राष्ट्रिय
-
२०७६ मङ्सिर १२, बिहिबार
मच्छिम र काफलडाँडामा बिजुली बलेपछि खुशीयाली
म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिम र काफलडाँडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र धवलागिरि गाउँपालिकाको सहयोगमा बुधबारदेखि बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । साविक ताकम गाविसको ८ नं वडामा पर्ने मच्छिमका ११२ र काफलडाँडाको ४२ घरमा बिजुली बलेको ताकम विद्युतीकरण उपभोक्ता समितिका सचिव तेजेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि...
-
२०७६ मङ्सिर १२, बिहिबार
कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै
पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो काट्न खोजेकालाई किशोरीहरुले रोकिदिए । जोखिमको हेक्का नराखी कोही कपाल हल्लाउँदै र कोही मोबाइल चलाउँदै मस्तसँग बोटो काटिरहेका हुन्छन् । रोक्न खोज्दा कोहीले सहजतापूर्वक स्वीकारे पनि धेरैजसो अटेर गर्छन् । सुन्धाराथिस्त नेपाली...
-
२०७६ मङ्सिर १२, बिहिबार
सिमसारमा २० हजार माछाका भुरा छाडियो
पर्यावरणीय स्वच्छता कायम राख्ने उद्देश्यले पश्चिम नवलपरासीस्थित बाउन्नघोला सिमसार क्षेत्रमा २० हजार माछाका भुरा हालिएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गरेको उक्त सिमसार क्षेत्रमा बर्दघाट नगरपालिकाको रु एक लाखको सहयोगमा माछाका भुरा हालिएको हो । बर्दघाट नगरपालिका–१० स्थित उक्त सिमसारमा केही समयपछि पुनः १० हजार माछाका भुरा थप्ने तयारी रहेको नगरपालिकाका प्र्रमुख प्रशासकीय अधिकृत मेघनाथ...
-
२०७६ मङ्सिर १२, बिहिबार
आदिवासी र जनजातिको मौलिकता जोगाउन यसो गरौं
नेपाल १२७ भन्दा बढी समुदाय बसोबास गर्ने बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय लोकतान्त्रिक मुलुक हो । नेपालमा रहेका आदिवासी जनजातिको आफ्नो छुट्टै मातृभाषा, परम्परा, रीतिरिवाज र सांस्कृतिक पहिचान रहेको छ । हाल नेपालको आदिवासी जनजातिमा ५९ जाति सूचीकृत गरिएको छ । आदिवासी जनजाति भन्नाले कुनै पनि ठाउँमा परापूर्वकालदेखि बसोबास गर्दै आएका र आफ्नो छुुट्टै सांस्कृतिक पहिचान भएका समुदायलाई बुझिन्छ...
-
२०७६ मङ्सिर १२, बिहिबार
जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजनाको परीक्षण शुरु
उत्तरी पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा निर्माण भएको जिल्लाकै ठूलो ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको परीक्षण शुरु भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षणका लागि पानी वितरण शुरु गरेको उपभोक्ता समितिले जनाएको छ । पानी तान्ने पम्पको परीक्षण सफल भएको समितिका अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिनुभयो । “कालीगण्डकी किनारबाट रिजर्भ ट्याङ्कीसम्म पानी तान्ने उपकरणको परीक्षण सफल भयो”, उहाँले...
-
२०७६ मङ्सिर १२, बिहिबार
अभिभावकलाई दैनिक रु १५
दिवा खाजासहित विद्यालय पठाउने विद्यार्थीका अविभावकलाई दैनिक रु १५ दिइने भएको छ । अमरगढी नगरपालिकामा दैनिक दिवा खाजासहित विद्यालय पठाउने विद्यार्थीका अविभाकलाई दैनिक रु १५ का दरले भुक्तानी दिने गरेको अमरगढी नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका २७ विद्यालयका बालविकासदेखि ५ सम्मका एक हजार ८२५ विद्यार्थीलाई दैनिक उक्त सेवा उपलब्ध गराउने गरेको जनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको...
-
२०७६ मङ्सिर १२, बिहिबार
अष्टमहादान, दश महादानजस्तै नेत्रदान
अष्टमहादान, दश महादान, पञ्चधेनुजस्तै आँखादानबाट पुण्य प्राप्ति हुने पुरोहितहरुले जनाएका छन् । नेपाल नेत्रज्योति सङ्घ चितवनअन्तर्गतको आँखा बैंक व्यवस्थापन समितिले बुधबार यहाँ आयोजना गरेको पुरोहितहरुसँगको अन्तक्र्रियामा सहभागीले आँखादान गर्न जनचेतना जगाउने कार्यमा सहयोग पु¥याउने बताएका हुन् । सो अवसरमा पुरोहित समाज नेपालका अध्यक्ष खेमराज अधिकारीले आँखादानलाई सबै दानजस्तै नेत्र महादान सम्झेर...
-
२०७६ मङ्सिर १२, बिहिबार
के गर्नु हँदैन मौन अवधिमा
निर्वाचन आयोगले यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पूरा गरेको छ । उपनिर्वाचनको पूर्वसन्ध्यामा बुधबार राति १२ः१० बजेपछि मौन अवधि शुरु भएको छ । मौन अवधिमा कुनै पनि सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार कार्य गर्न÷गराउन पाइँदैन । मौन अवधिमा आफ्ना वेभसाइड, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा...
-
२०७६ मङ्सिर ११, बुधबार
उपनिर्वाचन २०७६ ः पुरुषभन्दा महिला मतदाता बढी
मङ्सिर १४ गते हुने उपनिर्वाचनमा दाङमा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दाङ क्षेत्र नं ३ ख र घोराही–१६ मा ७३ हजार १७२ मतदाता रहेकामा ३७ हजार ३०५ महिला मतदाता छन् । पुरुष मतदाता ३५ हजार ८६६ रहेका छन् भने तेस्रोलिङ्गी मतदाताको सङ्ख्या एक रहेको सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो । दङ्गीशरण गाउँपालिकामा सात हजार ९८१ महिला तथा सात हजार ७१५ पुरुष...
-
२०७६ मङ्सिर ११, बुधबार
प्रारम्भिक बालविकास बाध्यकारी मुख्यमन्त्री राउत
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको अधिकार कार्यान्वयनका लागि बाध्यकारी कानून बनाइने जनाउनुभएको छ । ‘प्रारम्भिक बालविकासको लागि प्रदेशसभा सदस्यको समन्वय समूह’ ले आज आयोजना गरेको परामर्श कार्यक्रमको उद्घाटन गर्दैै मुख्यमन्त्री राउतले भविष्यका कर्णाधार बालबालिकाको विकासको क्रम आमाको गर्भबाटै शुरु हुने भएकाले उनीहरुको स्वास्थ्य र सक्षम हुने अधिकारलाई बाध्यकारी...
-
२०७६ मङ्सिर ११, बुधबार
‘प्रधानमन्त्रीको उच्चमनोवल हामी सबैको प्रेरणा’
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको उच्चमनोवल हामी सबैको प्रेरणा भएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीको उच्चमनोवल, दूरदर्शिता तथा विकासका धारणा सबै नेपालीका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पौडेलले आज एक सन्देश दिँदै स्वस्थ्यमा समस्या आएर अस्पतालमा उपचार गराइरहनुभएका प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
-
२०७६ मङ्सिर ११, बुधबार
उपनिर्वाचन २०७६ मदिरा सेवन र बिक्री वितरणमा रोक
यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासनले सिरहाको कल्याणपुर नगरपालिका–१२ मा आजदेखि मदिराजन्य पदार्थको सेवन तथा खरीद बिक्रीमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले उपनिर्वाचन हुने वडा नम्बर १२ मा आजदेखि उपनिर्वाचन सकिएको भोलिपल्ट मङ्सिर १५ गतेसम्म मदिराको बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी...


