relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ मङ्सिर १८, बुधबार

    आइएफआरसीको महासचिव पदमा चापागाईं चयन

    विश्वको सर्वोच्च मानवीय संस्था रेडक्रस तथा रेडक्रिसियन्ट सोसाइटी महासङ्घ आइएफआरसीको महासचिव पदमा जगन चापागाईं छानिनुभएको छ । उहाँले १ फेब्रुअरी २०२० देखि आफ्नो चार वर्षको कार्यकाल शुरुआत गर्नुहुनेछ । विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील इन्जिनीयर चापागार्इं सो पदमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ । देशीय रेडक्रसको विश्व छाता सङ्गठनलाई आइएफआरसी भनिन्छ । नेपाल रेडक्रस सोसाइटीसहित...

  • २०७६ मङ्सिर १८, बुधबार

    दलित पत्रकारद्वारा बजेटबारे स्थानीय सरकारसँग छलफल गर्ने

    राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल काठमाडौँ उपत्यका समन्वय कमिटीले नीति तथा कार्यक्रम र बजेटमा दलित समुदाय विषयमा स्थानीय सरकारसँग बहस सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यका समन्वय कमिटीका अध्यक्ष सुशील दर्नालको अध्यक्षतामा मङ्गलबार काठमाडौँमा सम्पन्न बैठकले स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा दलित समुदायलाई समेत समावेश गराउने उद्देश्यले कम्तीमा महिनामा एक दिन स्थानीय तहका...

  • २०७६ मङ्सिर १८, बुधबार

    समयमै पुस्तक नआउँदा दृष्टिविहीनलाई समस्या

    सामान्य विद्यार्थीहरुको पुस्तक वैशाखमै आइपुग्छन् तर फरक क्षमता भएका दृष्टिविहीन विद्यार्थीका लागि पुस्तक आउन ढिलाइ हुन्छ । पुस्तक आउन ढिलाइ हुँदा पठनपाठनमा समस्या हुने गरेको तुलसीपुरको गुरुजजुर माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रामप्रसाद विकले बताउनुभयो । “अन्य सामान्य विद्यार्थीको पुस्तक समयमै आउँछ”, उहाँले भन्नुभयो, “तर हामी दृष्टिविहीनका लागि पुस्तक ढिला आउँछ ।” यसरी पुस्तक आउन ढिलो हुँदा...

  • २०७६ मङ्सिर १८, बुधबार

    पाँचखालमा सशस्त्र प्रहरीको सुरक्षा

    पछिल्लो समयमा पाँचखाल नगरमा चोरीका घटना बढ्दै गएपछि सशस्त्र प्रहरीले सुरक्षा दिने भएको छ । पाँचखालस्थित सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टरले पाँचखाल नगरमा रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाएको हो । पाँचखालको प्रमुख व्यापारिक केन्द्र तामाघाट बजारमा चोरीका घटना बढ्दै गएपछि पाँचखाल उद्योग वाणिज्य सङ्घले नगरपालिकासँग स्थानीय सुरक्षाको माग गरेपछि सशस्त्र प्रहरीसँग समन्वय गरी रातको समयमा दुई पटक...

  • २०७६ मङ्सिर १८, बुधबार

    सञ्चालन भयो ग्रामीण विकास प्रशिक्षण केन्द्र

    नेपालगञ्ज उपमहानगरपालिका–१४ महेन्द्रनगरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । सत्र वर्षदेखि बन्द रहेको प्रशिक्षण केन्द्र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रत्यक्ष चासो देखाएपछि सञ्चालनमा आएको केन्द्रका निमित्त निर्देशक चण्डीलाल चौधरीले बताउनुभयो । साविकको मध्य तथा सुदूरपश्चिममा कार्यरत सरकारी कर्मचारीलाई प्रशिक्षण दिन २०२३ सालमा स्थापना भएको उक्त प्रशिक्षण केन्द्र...

  • २०७६ मङ्सिर १८, बुधबार

    गढिमाई मेलामा विधिवत्रूपमा बलि प्रथा शुरु

    विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढिमाई नगरपालिकाको बरियारपुरमा रहेको ऐतिहासिक, धार्मिक तथा प्राचीन गढिमाई मन्दिरमा मङ्गलबार विधिवत्रूपमा बलि प्रथाको शुरुआत भएको छ । बाराको सिमरा गाउँबाट आएका दुखा धामीले आफ्नो जिब्रो, आखाँमुनिको तल्लो परेली, छाती, पाखुरा र तिघ्राबाट पाँच थोपा रगत झिकेर गढिमाईलाई चढाएपछि विधिवत्रूपमा मङ्गलबारदेखि बलि प्रथा शुरु भएको मन्दिरका एघारौँ पुस्ताका पुजारी मङ्गल...

  • २०७६ मङ्सिर १८, बुधबार

    प्रधानमन्त्री ओली चिकित्सकीय अवलोकनमा

    एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र उहाँलाइ चिकित्सकीय अवलोकनमा राखिएको चिकित्सकले जनाएका छन् । महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिका बारे आज बिहान १० बजे सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा...

  • २०७६ मङ्सिर १७, मंगलबार

    महासचिव गुटेरर्सद्वारा जलवायु परिवर्तनको क्षेत्रमा व्यापकपरिवर्तन हुने गरी काम गर्न आह्वान

    संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरर्सले छिटो र गम्भिर तरिकाले सोचेर जलवायु परिवर्तनको क्षेत्रमा आमूल परिवर्तन हुने गरी काम गर्न विश्व जगतलाई आह्वान गर्नुभएको छ । स्पेनको म्याड्रिडमा सोमबारदेखि शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन ९कोप–२५० को उद्घाटन सत्रमा उहाँले सो आह्वान गर्नुभएको हो । महासचिव एन्टोनियो गुटेरर्सले...

  • २०७६ मङ्सिर १७, मंगलबार

    केराबाट मःमः देखि सोमोसासम्म

    सामान्यतया हामी केरा पाकेपछि छोडाएर खान्छौँ । केराको स्वाद लिन धेरै जानेको यो एउटा तरिका हो तर अहिले केराका अनेक उत्पादन बन्न थालिसकेका छन् । इलामको रोङ गाउँपालिका–६ सलकपुरका विकास राईले केराका ४० भन्दा बढी परिकार बनाएर बिक्री वितरण गरिरहनुभएको छ । गाउँपालिकाको सहयोगमा कैलालीमा गएर तालीम लिएर फर्किएका राईले गाउँमै उत्पादित केराबाट मःमः, समोसा, मिटवल, चिप्स, निम्की, जुस, वाइन, कपौडा, खीर, अचार,...

  • २०७६ मङ्सिर १७, मंगलबार

    महाकालीको बगरमा पुरिँदै मुख्य सीमास्तम्भ

    चार वर्षअघि महाकाली नदीमा आएको बाढीका कारण ढलेको मुख्य स्मास्तम्भ जीर्णोद्धार नहुँदा बगरमा पुरिँदै गएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेटी क्षेत्रमा पर्ने महाकाली नदीको बगरमा रहेको नेपाल–भारत मुख्य सीमास्तम्भ नं ८१३ विगत चार वर्षदेखि बगरमा अलपत्र अवस्थामा रहेको छ । “नेपाल र भारतका सीमा सुरक्षाकर्मी यहाँ आएर सीमास्तम्भको निगरानी राख्ने गरेको भए पनि मर्मतका लागि कसैको ध्यान पुगेको छैन”,...

  • २०७६ मङ्सिर १७, मंगलबार

    प्रदेश नं १ मा सबैभन्दा बढी अपाङ्गता मोरङमा

    प्रदेश नं १ मा सबै किसिमका अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ९४ हजार ६४० छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल प्रदेश नं १ समितिद्वारा अपाङ्गता भएका व्यक्तिको २८औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ मा कूल जनसङ्ख्या ४५ लाख ३४ हजार ९४३ रहेकामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या दुई दशमलव शून्य आठ प्रतिशत रहेको जानकारी दिइएको छ । त्यसमा महिला ४२ हजार ६८१ र पुरुष...

  • २०७६ मङ्सिर १७, मंगलबार

    सागमा आज पन्ध्र खेल हँुदै, कुन खेल कहाँ

    नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३आँै दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलमा प्रतिस्पर्धा हुँदैछ । ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौँमा हुनेछ । भलिबल–...

Pages