राष्ट्रिय
-
२०७६ मङ्सिर २५, बुधबार
काठेपोल विस्थापन गरिँदै
विद्युत् लाइन विस्तारका लागि जिल्लामा प्रयोग भएका सबै काठेपोल चालू आर्थिक वर्षभित्रै विस्थापन गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका अनुसार हाल जिल्लामा करीब चार हजार काठेपोल प्रयोगमा छन् । जिल्लामा रहेका चार हजार काठेपोल विस्थापन गरी स्टिलपोल राखिने केन्द्र प्रमुख ललितनारायण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी असार मसान्तसम्म सबै काठेपोल हटाउने लक्ष्य राखिएको छ ।...
-
२०७६ मङ्सिर २५, बुधबार
दुर्गन्धित बन्दै कोल्टीबजार
जिल्ला सदरमुकाम मार्तडीपछिको दोस्रो ठूलो व्यापारिक केन्द्र कोल्टी दुर्गन्धित बन्दै गएको छ । बजार व्यवस्थापनमा कसैको चासो नहुँदा बजार दुर्गन्धित बन्दै गएको हो । बजारमा ढलको पानीले सुक्खायाममा पनि कोल्टीबजार हिलाम्मे बनेको छ । बजार अव्यवस्थित हुँदै जान थालेपछि सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । स्थानीय तहले ढल निकासका लागि कुनै पहल नगरेको स्थानीयवासीको गुनासो छ । जिल्लामा एक मात्र विमानस्थलसमेत...
-
२०७६ मङ्सिर २५, बुधबार
उपमहानगरपालिकाद्वारा प्लाष्टिक बिक्रीको तयारी
घोराही बजारलाई वातावरणीयरूपमा प्रदूषण हुनबाट रोक्ने उद्देश्यले उपमहानगरपालिकाले प्लाष्टिक बिक्री गर्ने भएको छ । जथाभावीरूपमा फोहर फाल्दा शहरमा प्रदूषण बढ्ने र ल्याण्डफिलसाइटसमेत भरिने भएकाले घोराही उपमहानगरपालिकाले नगल्ने फोहरका रूपमा रहेका प्लाष्टिकजन्य वस्तु खरीद गरेर बिक्री गर्ने तयारी गरेको हो । पुनःप्रयोग गर्न सकिने प्लाष्टिक झोला, विभिन्न खाद्यवस्तुका खोललगायतका प्लाष्टिकजन्य वस्तु खरीद...
-
२०७६ मङ्सिर २५, बुधबार
टिस्टुङ–बज्रबाराही चित्र प्रवद्र्धन
वरिपरि डाँडाकाँडा । प्राकृतिक दृश्यले सजिएको एउटा खोंच । त्यही सतहमा लिच्छिवीकालीन मन्दिर । हेर्दै आकर्षक र सुन्दर लाग्ने बज्रबाराही । जो–कोही यहाँ पुग्यो भने पनि आनन्दित हुन्छन् । मकवानपुरको थाहा नगरपालिका–६ स्थित टिस्टुङमा रहेको उक्त मन्दिर अहिले जीर्ण बन्दै गएकाले संरक्षणको पर्खाइमा छ । नागरिकको रक्षा तथा मनोकामना पूरा हुने जनविश्वासका साथ स्थानीयवासीले यहाँ खेतबारीमा उब्जिएका नयाँ बाली...
-
२०७६ मङ्सिर २५, बुधबार
विमानस्थल खुल्यो
भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो । धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिनुभयो । विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ । गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण...
-
२०७६ मङ्सिर २५, बुधबार
करणी प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ
सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ । वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । उहाँका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज बिहान साहलाई पक्राउ गरिएको हो । स्थानीय एक...
-
२०७६ मङ्सिर २५, बुधबार
अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट भारतमा शुरु
नेपाल र भारतमा रहेका बुद्ध जीवनीमा आधारित क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्देश्यले एशोसिएसन अफ बुद्धिष्ट साइट टूर अपरेटर एबीटीओ भारतको आयोजनामा भारतको विहार राज्यस्थित बोधगयामा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल्स मार्ट शुरु भएको छ । बुद्धिष्ट ट्राभल्स मार्टको उद्घाटन कार्यक्रममा भारत सरकारका पर्यटन मन्त्रालयका सचिव विनोद जुत्सीले नेपाल र भारतका बौद्ध पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि...
-
२०७६ मङ्सिर २४, मंगलबार
गाउँमा बस पुग्दा खुशीयाली
गलकोट नगरपालिका–३ को बोहोराफाँट–लमाइ सडकमा शनिबार पहिलोपटक बस गुड्यो । दुई गाउँ जोड्ने सडक ‘लिङ्क रोड’ उद्घाटनका लागि नगरप्रमुख भरत शर्मा गरैलगायत बसमा सवार थिए । उद्घाटनस्थलमा प्रमुख अतिथिसहितलाई गाउँलेले स्वागत गरे । अबिर र माला पहिराए । भजनकीर्तन गरे, नाचे । एकापसमा खुसी साटे । बोहोराफाँट र लमाइ वारिपारिका गाउँ हुन् । छिमेकी भएर पनि दुई बस्तीबीच आउजाउ सहज थिएन । मोटरबाट जान तल हटिया बजार झरेर...
-
२०७६ मङ्सिर २४, मंगलबार
ग्रामीण बस्तीका सामुदायिक विद्यालय सुनसान
सघन धान काट्ने बेला परेपछि महोत्तरीका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय अहिले सुनसान भएका छन् । गरीब, दलित र अवसरबाट पछि परेका जनजाति समुदायका नानीहरु मङ्सिर लागेसँगै धान काट्न, धानखेतमा सिला खोज्न र बाबुआमालाई सघाउन व्यस्त भएपछि जिल्लाका ग्रामीण भेगका सामुदायिक विद्यालय अहिले सुनसान देखिएका हुन् । जिल्लाका ग्रामीण भेगका सामुदायिक विद्यालयमा दलित, विपन्न र विभिन्न अवसरबाट पछि पर्दै आएका जनजाति...
-
२०७६ मङ्सिर २४, मंगलबार
दुलेगौडा–हर्कपुर मोटरमार्गमा कालोपत्रे शुरु
तनहुँको शुक्लागण्डकी नगरपालिका–३ स्थित वनकेवाबाट शुरु हुने दुलेगौडा–हर्कपुर मार्गमा कालोपत्र शुरु गरिएको छ । ट्र्याक खुलेको २४ वर्षपछि उक्त मार्गमा सोमबारदेखि कालोपत्र शुरु गरिएको हो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु २५ करोडको लागतमा उक्त मार्गमा कालोपत्र शुरु भएको हो । भौतिक पूर्वाधार विकासमन्त्री एवं गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले उक्त मार्गमा कालोपत्रको...
-
२०७६ मङ्सिर २४, मंगलबार
दुई दशकदेखि विद्युत् सेवाबाट बञ्चित
शुक्लाफाँटा नगरपालिका–८ मा पिलरीफाँटा गाउँमा विद्युत् सेवा विस्तार नहँुदा स्थानीय बासिन्दा अँध्यारोमै बस्न बाध्य भएका छन् । बस्ती बसेको दुई दशक बिते पनि अझै विद्युत् सेवा विस्तार हुनसकेको छैन । विद्युत् सेवा नहँुदा यस क्षेत्रका बासिन्दा टुकीको सहारा लिन बाध्य छन् । केही परिवारले आफ्नै लगानीमा बत्ती बाल्न मात्रै सकिने सौर्यपाता जडान गरेका भए पनि अधिकांश परिवारले मट्टितेलको जोहो गर्दै टुकी बाल्दै...
-
२०७६ मङ्सिर २४, मंगलबार
झोलुङ्गे पुल निर्माण
उपल्लो मुस्ताङ जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण गरिएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित समरखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले स्थानीयवासी र समरगाउँ भएर उपल्लो मुस्ताङ जाने आउने पर्यटकलाई लक्षित गरेर पुल निर्माण गरेको हो । रु ८८ लाख ७९ हजार ९९९ मा ठेक्का सम्झौता गरेको थानी–हिमशिखर–रामकृष्ण जेभीले पुल निर्माण सकेको कार्यालयका सवइञ्जिनीयर रविन...


