकास बगर...
-
२०७६ पौष ७, सोमबार
बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण
यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास ९आधा ढाक्ने० सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने...
-
२०७६ पौष ६, आइतबार
नेपाल भ्रमण वर्षको शुभारम्भ भव्य तयारी
प्रदेश १का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिनुभएको छ । यही पुस १६ गते विराटनगरस्थित शहीद रङ्गशालामा आयोजना हुने उद्घाटन समारोहलाई भव्य बनाउन सबै उपसमितिहरु सक्रियरूपमा लागेको शनिबार आयोजित पर्यटन प्रवद्र्धन समितिको बैठकमा उहाँले जानकारी दिनुभयो । मन्त्री कुसियतले उद्घाटन कार्यक्रमलाई व्यवस्थित एवं...


