राष्ट्रिय
-
२०७६ मङ्सिर २६, बिहिबार
उधौलीका पर्वको उपलक्ष्यमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना सन्देश
नेपाल कम्युष्टि पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि ज्यापु दिवस का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । पार्टीका तर्फबाट आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले विभिन्न सुमदायका यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय...
-
२०७६ मङ्सिर २६, बिहिबार
‘राष्ट्रिय खोप कार्यक्रमलाई सशक्त ढङ्गले लैजानुपर्छ’
राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा र रुबेला खोप अभियानलाई सशक्त, प्रभावकारी र सफल बनाउनुपर्ने आवश्यकतामाथि सहभागीहरुले जोड दिएका छन् । परिवार कल्याण महाशाखाद्वारा बुधबार यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले सन् २०२३ सम्ममा मुलुकलाई दादुरा र रुबेलामुक्त बनाउन यो अभियानलाई सशक्त ढङ्गले लैजानुपर्ने सुझाव दिएको छ । आगामी फागुन १ देखि फागुन मसान्तसम्म चल्ने सो अभियानअन्तर्गत दादुर, रुबेला नौ महिनादेखि...
-
२०७६ मङ्सिर २६, बिहिबार
प्रहरी सक्रियतामा रोकियो बालविवाह
प्रहरीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ स्थित राजाबासमा हुँदै गरेको बालविवाह रोकेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुुगा नगरपालिका–५ का पदमबहादुर कार्कीका छोरा २४ वर्षीय भूपध्वज कार्कीसँग त्रियुगा नगपालिका–७ का रुद्रबहादुर थापाको छोरी १९ वर्षीया लेखाकुमारी थापाको विवाह रोकिएको हो । गोप्य सूचनाका आधारमा प्रहरीले विवाहमण्डपमै पुगेर विवाह रोकेको उदयपुरका प्रहरी प्रमुख...
-
२०७६ मङ्सिर २६, बिहिबार
कोहलपुरमा सडक सुरक्षाको बहस
गएको आइतबार बालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि दुई दिन कोहलपुर बजार तनावपूूर्ण बन्यो । घाइते बालिकाको काठमाडौँमा उपचार भइरहेको छ । कोहलपुरका स्थानीयवासीले उक्त दिनलाई कालो दिन भनिरहेका छन् । दुर्घटनाको आलो घाउ निको हुन अझै समय लाग्ने छ । विद्यालय जान हिँडेकी बालिका प्रकृतिलाई ट्रकले ठक्कर दिएपछि दुई दिनपछि सामान्य बनेको कोहलपुरमा अहिले सडक सुरक्षाका विषयमा बहस हुन थालेको छ । उक्त घटना...
-
२०७६ मङ्सिर २६, बिहिबार
दुर्लभ चरा राजधनेश र राज लाहाचेको संरक्षणमा नगरपालिका
भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जैविक मार्ग क्षेत्रमा पर्ने बन्दा ताल आसपासकै क्षेत्रमा विश्वकै दुर्लभ चरा राजधनेश र राज लाहाचे फेला परेपछि संरक्षणको प्रयासको थालनी गरिएको छ । बन्दा ताल क्षेत्रको जैविक विविधता जोगाउन नगरपालिकाले चासो देखाउन थालेको हो । बन्दा ताल क्षेत्रमा दुर्लभ प्रजातिका चरा पाइन थालेपछि संरक्षणका लागि योजनाबद्धरुपमा कार्यक्रम सञ्चालन भइरहेको नगर प्रमुख सुरेन्द्र विष्टले...
-
२०७६ मङ्सिर २६, बिहिबार
पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ गरिने
गण्डकी प्रदेशको व्यवसाय प्रवद्र्धन तथा पर्यटकीय सम्भावनाको खोजी गर्ने उद्देश्यले आगामी पुस १८ देखि २८ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ गरिने भएको छ । राष्ट्रिय औद्योगिक व्यापार मेला, मूल आयोजक समिति र पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने उक्त मेलामा स्थानीय कृषिजन्य उत्पादन, हस्तकलाका वस्तु, सूचना प्रविधि, दैनिक घरायसी सरसामान, लत्ता कपडा,...
-
२०७६ मङ्सिर २६, बिहिबार
‘नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर’
नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रलाई आर्थिक–सामाजिक विकासको मार्गमाा अग्रसर गराउने नेपाल सरकारको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर रहेको बताउनुभएको छ । आफ्नो सम्मानमा परराष्ट्र सचिव शङ्करदास वैरागीले आज अपराह्न राजधानीमा आयोजना गर्नुभएको बिदाइ समारोहमा उहाँले तीन तहका निर्वाचन सम्पन्न गरेर नेपालले विश्वलाई एकता, शान्ति र प्रगतिका निम्ति पूर्ण प्रतिबद्ध रहेको सन्देश...
-
२०७६ मङ्सिर २६, बिहिबार
हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै...
-
२०७६ मङ्सिर २५, बुधबार
किसानका खेतमा राप्तीको पानी
राप्ती नदीको पानी सिक्टाको पश्चिमी नहर हुँदै नेपालगञ्ज पुगाइएको छ । कोहलपुर नगरपालिका–१५ का बलिराम हरिजनलाई कुनै बेला राप्तीको पानी खेतमा ल्याएर सिँचाइ गर्ने योजना सुन्दा विश्वास मान्नै सकिँदैन्थ्यो, सपनाजस्तै लाग्थ्यो । तर त्यो सपना पूरा भएको छ । “यही जुनीमा आफ्नो खेतमा राप्ती नदीको पानी देख्न पाइयो”, उमेरले ७० कटेका हरिजनले भन्नुभयो । जानकी गाउँपालिका–६ का कैलाश गडरियाले चार वर्षपछि आफ्नो खेतमा...
-
२०७६ मङ्सिर २५, बुधबार
पूर्वका दुई विमानस्थलमा सेवा प्रदान गरिने
पूर्व क्षेत्रको दुई विमानस्थलमा सीता एयर र माउन्टेन हेलिकोप्टरले सेवा प्रदान गर्ने भएको छ । खासगरी धार्मिक पर्यटकका लागि शुरु गरिएको यो सेवाबाट हलेसी महादेव र ताप्लेजुङको पाथीभराको दर्शन गर्न चाहने पर्यटकका लागि निकै फलदायी बन्ने सीता एयरका प्रबन्धक निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । उहाँले पूर्व क्षेत्रमा सबैभन्दा बढी विमानस्थल रहे पनि निजी क्षेत्रले सो विमानस्थलको उपयोग नगरिरहेको...
-
२०७६ मङ्सिर २५, बुधबार
काठेपोल विस्थापन गरिँदै
विद्युत् लाइन विस्तारका लागि जिल्लामा प्रयोग भएका सबै काठेपोल चालू आर्थिक वर्षभित्रै विस्थापन गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका अनुसार हाल जिल्लामा करीब चार हजार काठेपोल प्रयोगमा छन् । जिल्लामा रहेका चार हजार काठेपोल विस्थापन गरी स्टिलपोल राखिने केन्द्र प्रमुख ललितनारायण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी असार मसान्तसम्म सबै काठेपोल हटाउने लक्ष्य राखिएको छ ।...


