relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ मङ्सिर २०, शुक्रबार

    अझै हटेन होटल, रेष्टुराँका श्रमिकका समस्या

    होटल, रेष्टुराँलगायतका क्षेत्रमा बालश्रमिकको प्रयोग, न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता, रातको समयमा सवारी साधनको व्यवस्था नहुनुलगायतका समस्या हट्न सकेको छैन । श्रम ऐनमा रोजगारदाताले श्रमिकका लागि दिने सेवा–सुविधाका विषयमा उल्लेख भए पनि कार्यान्वयन नहुँदा समस्या नहटेको यस क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिको भनाइ छ । मनोरञ्जन र सत्कार व्यवसायको विद्यमान अवस्थाका बारेमा...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    दुर्लभ शालिग्राम सङ्ग्रहालयमा

    कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला शालिग्राम अब सङ्ग्रहालयमा देख्न पाइने भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ निर्माण गरिएको हो । सङ्ग्रहालयको आइतबार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलगायतबाट सामूहिक उद्घाटन हुँदैछ । छिटपुटबाहेक सङ्ग्रहालय...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढ्दै

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या बढ्न थालेको छ । निकुञ्जमा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमै ६८५ पर्यटकले अवलोकन गरेका छन् । चालू आवको साउनदेखि हालसम्म स्वदेशी ६०१, सार्क मुलुकका ४० र विदेशी ४४ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । आव २०७५÷७६ को असार मसान्तसम्म स्वदेशी पाँच हजार ७४०, सार्क मुलुकका १५४ र विदेशी १७५ ले निकुञ्ज अवलोकन गरेका थिए । आव २०७४÷७५...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    सुशासनको अनुभूति दिलाउँदै झापा जिप्रका

    झापा जिल्ला प्रशासन कार्यालयले ‘परिवर्तन आफैँबाट शुरु गर्नुपर्छ’ भन्ने उक्तिलाई चरितार्थ गर्दै सुशासन र पारदर्शिताको क्षेत्रमा उदाहरणीय अभियान थालेको छ । सर्वसाधारण जनतालाई छिटोछरितो सेवा प्रवाह गर्नका लागि कार्यालयका कर्मचारीले व्यवहार परिवर्तन मात्रै होइन, मोबाइल एप र टोकन मेसिनजस्ता आधुनिक प्रविधिको समेत प्रयोग गरेका छन् । कार्यालयको ढोकाबाट प्रवेशदेखि प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    आँखाको ज्योतिले दियो खुशी

    “बौवा, बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, आँइखक रोशनी हमरा नव जिनगी देलक” लाग्दथ्यो, बुढ्यौली उमेर नर्क अति कष्टकरको अर्थमा बन्यो, तर आँखाले ज्योति पाएपछि फेरि नयाँ जीवन पाएझैँ लागेको छ भर्खरै केही दिनअघि शल्यक्रियापछि आँखाको ज्योति पुनः पाउनुभएका महोत्तरी, गौशाला नगरपालिका–२ निगौलको दलित बस्तीका ७५ वर्षीय विश्वनाथ पासवानले खुशी हुँदै भन्नुभयो । आँखामा मोतियाविन्दु भएर पछिल्ला पाँच÷छ...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    टिस्टुङ–बज्रबाराही केन्द्रित स्थलगत चित्र सिर्जना हुँदै

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागले भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले यही मङ्सिर २१ देखि २३ गतेसम्म मकवानपुरको थाहा नगरपालिका–६ स्थित पालुङ, टिस्टुङ र चित्लाङ भेगलाई समेटेर टिस्टुङ–बज्रबाराही केन्द्रित स्थलगत चित्र सिर्जना गर्ने भएको छ । प्रतिष्ठानले भ्रमण वर्षमा आउने पर्यटकलाई त्यस क्षेत्रका प्राचीन सम्पदा, पर्यटकीय गन्तव्य तथा स्थानीय बस्तीबारे प्रचार तथा नेपाली...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    १५ श्ययाको आयुर्वेद अस्पताल सञ्चालनमा

    इलामको सूर्योदय नगरपालिकामा १५ श्ययाको आयुर्वेद अस्पताल सञ्चालनमा आएको छ । प्रदेश नं १ सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय धनकुटाको मातहतमा सो अस्पताल सञ्चालनमा आएको हो । सूर्योदय नगरपालिका–४, आइतबारेमा रहेको मेची अञ्चल आयुर्वेद औषधालय पहिलादेखि नै सञ्चालनमा आएको भए पनि स्तरोन्नति गरेर १५ श्ययाको अस्पताल बनाइएको हो । मेची अञ्चल आयुर्वेद औषधालयको सेवा विस्तार गरी १५...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    खुम्चियो नौवस्ता औद्योगिक क्षेत्र

    बाँकेमा निर्माण गर्न लागिएको नौवस्ता औद्योगिक क्षेत्रलाई प्रस्ताव गरेअनुसारको जग्गा प्राप्त नहुने भएपछि आकार खुम्चिने भएको छ । बैजनाथ गाउँपालिका–५ नौवस्तामा एक हजार बिघा क्षेत्रफलमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको आकार २७७ बिघामा खुम्चिएको छ । औद्योगिक क्षेत्रका लागि शुरुमा एक हजार बिघा खोजी गरिए पनि त्यो क्रमशः घट्दै २७७ बिघामा खुम्चिएको हो । विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरी...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    अर्जुनधारामा विपन्न परिवारका लागि घर निर्माण गरिँदै

    विपन्न परिवारका लागि अर्जुनधारा नगरपालिकामा ३३ घर निर्माणको काम शुरु भएको छ । लक्षित वर्ग कार्यक्रमअन्तर्गत प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालय इलामले घर निर्माणको काम शुरु गरेको हो । घर निर्माणका लागि रु एक करोड नौ लाख ७२ हजार ५०० बजेट विनियोजन भएको प्रदेश नं १ का प्रदेशसभा सदस्य वृख प्रधानले बताउनुभयो । अर्जुनधारा नगरपालिका–८ स्थित प्रज्वल साहको घर...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    नेपाल हवाई खेलकूद संस्थामा भण्डारी

    नेपाल हवाई खेलकूद संस्था ना को अध्यक्ष पदमा कृष्ण भण्डारी निर्वाचित हुनुभएको छ । पोखरामा बिहीबार साँझ सम्पन्न संस्थाको आठौँ अधिवेशन तथा १७औँ साधारणसभामा शोभित बानियाँलाई पराजित गरी भण्डारी अध्यक्षमा निर्वाचित हुनुभएको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा वसन्तराज दवाडी, प्रथम उपाध्यक्षमा इन्द्र भण्डारी, द्वितीय उपाध्यक्षमा भरतप्रसाद तिमिल्सिना, तृतीय उपाध्यक्षमा नारायण पराजुली, प्राविधिक उपाध्यक्षमा...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    शिक्षा क्षेत्रको विकासका लागि राजनीति नगर्न आग्रह

    पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको र मौलिक हकका रूपमा संविधानमा पनि उल्लेख भइसकेकाले यसको प्रत्याभूत गर्न कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ । उहाँले शिक्षा क्षेत्रको विकासका लागि सरकार र जनप्रतिनिधि मुख्य जिम्मेवार रहेको र यसका लागि गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । बारबर्दिया नगरपालिका–६ मा सदाशिव बहुमुखी क्यापसको जग्गा खरीद र पूर्वाधार निमार्णका लागि...

  • २०७६ मङ्सिर २०, शुक्रबार

    हात्ती महोत्सव पुस १० देखि

    अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने भएको छ । छ दिनसम्म सञ्चालन हुने सो महोत्सव १६औँ संस्करण हो । भ्रमण वर्ष सन् २०२० लाई विशेष रुपमा महोत्सवबाटै स्वागत गरिँदैछ । महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार महोत्सवमा हात्ती फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको...

Pages