राष्ट्रिय
-
२०७६ मङ्सिर २७, शुक्रबार
दाङका सबै गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू
विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका दाङका सबै गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये सातवटा गाउँपालिका रहेका छन्, ति सबै गाउँपालिकामा प्रदेश नं ५ सरकारले ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू गरेको हो । गत वर्ष बबई, बङ्गलाचुली र राजपुर गाउँपालिकामा यो कार्यक्रम लागू भएको थियो । यो वर्ष शान्तिनगर, दङ्गीशरण, राप्ती र गढवा गाउँपालिकामा...
-
२०७६ मङ्सिर २७, शुक्रबार
उच्च लेकाली क्षेत्रमा हिमपात
बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै जोडिएको पूर्वीचौकी...
-
२०७६ मङ्सिर २७, शुक्रबार
हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै
हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् । हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले बताउनुभयो । विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएको...
-
२०७६ मङ्सिर २७, शुक्रबार
मदरसा शिक्षा मूल प्रवाहीकरणको चुनौती
बाँकेमा दर्ता भएको सबै मदरसा राष्ट्रिय शिक्षाको मूलप्रवाहमा आउन सकेका छैनन् । जिल्लामा दर्ता भएका १०६ मदरसामध्ये ३८ ले मात्रै राहत कोटाको अनुदान रकम पाइरहेका छन् । बाँकी मदरसाले स्थानीय तहबाट वार्षिक एकमुष्ट रु दुई लाख ४१ हजार अनुदान पाउने गरेका छन् । मदरसा नीति नबनेकाले व्यवस्थापनमा चुनौती देखिएको सरोकारवाला निकायको भनाइ छ । शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका शाखा अधिकृत भोजप्रसाद लम्सालले...
-
२०७६ मङ्सिर २६, बिहिबार
पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ गरिने
गण्डकी प्रदेशको व्यवसाय प्रवद्र्धन तथा पर्यटकीय सम्भावनाको खोजी गर्ने उद्देश्यले आगामी पुस १८ देखि २८ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ गरिने भएको छ । राष्ट्रिय औद्योगिक व्यापार मेला, मूल आयोजक समिति र पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने उक्त मेलामा स्थानीय कृषिजन्य उत्पादन, हस्तकलाका वस्तु, सूचना प्रविधि, दैनिक घरायसी सरसामान, लत्ता कपडा,...
-
२०७६ मङ्सिर २६, बिहिबार
‘नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर’
नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रलाई आर्थिक–सामाजिक विकासको मार्गमाा अग्रसर गराउने नेपाल सरकारको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर रहेको बताउनुभएको छ । आफ्नो सम्मानमा परराष्ट्र सचिव शङ्करदास वैरागीले आज अपराह्न राजधानीमा आयोजना गर्नुभएको बिदाइ समारोहमा उहाँले तीन तहका निर्वाचन सम्पन्न गरेर नेपालले विश्वलाई एकता, शान्ति र प्रगतिका निम्ति पूर्ण प्रतिबद्ध रहेको सन्देश...
-
२०७६ मङ्सिर २६, बिहिबार
हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै...
-
२०७६ मङ्सिर २६, बिहिबार
न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु
विश्व सम्पदामा सूचीकृत भक्तपुर नगरपालिका–५ टौमढीको प्रसिद्ध न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु भएको छ । भूकम्पले क्षति पु¥याएको चार वर्षपछि भक्तपुर नगरपालिकाले सो मन्दिरको बुधबारबाट विधिवत्रुपमा जीर्णोद्धार शुरु गरेको हो । न्यातापोल मन्दिर संरक्षण कार्यअन्तर्गत उपभोक्ता समिति गठन गरि मन्दिरको जीर्णोद्धार शुरु गरेको नगरपालिकाले जनाएको छ । भूकम्पले मन्दिरको माथिल्लो तलामा क्षति...
-
२०७६ मङ्सिर २६, बिहिबार
योग्य जनशक्तिले स्थान पाउनुपर्छः डीन शर्मा
त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डीन प्रा डा डिल्लीराज शर्माले गुणस्तरीय शिक्षाका लागि हाम्रो नभई राम्रो जनशक्तिले स्थान पाउनुपर्ने बताउनुभएको छ । जनप्रिय बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा उहाँले अन्तरराष्ट्रिय बजारमा पठाउन सक्ने किसिमको योग्य जनशक्ति तयार गर्ने गरी शैक्षिक संस्था लाग्नुपर्ने बताउनुभयो । शैक्षिक उन्नयन र दक्ष जनशक्ति...
-
२०७६ मङ्सिर २६, बिहिबार
कर्णालीमा सुत्केरी पोषण कोसेली कार्यक्रम लागू
कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुने महिलाले पोषणबापत रु दुई हजार पाउने भएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मङ्सिर महिनादेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषणबापत रु दुई हजार रकम प्रदान गर्ने व्यवस्था गरेको छ । यो व्यवस्थासंगै कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुन आउने महिलाले रु चार हजार...
-
२०७६ मङ्सिर २६, बिहिबार
जनप्रतिनिधिको सक्रियताः घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण
दाङको तुलसीपुर उपमहानगरपालिका–६ ले सामाजिक सुरक्षा भत्ता घरमा नै वितरण गरेको छ । बैंकमा पुगेर रकम झिक्न अतिअशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता, अस्वस्थ भएकालाई असहज भएपछि बैंकका कर्मचारीलाई बोलाएर घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । “उहाँहरु बैंकमा आएर भत्ता लैजान सक्ने अवस्थामा हुनुहुँदैन, त्यसैले हामीले घरमै गएर भत्ता वितरण गर्न थालेका हौँ”, वडाध्यक्ष नवराज लामिछानेले भन्नुभयो, “...


